काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार आफ्नै निवासबाट पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतको आदेशपछि उनले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । पक्राउपछि अग्रवाललाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो । बुधबार उनको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी कस्टडीमै राखिएको थियो । बिहीबार भएको सुनुवाइपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी छुटेका हुन् ।
सेयर कारोबारी दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






