दिल्लीमा अर्थमन्त्री वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण -सांसद भण्डारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले भारतको नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण रहेको दाबी गरेका छन् । रिपोटर्स क्लव नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा भण्डारीले भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति समाप्त भइसकेको भन्ने अर्थमन्त्री वाग्लेको भनाइ सुझबुझका साथ आएको बताएका हुन् । उनले अर्थमन्त्रीको भनाइलाई अनावश्यक रूपमा टीका–टिप्पणी गर्नुपर्ने जरुरत नभएको धारणा राखे । साथै सांसद भण्डारीले सरकारले आफ्नो कार्यकालको ६ महिना पार गरिसकेको सन्दर्भ उल्लेख गर्दै वर्तमानको मुख्य चुनौती महँगी नियन्त्रण रहेको उल्लेख गरे । सरकारले यस विषयमा विशेष ध्यान दिनुपर्ने र महँगी नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने उनले बताए । सांसद भण्डारीले बर्तमान सरकारको पाँच वर्षे कार्यकाल रहेको स्पष्ट पार्दै पाँच वर्षमा जनअपेक्षा पूरा गरेरै छाड्ने जिकिर गरे ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

रसुवा बाढीमा बेपत्ता खोज्दै ड्रोन पाइलट प्रदीपले बिताएका ती १६ दिन (भिडिओ)
गत भदौ १० मा एक्कासि उर्लिएको भोटेकोशीले रसुवामा मात्र क्षतविक्षत पारेन, नुवाकोट र धादिङमा समेत ठूलो जनधनको क्षति गर्‍यो। बाढीको सूचना दिने समय समेत मिलेन। घर, सडक, पुल, सवारीसाधनसँगै हजारौँ संख्यामा मानिसहरु लेदोसहितको भेलमा बगे। केहीको शव भेटिए पनि अझै कैयौँ सम्पर्कविहीन छन्। भोटेकोशी र त्रिशूलीले विध्वंस मच्चाएको स्थानमा सवारीसाधन जाने... ...

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको […] ...

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली क्रिकेट प्लेयर्स र करुवाको सहज जित
पहिलो खेलमा पाल्पालीले न्यू एमएमसिटी क्रिकेट क्लबलाई ६ विकेटले हराएको हो भने दोस्रो खेलमा करुवाले असेर्दी क्रिकेट क्लब रम्भा हुँगीलाई ८७ रनले पराजित गरेको हो । ...

दोस्रो झापा महिला गोल्डकपको तयारी
लीलाराज खड्का बिर्तामोड, कात्तिक ८ गते । देशकै प्रतिष्ठितमध्ये एक मानिने दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मंसिर ५ गतेदेखि १२ गतेसम्म झापाको दुधे रङ्गशालामा हुने भएको छ । प्... ...


