Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

विदेशमा रहेका नेपालीको सुरक्षामा राज्य गम्भीर बन्नुपर्छ, प्रवासी नेपालीको पूँजीलाई राष्ट्रिय विकासमा जोड्नुपर्छ : विद्या भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशमा रहेका नेपालीको सुरक्षामा राज्य गम्भीर बन्नुपर्छ, प्रवासी नेपालीको पूँजीलाई राष्ट्रिय विकासमा जोड्नुपर्छ : विद्या भण्डारी
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १८ । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले प्रवासी नेपालीको पूँजीलाई राष्ट्रिय विकासमा जोड्नुपर्ने बताउनु भएको छ । बुधवारबाट काठमाडौंमा सुरु भएको प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै बरिष्ठ नेता भण्डारीले यस्तो धारणा राख्नुभएको हो । देशभित्र रहेका सम्भावनालाई व्यवहारमा उतार्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने उल्लेख गर्दै भण्डारीले प्रवासी नेपालीको पूँजी, ज्ञान, सीप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्नुपर्ने बताउनु भयो । ‘स्वदेशी तथा विदेशी लगानी परिचालन गर्दै प्रवासी नेपालीको पूँजी, ज्ञान, सीप र उद्यमशीलतालाई राष्ट्रिय विकाससँग जोड्नुपर्छ,’ उहाँको भनाई थियो । प्रवासी नेपालीको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्ने पनि उहाँको भनाइ छ । यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने भण्डारीको बताउनु भयो । ‘सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ,’ भण्डारीले भन्नुभयो । उहाँले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने पनि बताउनु भयो । ‘विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउनु राज्यको दायित्व हो,’ भण्डारीले भन्नुभयो । यस्तै भण्डारीले नेपाल जलस्रोत, जंगल, जडिबुटी, कृषि उपज, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका दृष्टिले सम्पन्न मुलुक भए पनि उपलब्ध स्रोतसाधनको दिगो र वातावरणमैत्री उपयोगमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तन र प्राकृतिक विपद्का बढ्दो जोखिमलाई ध्यानमा राख्दै प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास गर्नुपर्ने धारणासमेत राख्नुभयो । पूर्वराष्ट्रपतिसमेत रहनुभएकी भण्डारीले जलविद्युत, खाद्य प्रशोधन, जडिबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवद्र्धन र वातावरणमैत्री पर्यटन विस्तारबाट रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गर्न तथा निर्यात प्रवद्र्धन गर्न सकिने बताउनु भयो । सम्बोधनको क्रममा भण्डारीले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दै आएको एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको पनि उल्लेख गर्नुभयो । देशको आर्थिक रूपान्तरणका लागि प्रवासी नेपालीको ज्ञान, सीप र पूँजीलाई स्वदेशी निजी क्षेत्रसँग जोड्नुपर्ने खाँचोसमेत उहाँले औंल्याउनु भयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सदन खुलाउने विषयमा गम्भीर छु, तिहारपछि सरकारसँग छलफल गर्छु : सभामुख अर्याल
PoliticsJust now

सदन खुलाउने विषयमा गम्भीर छु, तिहारपछि सरकारसँग छलफल गर्छु : सभामुख अर्याल

काठमाण्डु– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदन खुलाउने विषयमा आफू सकारात्मक रहेको बताएका छन्। अर्यालले मंसिरको दोस्रो या तेस्रो साताभित्रमा सदन खुलिसक्ने दाबी गरेका हुन्। सरकारसँग सल्लाहपछि सदन खुल्ने विषयको निधो लाग्ने उनको भनाइ छ । ‘मङ्सिर दोस्रो तेस्रो साताभित्रमा सदन बोलाइसक्ने गरी सरकारसँग परामर्श गर्ने तयारीमा छु । छठ लगत्तै परामर्शमा जुट्नेछु। विपक्षीहरूबाट सदन […] ...

काठमाण्डुपाटी
सरकारले आइजिपी हटाएसँगै कांग्रेसले बोलायो आकस्मिक बैठक
PoliticsJust now

सरकारले आइजिपी हटाएसँगै कांग्रेसले बोलायो आकस्मिक बैठक

नेपाली कांग्रेसले पार्टीका पदाधिकारीहरूको बैठक बोलाएको छ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाएसँगै कांग्रेसले बैठक डाकेको हो ।  त्यस्तै बैठकमा अन्य समसामयिक घटनाक्रमबारे पनि पार्टीको धारणा बनाउन पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको बताइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।   ...

फरकधार
सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ
PoliticsJust now

सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने स्पष्ट पारेका छन्। ...

हाम्राकुरा
आइजीपीबाट दानबहादुर कार्की हटाइएसँगै गगनले बोलाए प्रतिपक्षी दलको बैठक
PoliticsJust now

आइजीपीबाट दानबहादुर कार्की हटाइएसँगै गगनले बोलाए प्रतिपक्षी दलको बैठक

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेसँगै नेपाली... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play