Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

त्रास देखाएर पार्टीको नेतृत्व लिने सपना नदेखे हुन्छः राजेन्द्र लिङदेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
त्रास देखाएर पार्टीको नेतृत्व लिने सपना नदेखे हुन्छः राजेन्द्र लिङदेन
Photo / Coverage: टक्सार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुन लागेको भन्दै कार्यकर्तामा त्रास सिर्जना गरेर नेतृत्व लिने सपना नदेख्न चेतावनी दिएका छन्।बुधवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित राप्रपा काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टी सकियो, अब पार्टी बन्दैन र खतम भयो भन्ने भ्रम फैलाएर कार्यकर्ताको मनोबल गिराउने प्रयास नगर्न चेतावनी दिएका छन् । कार्यकर्तालाई आतङ्कित बनाएर पार्टीको नेतृत्व लिन्छु र पार्टी चलाउँछु भन्ने कसैले सपना नदेखे हुन्छ भन्दै अहिलेका राप्रपाका कार्यकर्ता त्यस्ता भ्रमको शिकार नहुन आग्रह गरे । लिङदेनले समयसँगै सूचना प्रविधिमा भएको विकासले पार्टीका कार्यकर्तालाई पनि सचेत बनाएको उल्लेख गरे। अहिले कुनैपनि गतिविधि लुकाउन सम्भव नरहेको भन्दै उहाँले सूचना प्रविधिको पहुँचका कारण गोप्य राख्न खोजिएका गतिविधिसमेत बाहिर आउने बताए । उनले भने, ‘पार्टी समाप्त हुँदैछ भन्ने त्रास फैलाएर कार्यकर्ताको मनोबल गिराउँदै नेतृत्वमा पुग्ने सपना कसैले देख्नु हुँदैन । अहिलेका कार्यकर्ता सचेत छन् र सूचना प्रविधिको विकासले सबैलाई हरेक गतिविधिबारे जानकार बनाएको छ । त्यसैले भ्रम र डरको राजनीति अब चल्दैन । नेतृत्वका आकाङ्क्क्षीहरूले एकअर्कालाई कमजोर बनाउने होइन, आफ्नो क्षमता र सङ्गठन निर्माणमार्फत प्रतिस्पर्धा गर्नुपर्छ । आफ्नो क्षेत्रमा सङ्गठन विस्तार गरेर नेतृत्व क्षमता प्रमाणित गर्नु नै स्वस्थ प्रतिष्पर्धाको आधार हो ।’ पार्टीभित्र त्रास र भ्रम फैलाउनेभन्दा संगठन निर्माणमा प्रतिष्पर्धा गर्न चुनौती दिँदै लिङ्देनले आफ्नो क्षेत्रमा संगठन विस्तार गरेर पार्टीभित्रको प्रतिष्पर्धा संगठन बलियो बनाउने विषयमा केन्द्रित हुन जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारका लागि १५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए
Latest NewsJust now

तिहारका लागि १५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

मुस्ताङ । तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिएका छन् । उक्त भेडाच्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेँसीतर्फ झारिएको हो । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा व्यापारीहरुले खरिद गरी बँेसी झारिएको बताएका छन् । कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा लालमणि अर्यालका ...

केन्द्रबिन्दु
अर्थमन्त्री डा. वाग्लेसँग भारतका विदेश सचिवको भेटवार्ता
Latest NewsJust now

अर्थमन्त्री डा. वाग्लेसँग भारतका विदेश सचिवको भेटवार्ता

काठमाडौं।नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता भएको छ। मिश्रीले आज अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ। भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गरेका छन्। त्यस अवसरमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी थिए । ...

नेपालन्युज
मुग्लिनको जलविरे झरना नजिकै कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु
Latest NewsJust now

मुग्लिनको जलविरे झरना नजिकै कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

चितवन । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाबाट फर्किने क्रममा डब्लुबी... ...

रातोपाटी
अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
Latest NewsJust now

अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसिरहेका प्राडा गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play