भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ । सरकारी अधिकारीका अनुसार प्रदर्शनकारीहरूले प्रहरी चौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनी गरेका छन् । मुख्यमन्त्री पेमा खाण्डुका अनुसार सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव गरेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ विरुद्धको प्रदर्शनका क्रममा शुक्रबार राति हिंसा भड्किएको थियो । खाण्डुले शनिबार पत्रकारहरूसँग भीडले ठूलो मात्रामा सम्पत्ति नष्ट गरेको बताए । प्रदर्शनकारीहरूले प्रहरी चौकी र एनएचपीसीको कार्यालयमा तोडफोड गर्नुका साथै निर्वाचित जनप्रतिनिधिका घरमा लुटपाट गरेको उनले जानकारी दिए । प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर करिब ४० जना प्रहरी घाइते भएका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । मुख्यमन्त्री खाण्डुले परियोजनाको विरोध गरिरहेका स्थानीयलाई हिंसाको बाटो त्यागेर सरकारसँग वार्ता गर्न आग्रह गरे । भारतले तिब्बतमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् परियोजनाको सम्भावित प्रभावलाई ध्यानमा राख्दै आफ्नो बाँध परियोजना आवश्यक रहेको बताउँदै आएको छ । करिब १६७ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको चिनियाँ परियोजना विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्न सक्ने बताइएको छ । चिनियाँ बाँधका कारण ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित हुन सक्ने भारतको चिन्ता छ । प्रस्तावित भारतीय बाँधमा विशाल जलाशय निर्माण गरी नदीमा पानीको बहाव कायम राख्न सकिने नयाँ दिल्लीको भनाइ छ । तर, बेइजिङले आफ्नो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक असर नपार्ने दाबी गरेको छ । भारतको प्रस्तावित बाँध परियोजनाको स्थानीय समुदायले पनि विरोध गर्दै आएका छन् । परियोजना निर्माण भए आफूहरूले घर र जमिन गुमाउनुपर्ने उनीहरूको चिन्ता छ । यस विवादले भारत र चीनबीच हिमालय क्षेत्रमा कायम सीमा तनावलाई थप उजागर गरेको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा दाबी गर्दै आएको छ भने भारतले उक्त राज्य आफ्नो अभिन्न भू–भाग भएको बताउँदै आएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार सीमा क्षेत्रमा तनाव व्यवस्थापन गर्न दुवै देशका अधिकारी नियमित सम्पर्कमा रहेको बताएका थियो । उनका अनुसार, सीमा क्षेत्रमा चिनियाँ सेनाले नियमित गस्तीको स्थापित ढाँचाभन्दा फरक गतिविधि गर्दा बेलाबेलामा तनाव उत्पन्न हुने गरेको छ । दुवै पक्षले कूटनीतिक तथा सैन्य संयन्त्रमार्फत बाँकी विवाद समाधान गर्न र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव रोक्न प्रयास गरिरहेको उनले बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

रसुवा बाढीमा बेपत्ता खोज्दै ड्रोन पाइलट प्रदीपले बिताएका ती १६ दिन (भिडिओ)
गत भदौ १० मा एक्कासि उर्लिएको भोटेकोशीले रसुवामा मात्र क्षतविक्षत पारेन, नुवाकोट र धादिङमा समेत ठूलो जनधनको क्षति गर्‍यो। बाढीको सूचना दिने समय समेत मिलेन। घर, सडक, पुल, सवारीसाधनसँगै हजारौँ संख्यामा मानिसहरु लेदोसहितको भेलमा बगे। केहीको शव भेटिए पनि अझै कैयौँ सम्पर्कविहीन छन्। भोटेकोशी र त्रिशूलीले विध्वंस मच्चाएको स्थानमा सवारीसाधन जाने... ...

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको […] ...

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली क्रिकेट प्लेयर्स र करुवाको सहज जित
पहिलो खेलमा पाल्पालीले न्यू एमएमसिटी क्रिकेट क्लबलाई ६ विकेटले हराएको हो भने दोस्रो खेलमा करुवाले असेर्दी क्रिकेट क्लब रम्भा हुँगीलाई ८७ रनले पराजित गरेको हो । ...

दोस्रो झापा महिला गोल्डकपको तयारी
लीलाराज खड्का बिर्तामोड, कात्तिक ८ गते । देशकै प्रतिष्ठितमध्ये एक मानिने दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मंसिर ५ गतेदेखि १२ गतेसम्म झापाको दुधे रङ्गशालामा हुने भएको छ । प्... ...


