Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

तिहारका लागि १५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारका लागि १५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए
Photo / Coverage: केन्द्रबिन्दु

मुस्ताङ । तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिएका छन् । उक्त भेडाच्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेँसीतर्फ झारिएको हो । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा व्यापारीहरुले खरिद गरी बँेसी झारिएको बताएका छन् । कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार तिहार पर्वलाई लक्षित गरी व्यापारीले मुस्ताङबाट च्याङ्ग्रा एक हजार ३८५ र भेडा २०६ वटा बेँसी झारेका हुन् । मुस्ताङका च्याङ्ग्रा पालक तथा व्यापारीहरुबाट च्याङ्ग्रा एक हजार १५० र भेडा १३६ तिहारका लागि बेँसी झारिएको हो । यसैगरी उपल्लो डोल्पाबाट मुस्ताङ ल्याईएका च्याङ्ग्रा २३५ र भेड ७० वटा गरी तीन तीन सय भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झरेको कृषि तथा पशु विकास प्रमुख डा अर्यालले जानकारी दिए । तिहारका लागि उपल्लो मुस्ताङ र डोल्पाबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा काठमाडौँ, पोखरा, बागलुङ र म्याग्दीबाट आएका व्यापारीले खरिद गरी बिक्रीका लागि बजार झारेको कृषि तथा पशु विकास प्रमुख डा अर्यालले बताए । मुस्ताङ र डोल्पाबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा एक जिल्लाबाट अर्को जिल्लामा लैजान सम्बन्धित पशु चिकित्सकबाट निरोगिता भएको पुष्टि हुनुपर्छ । कार्यालय प्रमुख डा अर्यालले तिहारका लागि बेँसी झारिएका भेडाच्याङ्ग्राको भेटेनरी परीक्षण गरेको उल्लेख गरे । यसअघि दसैँ पर्वलाई लक्षित गरी मुस्ताङबाट करिब १५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा बाहिरिएका थिए । जसमध्ये ५०० बढी भेडाच्याङ्ग्रा तिब्बतबाट खरिद गरी कोरलानाका हुँदै नेपाल भित्र्याइएको थियो । यसवर्षको दसैँमा कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट पैदल खेदाएर जोमसोम ल्याइएको थियो । कार्यालय प्रमुख डा अर्यालले दसैँ पर्वभन्दा तिहारका लागि १० प्रतिशत मात्रै भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झरेको जानकारी दिए । बेँसीका लागि जिल्ला बाहिर र जिल्लाभित्रका स्थानीय ब्यापारीले बिक्रीका लागि पोखरा काठमाडौँ पुर्‍याएकामा तिहारका लागि भने जोमसोम झरेका भेडाच्याङ्ग्रा जिल्ला बाहिरबाट आएका ब्यापारीले पोखरा/काठमाडौँतर्फ लगेको प्रमुख डा अर्यालको भनाइ छ । यस वर्ष दसै पर्व लक्षित गरी बजार झारिएका भेडाच्याङ्ग्राबाट व्यापारीले राम्रो फाइदा कमाएका छन् । मुस्ताङबाट कम च्याङ्ग्रा झरेको र दसैँमा हिमाली क्षेत्रको चिसो हावापानीमा हुर्काइएको भेडाच्याङ्ग्राको मासु खाने संस्कृति चलेकाले दशैमा भेडाच्याङ्ग्रा व्यापार फस्टाएको हो । मुस्ताङका कृषकले पुख्यौली व्यवसायका रुपमा भेडाच्याङ्ग्रा र याकचौरी पालन व्यावसायिक रुपमा पछ्याउँदै आइरहेका छन् । हिमाली क्षेत्रमा पशुपालक व्यवसाय प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय निकायबाट विभिन्न शीर्षकमा अनुदान कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालन गर्नेको सङ्ख्या वृद्धि हुँदै जान थालेको हो । तीन तहका सरकारबाट पशु बिमा, गोठ सुधार, आहार व्यवस्थापनलगायतमा अनुदान सहुलियतको ब्यवस्था गर्न थालेपछि पशुपालनतर्फ कृषकको आकर्षण बढ्दो रहेको कार्यालय प्रमुख डा अर्यालले बताए । उच्च हिमाली क्षेत्रको चिसो हावापानीमा पालन गरिएको भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने गर्छ । उच्चलेकका खर्क, पाटन र बुकीमा भेडाच्याङ्ग्राले यार्सागुम्बा, निरमसी, जटामसी, पाँचऔले, वनलसुन र जिम्बुलगायतका वन्य जटीबुटी सेवन गर्ने भएकाले भेडाच्याङ्ग्राको मासु स्वादिलो र स्वास्थ्यवद्र्धक मानिने गर्छ । मुस्ताङको घरपझोङ, वारागुङ, लोघेकर र लोमान्थाङ गाउँपालिकाका कृषकले व्यावसायिक रुपमा भेडाच्याङ्ग्रा पालन गर्दैआइरहेका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा अनाधिकृत घाँस पलाउने, पानीका मुहान सुक्दै जाने र हिमचितुवालगायतका वन्यजन्तुको जोखिमका कारण पशुपालन व्यवसाय चुनौती बन्दै गएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हाम्रा ‘भगवान्’ करोडौँमा बिक्री, केहीलाई विभिन्न मुलुकबाट फिर्ता ल्याए पनि सयौँ बाँकी
Latest NewsJust now

हाम्रा ‘भगवान्’ करोडौँमा बिक्री, केहीलाई विभिन्न मुलुकबाट फिर्ता ल्याए पनि सयौँ बाँकी

काठमाडौंँ । नेपालका मठ–मन्दिर, गुम्बा र पुरातात्त्विक स्थलहरूमा पुजिने देवी–देवताहरू विश्व बजारमा करोडौँ र अर्बौं रुपैयाँमा लिलाम भइरहेका छन् । बाटोघाटो, चोक र मन्दिरका खोपाहरूबाट हराएका हिन्दु धार्मिक आस्थाका प्रतीकहरू... ...

रातोपाटी
पार्टी नेतृत्वमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न पार्टी तयार छ :  कांग्रेस
Latest NewsJust now

पार्टी नेतृत्वमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न पार्टी तयार छ :  कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी नेतृत्वमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न पार्टी तयार रहेको बताएको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै शर्माले... ...

रातोपाटी
तिहार र छठका लागि बससेवामा अग्रिम टिकट बुकिङ खुल्ला
Latest NewsJust now

तिहार र छठका लागि बससेवामा अग्रिम टिकट बुकिङ खुल्ला

अनलाइन बस टिकट प्लाटफर्म बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलाएको छ।  बससेवाले तिहार र छठमा ‘लाइन होइन, अनलाइन रोजौं’ भन्दै बुधबारदेखि सबै रुटमा अग्रिम टिकट खुला गरेको जनाएको छ। अग्रिम टिकट बुकिङ गर्दा ग्राहकलाई विशेष छूटको समेत व्यवस्था गरिएको छ।  बससेवाका असिस्टेन्ट म्यानेजर दीपक बिकेका अनुसार तिहार तथा छठको ... ...

नेपालखबर
कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने
Latest NewsJust now

कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने

खोटाङ, कात्तिक १८ गते । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । सडक मर्मतका लागि रु सात करोड २१ लाखको लागत... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play