राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका मिस्रीले बिहीबार बूढानीलकण्ठस्थित लामिछानेको निवासमा पुगेर भेटवार्ता गरेका हुन् । भेटका क्रममा लामिछानेले आफ्नो यसअघिको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणको सफलताका लागि शुभकामना व्यक्त गरे। उनले नेपालले विकास तथा आर्थिक कूटनीतिलाई प्राथमिकता दिइरहेको पनि बताए। भेटवार्तामा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । दुवै पक्षले दुई देशबीच रहँदै आएको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान गरेका थिए ।
भारतीय विदेश सचिव मिस्री र रवि लामिछानेबीच भेटवार्ता

Read Complete Original Article
Published originally on पर्दाफास






