Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/यू–१९ महिला विश्वकपको खेल तालिका सार्वजनिक, नेपालले घरेलु मैदानमा खेल्ने

यू–१९ महिला विश्वकपको खेल तालिका सार्वजनिक, नेपालले घरेलु मैदानमा खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
यू–१९ महिला विश्वकपको खेल तालिका सार्वजनिक, नेपालले घरेलु मैदानमा खेल्ने

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट आगामी आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार विश्वकपका खेलहरु नेपाल र बंगलादेशमा हुनेछन् । १६ टोली सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित भारत, आयरल्यान्ड र वेष्ट इन्डिज छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्यूजिल्यान्ड र समोआ छन् । समूह ‘सी’मा अष्टेलिया, बंगलादेश, नाइजेरिया र युएई हुँदा समूह ‘डी’मा इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्याण्ड छन् । समूह चरणमा नेपालका सबै खेल घरेलु मैदानमा तय भएको छ । नेपालले पहिलो खेल जनवरी २२ मा आयरल्यान्ड, जनवरी २४ मा भारत र जनवरी २६ मा वेष्ट इन्डिजसँग खेल्नेछ । तीनवटै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । सहआयोजक रहेको नेपालमा १५ खेल हुनेछन् । नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने तालिका छ । त्यसबाहेक २६ खेल बंगलादेशमा हुनेछ । समूह चरणका खेलपछि सुपर सिक्स चरणमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक समूहबाट ३–३ टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । सुपर सिक्सका टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका सेमिफाइनल खेल फेब्रुअरी ४ मा बंगलादेशको वीर श्रेष्ठ सहिद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट रंगशालामा हुनेछन् । प्रतियोगिताको फाइनल फेब्रुअरी ६ मा बंगलादेशमै हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै
ताजा खबरJust now

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरम २०२६ मा सहभागी हुन बिहीबार चीन जाने भएकी छन् । नेकपा एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । चीनको हेबेई प्रान्तस्थित सियोङआन नयाँ क्षेत्रमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने फोरममा भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनका सहयोगी राजकुमार ...

कर्पोरट खबर
टीका सुरु भएसँगै काठमाडौंका सडकमा बढ्यो चहलपहल
ताजा खबरJust now

टीका सुरु भएसँगै काठमाडौंका सडकमा बढ्यो चहलपहल

काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा टीका र आशीर्वाद थाप्न आफन्तकहाँ जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो। विजयादशमीका दिन बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता तथा आफन्तकहाँ पुग्ने गरेका छन्। यसले बिहानको ...

हिमालय टाइम्स
बाढीले खोस्यो दसैंको खुसी
ताजा खबरJust now

बाढीले खोस्यो दसैंको खुसी

बर्दिया।बडादसैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? बर्षभरि जहाँ भए पनि दसैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दसैंको खुसी आएन। भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैं उल्लासमय नभएर खल्लो बन्न पुग्यो। विगतका बर्षमा दसैंको दिन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play