पर्वमा जनतासँग मन्त्री गौतम

पर्वमा जनतासँग मन्त्री गौतम
horizontal HDचितवन।पर्वको समयमा धेरैजसो राजनीतिज्ञ पारिवारिक भेटघाटमा व्यस्त रहँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम भने जनताका समस्या सुन्न व्यस्त रहिन्। उनले नदी तटीय क्षेत्रका समस्यादेखि गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासा सुनिन्। माडीमा धान काटिरहेका किसानहरुको खेतमा एकाएक उनी पुगेपछि धान काट्दै गरेका किसानहरू दङ्ग थिए। धान पाकेपछि चाडपर्व नभनी धान काटिरहेका किसानलाई भेट्न खेतमै मन्त्री गौतम पुगेपछि उनीहरूले आफ्ना समस्या र गुनासो खेतमा नै मन्त्रीसँग बिसाउन पाए। मन्त्री गौतमले माडी र भरतपुरका गाउँ–गाउँमा पुगेर दसैंको मौकामा शुभकामना आदान प्रदानसँगै स्थानीयका समस्या सुनिन्। यस क्रममा भरतपुर र माडीका विभिन्न ठाउँमा पुगेर उनले नदी कटानका समस्या, हुलाकी सडक, कृषि उत्पादन, मल बिऊको उपलब्धता र बजार मूल्य जस्ता विषयमा चासो पूर्वक जानकारी समेत लिएकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले माडीका किसानका खेतबारीमा पुगेर भेटिन्। त्यहाँका अग्रजसँग आर्शिवाद समेत लिइन्। खनालले भने, “मन्त्रीलाई समस्या लिएर काठमाडौं भेट्न जान चाहेकाहरूलाई गाउँ घरमै भेटेर समस्या तथा गुनासा सुन्नु भयो।” मन्त्री गौतमले नारायणी नदीको तटीय क्षेत्रको अवलोकन गरी स्थानीयवासीसँग छलफल गरेकी थिइन्। उनले भरतपुर महानगरपालिका वडा नं. ३, १६, १७, २६, २७ र २८ का बासीन्दाहरूसँग प्रत्यक्ष भेटघाट गरी अपुरो रहेका तटबन्धनका काम सम्पन्न हुने विश्वास दिलाइन्। स्थानीयले उठाएका जोखिम न्यूनीकरण, तटबन्ध निर्माण र बस्ती सुरक्षासम्बन्धी माग सुनाए। खनालका अनुसार नदी तटीय क्षेत्रको नारायणगढदेखि काभ्रेघाट, भङ्गेरीथान, ज्ञानेश्वर, सिद्घिगणेश, मझुवा, हिरापुरदेखि गोलाघाटसम्मका स्थानीयको नदीको जोखिमसँगै अन्य समस्याहरू पनि सुनेकी थिइन्। भरतपुर १६ का नन्दप्रसाद भट्टका अनुसार भेटका क्रममा मन्त्री गौतमले नदी तटीय क्षेत्रलाई बचाउने कुरामा आफू गम्भीर रहेको र छिट्टै तटबन्धनका बाँकी काम सम्पन्न गर्ने बताएकी थिइन्। सो क्रममा स्थानीयको कतिपय समस्या उनले तत्काल समाधानका लागि पहल अघि बढाएकी थिइन्। उनले भरतपुर महानगरपालिका वडा नं. ९, १३ लगायतका क्षेत्रहरूमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट समेत गरेकी थिइन् । दसैंको टीका अघि गृह जिल्ला आएकी गौतमले परिवारसँगभन्दा मतदातासँग धेरै समय बिताइन्। मतदाताका घर घरमा पुगेकी उनलाई कतिपयले भरतपुर १५ स्थित उनको निवासमा पुगेर पनि राती अबेरसम्म भेट गरेका थिए। क्रिकेट क्लब कर्णाली याक्सका अध्यक्ष समेत रहेका गौतमका श्रीमान गृहेन्द्र घिमिरेका अनुसार मन्त्री गौतमको अधिकांश समय आम जनता र कार्यकर्तासँग बितेको थियो। राति अबेरसम्म समस्या लिएर स्थानीय नेता कार्यकर्ता घरमा आइपुगेको उनले बताए। दिनभरको समय मन्त्री गौतम जनताको घरदैलोमा पुग्ने गरेको घिमिरेको भनाइ छ। जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाश आचार्यले मन्त्री भेटेर आफ्ना समस्या राख्न चाहेकाहरूलाई निवासमा पनि भेट गराइएको बताए। उनले भने, “मन्त्रीलाई दसैंमा अरुमा ध्यान थिएन। मतदाताहरू जति सकिन्छ धेरैसँग भेट गर्नु थियो।” सोहीअनुसार भेट गरेर उनी फर्किएको आचार्यले जानकारी दिए। मन्त्री गौतमका हजुरआमा बितेका कारण आफूले टीका नलगाए पनि शुभकामना आदानप्रदानसहित जनताको माझमा अधिकांश बिदाको समय उनले बिताएको आचार्यले बताए। दसैंको बिदामा मन्त्री गौतमले जिल्ला आएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेट गराएकी थिइन्। गौतम चितवन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य हुन्। उनी निर्वाचित भएसँगै माडी जाने हुलाकी सडकको निकुञ्ज क्षेत्रमा कालोपत्रे सडकको प्रक्रिया अघि बढेको छ। नारायणीमा बाँकी तटबन्धनका काम अघि बढेका छन्। यस्तै माडी लगायतका क्षेत्रमा पुल, सडकलगायतका विकास निर्माणका काम अघि बढेका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एनपीएलको पुरस्कार राशि सार्वजनिक, विजेताले डेढ करोड पाउने
• नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने छ। • उपविजेता टोलीले ८० लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। • प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ र आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। ...

दिल्लीमा अर्थमन्त्री वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण -सांसद भण्डारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले भारतको नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण रहेको दाबी गरेका छन् । रिपोटर्स क्लव नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा भण्डारीले भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति समाप्त भइसकेको भन्ने अर्थमन्त्री वाग्लेको भनाइ सुझबुझका साथ आएको बताएका हुन् । उनले अर्थमन्त्रीको भनाइलाई अनावश्यक रूपमा टीका–टिप्पणी गर्नुपर्ने जरुरत नभएको धारणा ...

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते
नयाँदिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ । सरकारी अधिकारीका अनुसार प्रदर्शनकारीहरूले प्रहरी चौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनी गरेका छन् । मुख्यमन्त्री पेमा खाण्डुका अनुसार सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव गरेको ११ हजार २०० मेगावाट क्षमताको ...

जानकी मन्दिरमा डेढ शताब्दी पुरानो परम्परा
जनकपुरधाम। मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाको आफ्नै विशिष्ट महत्त्व छ। विशेषगरी नवविवाहित जोडीका लागि यस पर्वको छुट्टै महत्त्व हुने गरेको छ। यही सांस्कृतिक विशिष्टतासँग जोडिएको जनकपुरधामस्थित जानकी मन्दिर र महोत्तरीको रतौलीस्थित ठाकुर परिवारबीचको परम्परा अहिले पनि जीवित छ। परम्परागत रूपमा हरेक वर्षझैँ यस वर्ष पनि रतौलीबाट पाहुर (भार) जानकी मन्दिर ल्याइएको छ। करिब डेढ सय वर्षअघि स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको घरबाट सुरु भएको यो ...


