Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बालेन सरकारको बदमासी इनम सापकोटाका नाममा पटाक्षेप भयो : एमाले

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेन सरकारको बदमासी इनम सापकोटाका नाममा पटाक्षेप भयो : एमाले
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक ३० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिचौलिया इनम सापकोटामाथिको अनुसन्धान निकै रहस्यमयी भएको बताउनु भएको छ । पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारको गतिविधि इनम सापकोटाका नाममा पटाक्षेप भएको बताउनु भएको हो । ‘बालेन सरकारको बदमासी बिचौलिया इनम सापकोटाका नाममा पटाक्षेप भएको कुरा सवैतिर आइसकेको छ,’ पोखरेलले भन्नुभयो, ‘त्यसका रहस्य त आउन बाँकी नै छन् । धेरैले गरेको विश्लेषण प्रधानमन्त्रीलाई झापामा उम्मेदवार बनाउन उपयुक्त हुन्छ हुँदैन भन्ने कुराको सर्वेक्षण पनि उनकै नेतृत्वमा भएको थियो भन्ने छ । चुनावको क्याम्पेनमा पनि उनै सामेल भए ।प्रधानमन्त्री भइसकेपछि कसरी सरकारलाई सफल बनाउने भन्ने कोर टिमभित्र पनि उनी रहे भन्नेसम्मका कुराहरू आइसकेका छन् ।’ एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी नियन्त्रणमा लिएको मोबाइल दुई–तीन दिनसम्म राखेको कुरा पनि बाहिर आइसकेकोले थप केही तथ्य खोजिरहनै नपर्ने बताउनु भयो । ‘अहिले यही सरकारले इनम सापकोटालाई नियन्त्रणमा ल्याएको छ । तर पनि अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदै छ, पारदर्शी छैन,’ पोखरेलले भन्नुभयो । पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति पनि चर्को आलोचना गर्नुभयो । महासचिव पोखरेलले प्रधानमन्त्री अलोकतान्त्रिक चरित्रका रहेको भन्ने कुरा तथ्यले बताइसकेको भन्दै बिपक्षी त परै जावस पार्टीसँग समेत सम्वाद गर्न छाडेको दृष्टान्त दिनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा टोलीलाई सिचुवान सरकारको स्वागत, चीनमा यस्तो छ १२ दिनको कार्यक्रम
PoliticsJust now

रास्वपा टोलीलाई सिचुवान सरकारको स्वागत, चीनमा यस्तो छ १२ दिनको कार्यक्रम

काठमाण्डु । चीन भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई सिचुवान प्रान्तीय सरकारको परराष्ट्र मामिला कार्यालयका निर्देशकले स्वागत गरेकी छन्। नेपालसँगको सम्बन्ध र सहकार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको सिचुवान सरकारको परराष्ट्र मामिला कार्यालयले रास्वपा टोलीलाई स्वागत गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको रास्वपा टोलीले नोभेम्बर १५ देखि २६ सम्म सिचुवान, […] ...

काठमाण्डुपाटी
समावेशिता र संघीयताले लोकतन्त्र बलियो बनाएको छ : गगन थापा
PoliticsJust now

समावेशिता र संघीयताले लोकतन्त्र बलियो बनाएको छ : गगन थापा

नेपाली कांग्रेस सभापति गगन थापाले मुलक समावेशिता र संघीयतामा गएपछि प्रजातन्त्र बलियो भएको धारणा व्यक्त गरेका छन । स्व प्रदीप गिरि फेलोशिप कार्यक्रमको वीरगञ्जमा उदघाटन गर्दै सभापति थापाले यस्ता धारण व्यक्त गरेका हुन ।  उनले नेपाली कांग्रेसका नेता स्व. गिरिको जीवनीबारे प्रकाश पार्दै भने, ‘स्व गीरिका विचार, लेख तथा दर्शनहरु समावेशिता र संघीयता लागु भए मुलक र प्रजातन्त्र बलियो हुने सोच ...

फरकधार
खराब कर्जा असुलीमा ध्यान दिन नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन
PoliticsJust now

खराब कर्जा असुलीमा ध्यान दिन नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे ।  नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत ...

फरकधार
इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर
PoliticsJust now

इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर

इलाममा परेको असिना पानीका कारण पाक्नै लागेको धान बालीमा ठुलो क्षति पुर्‍याएको छ । गत कात्तिक २५ गते परेको असिना पानीका कारण पाक्न लागेको धान ९० प्रतिशत सम्म भुईँमा झारेको किसानहरूको भनाइ छ ।  इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको बाक्लो असिनाले पाक्नै लागेको बढी क्षति धान बालीमा पुर्‍याएको किसानहरुको भनाइ छ । मुख्य बाली भित्र्याउने मुख्य सिजनमा नै एक्कासि मौसम ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play