काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फष्ट रेस्पोन्डर’ का रुपमा गरेको सहयोगप्रति आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटका दुई पक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ। नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका उनी बुधबार यहाँ आइपुगेका थिए। विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए। भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए। विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी आजै काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गर्नेछन्।
प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

Read Complete Original Article
Published originally on नेपालन्युज


_jngkj3r13m_7PHWnhfPpk.jpg)


