Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३ हजार ४१४ जना सहभागी हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३ हजार ४१४ जना सहभागी हुने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा (एमाले)ले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउने र साङ्गठनिक सुदृढिकरण गर्नका लागि भेलाको आयोजना गरिएको बताए । उनले आगामी स्थानीय तहको निर्वाचनको तयारीका सम्बन्धका पनि भेलामा छलफल हुने बताए । महासचिव पोखरेलका अनुसार राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न पार्टी केन्द्रीय कमिटीद्वारा पारित आजका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकजुट भई कार्यान्वयनका लागि जनतासमक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्नु भेलाको मुख्य ध्येय रहेको छ । “आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टीपङ्क्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरी वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउने भेलाको उद्देश्य रहेको छ”, उनले भने, “भेलाले पार्टीलाई नयाँ संचार गर्नेछ ।” भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, पार्टीका प्रदेश र जिल्ला कमिटीका पदाधिकारी (प्रवासबाट) र पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष गरी करिब तीन हजार ४१४ जनाको सहभागिता रहने छ । भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशासहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन गर्नेछन् । भेलामा मुलुकको परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । भेलामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्ण्ॉप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण काम तथा उपलब्धिको समीक्षा र महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नुहुने जानकारी दिइयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड
Latest NewsJust now

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिए। नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव... ...

रातोपाटी
बक्स अफिसमा ऐतिहासिक आँधी : नितेश तिवारीको चलचित्र ‘रामायण’ को लोभलाग्दो सफलता
Latest NewsJust now

बक्स अफिसमा ऐतिहासिक आँधी : नितेश तिवारीको चलचित्र ‘रामायण’ को लोभलाग्दो सफलता

काठमाडौं । तपाईंले रणबीर कपूर र साई पल्लवी अभिनित फिल्म ‘रामायण’ हेर्नुभयो रु यदि हेरिसक्नुभयो भने तपाईंलाई सबैभन्दा बढी कसको भूमिका मनपर्यो ? आफ्नो प्रतिक्रिया दिँदै गर्नुहोला, आज हामी रामायणले चलचित्र जगतमा मच्चाएको तहल्काको विषयमा चर्चा गर्नेछौं । बलिउडका चर्चित निर्देशक नितेश तिवारीको म्याग्नम ओपस चलचित्र ‘रामायण’ ले यतिबेला बलिउडमा मात्र नभई विश्वव्यापी रूपमै बक्स अफिसमा तहल्का मच्चाएको छ । हिन्दू ...

कर्पोरट खबर
खराब कर्जा असुलीमा अर्थमन्त्रीको जोड
Latest NewsJust now

खराब कर्जा असुलीमा अर्थमन्त्रीको जोड

काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। नेपाल बैंक लिमिटेडको ९०औं वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे। नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज ...

नेपालन्युज
हसिनाको गृहनगरमा सुरक्षा व्यवस्था कडा, १० प्लाटुन बिजिबी परिचालन
Latest NewsJust now

हसिनाको गृहनगरमा सुरक्षा व्यवस्था कडा, १० प्लाटुन बिजिबी परिचालन

काठमाडौं । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरिएको छ । सुरक्षाका लागि ड्रोन, बडी क्यामेरा र दङ्गा नियन्त्रणमा प्रयोग हुने सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ । हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play