काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिए पनि कारोबार रकम भने उल्लेख्य बढेको छ ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.४० अंकले बढेको हो । ०.०५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६६५.५३ अंकमा उक्लिएको छ । समग्रमा बजार बढे पनि जीवन बीमा, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ समूह बाहेक अरु सबै समूह राताम्मे भए । आज ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार ४ सय १४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९.६२ रुपियाँ बराबरको कारोबार भएको छ । नेपाल रि–इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी १५ प्रतिशतनले नाफा कमाएका छन् भने सिभिल बैंक डिबेञ्चर २०८८ का लगानीकर्ताहरुले सबैभन्दा बढी ६.३४ प्रतिशतले घाटा व्यहोरेका छन् । आज स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शन लिमिटेडको सबैभन्दा बढी ८५ करोड ८४ लाख ९८ हजार १ सय ७७ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन सोमबार ३२.६५ अंकले बजार घट्दा ७ अर्ब १८ करोड ३७ लाख १३ हजार ४७.०१ रुपियाँ र हिजो मंगलबार ६।६२ अंकले बजार बढ्दा ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार ५ सय २३.४९ रुपियाँ बराबरको कारोबार भएको थियो । The post शेयर बजारमा सामान्य अंकको वृद्धि, ७ अर्ब ४३ करोडको कारोबार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
शेयर बजारमा सामान्य अंकको वृद्धि, ७ अर्ब ४३ करोडको कारोबार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






