नेश्नल साइन्स काउन्सिलको फेलो निर्वाचित

काठमाडौं । नेपाली सोसेल साइन्टिस मन्दिरा लामिछाने अन्तर्राष्ट्रिय विज्ञान परिषद् (आईएससी)को फेलो निर्वाचित भएकी छन्। यो विज्ञान क्षेत्रमा विश्वस्तरमा प्रदान गरिने सर्वोच्च सम्मानमध्ये एक हो। परिषद्को फेलो निर्वाचित हुने उनी पहिलो नेपाली महिला वैज्ञानिक हुन् भने यो सम्मान प्राप्त गर्ने दोस्रो नेपाली नागरिक हुन्। यो सम्मानले स्वास्थ्य, जलवायु परिवर्तन, लैङ्गिक समानता र जनस्वास्थ्यका क्षेत्रमा वैज्ञानिक अनुसन्धान, नीतिगत सहभागिता र नेतृत्वमा उनले पुर्याएको विशिष्ट योगदानको कदर गरेको छ। आईएससी विश्वभरका करिब २५० वैज्ञानिक संस्थालाई एकै ठाउँमा ल्याउने अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था हो। सन् २०१८ मा अन्तर्राष्ट्रिय विज्ञान परिषद् र अन्तर्राष्ट्रिय सामाजिक विज्ञान परिषद् गाभिएर स्थापना भएको यस संस्थाले विश्वव्यापी वैज्ञानिक सहकार्यलाई प्रवर्द्धन गर्छ। परिषद्ले विज्ञानलाई विश्वव्यापी सार्वजनिक हितका रूपमा अघि बढाउन उल्लेखनीय योगदान पुर्याएका वैज्ञानिकलाई सम्मान गर्ने क्रममा लामिछानेलाई पनि नयाँ फेलोका रूपमा घोषणा गरेको हो। आईएससीका अनुसार फेलोशिप परिषद्ले प्रदान गर्ने सर्वोच्च सम्मान हो। यसले अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्य सुदृढ गर्न र समाजमा विज्ञानको भूमिका प्रवर्द्धन गर्न प्रतिबद्ध अग्रणी वैज्ञानिकहरूको विश्वव्यापी सञ्जाल निर्माण गर्छ। लामिछाने हाल काठमाडौंस्थित प्लानेटरी हेल्थ रिसर्च सेन्टर ९पीएचआरसी० मा अनुसन्धान निर्देशक तथा फेलोका रूपमा कार्यरत छन्। उनी ग्लोबल योङ एकेडेमीकी सदस्य पनि हुन्। प्रमाणमा आधारित नीति निर्माण, जलवायु तथा वातावरणीय स्वास्थ्यसम्बन्धी अनुसन्धान र दिगो विकासमा लैङ्गिक संवेदनशील दृष्टिकोणको प्रवर्द्धनमा उनले महत्त्वपूर्ण योगदान पुर्याएकी छन्। आईएससीको फेलोमा उनको निर्वाचन व्यक्तिगत वैज्ञानिक करियरका लागि मात्र नभई विश्व वैज्ञानिक समुदायमा नेपालको बढ्दो उपस्थितिका लागि पनि महत्त्वपूर्ण उपलब्धि हो। यस सम्मानले जलवायु परिवर्तन, पृथ्वीको स्वास्थ्य र दिगो विकासलगायत विश्वव्यापी चुनौतीबारे अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्य र वैज्ञानिक संवादमा नेपालको योगदान थप सुदृढ हुने अपेक्षा गरिएको छ। यस घोषणापछि उनका सहकर्मी तथा शुभेच्छुकहरूले नेपालको वैज्ञानिक समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाएको र विशेषगरी महिला वैज्ञानिकसहित नयाँ पुस्ताका अनुसन्धानकर्तालाई प्रेरित गरेको भन्दै लामिछानेलाई बधाई दिएका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान नगर्ने
काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकमा रहेकाले यसपालि चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ। कांग्रेसले जारी गरेको विज्ञप्तिमा भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत थप क्षति पुर्याएको उल्लेख गरिएको छ। देशले दुःखद् परिस्थिति सामना गरिरहेका बेला कोजाग्रत पूर्णिमाको ...

बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब आठ लाख सहयोग
म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब आठ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामाअष्ट्रेलिया मा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले रु सात लाख ८३ हजार ३५८ दशमलव पाँच सहयोग गरेको हो। अष्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा संकलन गरिएको उक्त रकम जलजला गाउँपालिकाको विपद् कोषमा ...

करदाता प्रोत्साहन कार्यक्रम : ३ हजारको किनमेलमा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार
काठमाडाैं । आन्तरिक राजश्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् । दशैंका अवसरमा नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’ बाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका लागि छनोट भएको हो । काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत ...

कोजाग्रत पूर्णिमामा यस पटक कांग्रेसको चियापान कार्यक्रम नहुने
काठमाडौं।नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। देशका विभिन्न क्षेत्रमा बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्याएको र मुलुक शोकमा रहेकाले कार्यक्रम नगर्ने निर्णय गरिएको पार्टीले जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा भोटेकोसी र बूढीगण्डकीमा आएको बाढीबाट ठूलो क्षति भएको उल्लेख छ। विपद्का कारण जनधनको क्षति भएको तथा धेरै ...


