Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/तुइन र जिपलाइनको जोखिम हट्यो, ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल सञ्चालनमा

तुइन र जिपलाइनको जोखिम हट्यो, ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल सञ्चालनमा

10/18/2026, 10:49:49 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तुइन र जिपलाइनको जोखिम हट्यो, ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल सञ्चालनमा

गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि सास्ती खेपिरहेका स्थानीयवासीका लागि ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा ल्याइएको छ। पुलको पूर्ण निर्माण सम्पन्न हुन केही काम बाँकी रहे पनि स्थानीयको आवतजावत र दसैँ तिहारजस्ता चाडपर्वलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो। पक्की पुल बगेपछि सर्वसाधारणले तुइन र जिपलाइनको जोखिमपूर्ण सहारा लिँदै आएका थिए। नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार पुलको मुख्य वारपार गर्ने संरचना र लट्ठा जडानको काम सकिएकाले सञ्चालन गरिएको हो। दुवैतर्फका चार स्थानमा सहायक लट्ठा बाँध्नेलगायतका केही प्राविधिक काम भने क्रमशः पूरा गरिनेछ। पुल सञ्चालनमा आएसँगै विदुर नगरपालिकाका विभिन्न वडाका साथै किस्पाङ, म्यागङ गाउँपालिका, रसुवा र धादिङतर्फ आवतजावत गर्ने यात्रुलाई राहत मिलेको छ। साथै, त्रिशूली अस्पताल, नेपाल विद्युत् प्राधिकरण र स्थानीय विद्यालय पुग्न सहज हुनुका साथै बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका काममा तीव्रता आउने अपेक्षा गरिएको छ। ३ करोड १८ लाख रुपैयाँ अनुमानित लागत रहेको उक्त पुल निर्माणका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने अपुग रकम नुवाकोट निर्माण व्यवसायी सङ्घले व्यहोर्ने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने
OthersJust now

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देशमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको र शोकको अवस्था रहेकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो । नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार, भोटेकोसीमा आएको बाढीबाट ठूलो मानवीय क्षति हुनुका साथै पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको र बुढीगण्डकी क्षेत्रमा ...

पर्दाफास
३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
OthersJust now

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ

१ कात्तिक, काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् । दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो । काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार… ...

अनलाइन खबर
तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं
OthersJust now

तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

भूकम्प गएको झन्डै तीन वर्ष बित्न लाग्दासमेत निजी आवास पुनर्निर्माणले गति लिन नसक्दा जाजरकोट , रुकुम पश्चिम र सल्यानका भूकम्पपीडित यस वर्ष पनि अस्थायी टहरामै दशैं मनाउन बाध्य हुने भएका छन् । स्थानीय तहमा लाभग्राही कायम गर्ने, अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको रकम माग गर्ने प्रक्रिया अघि बढे पनि अधिकांश प्रभावित परिवारको स्थायी आवास निर्माण अझै चुनौतीपूर्ण बनेको छ। २०८० कात्तिक ...

पर्दाफास
दशैंको बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम, कात्तिक १७ र १८ गते सञ्चालन हुने
OthersJust now

दशैंको बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम, कात्तिक १७ र १८ गते सञ्चालन हुने

स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play