चितवन।बाघको आक्रमणबाट चितवनमा ४६ वर्षीय भीम महतोको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोला नजिक निउरो टिप्न गएका बेला बाघको आक्रमणबाट उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार महतो मङ्गलबार दिउँसो तीन जनासँग निउरो टिप्न गएका थिए। सोही क्रममा बाघले आक्रमण गरी उनलाई लगेको थियो। महतोसँगै गएका साथीले इलाका प्रहरी कार्यालय दिव्यनगरमा जानकारी गराएपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजी सुरु गरिएको थियो। खोजीका क्रममा आज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा महतोको शव फेला परेको प्रहरीले जनाएको छ। शव नजिकै रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बाघको आक्रमणबाट महतोको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






