कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देशमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको र शोकको अवस्था रहेकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो । नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार, भोटेकोसीमा आएको बाढीबाट ठूलो मानवीय क्षति हुनुका साथै पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको र बुढीगण्डकी क्षेत्रमा आएको बाढीले समेत थप जनधनको क्षति पु¥याएको अवस्थामा यस वर्ष चियापान कार्यक्रम आयोजना नगरिने भएको हो । नेपाली कांग्रेसले २०३४ सालदेखि कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गर्दै आएको छ । राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्किएका बीपी कोइरालाले आपसी सौहार्दता अभिवृद्धि तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले २०३४ सालको कोजाग्रत पूर्णिमामा चियापान समारोह सुरु गरेका थिए । केही वर्ष विशेष कारणले कार्यक्रम आयोजना हुन नसके पनि त्यसयता कांग्रेसले यसलाई निरन्तरता दिँदै आएको छ । यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित रूपमा परिवारमा सीमित रहेर मनाउन आग्रह गरेका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

फ्रान्समा चर्कियो आन्दोलन, पेरिसदेखि लियोनसम्म आगजनी र तोडफोड
फ्रान्सको पेरिसमा आन्दोलन चर्किएको छ । शिक्षाको स्तर खस्किएको र महँगीको विरोधमा दिनहुँ आन्दोलन भइरहेको छ । प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घट्नाहरु भएका छन् । शनिबार पेरिसमा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको छ । लियोन सहरको एक पर्यटन कार्यालयमा आगजनी गरिएको छ । लिल र मार्सेली सहरमा प्रदर्शनकारीले नगरपालिका भवनहरूमा तोडफोड गरेका छन्। शनिबार दिनभर भएको प्रदर्शनका क्रममा देशभरबाट चारसय बढीलाई ...

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते
नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका विभिन्न प्रदेशमा भएका दुर्घटनाबाट मानवीय क्षति भएको हो । मिति २०८३ असोज ३१ गतेको विवरणअनुसार सबैभन्दा बढी घाइते बागमती प्रदेशमा भएका छन् । बागमती प्रदेशमा २० जना घाइते भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । त्यस्तै, ...

प्रियंका भन्छिन्, ‘बच्चालाई पढेर वा बोलेर सिकाउने होइन, बाँचेर सिकाउनुहोस्’
त्यसो त अभिनेत्री प्रियंका कार्की यतिबेला पारिवारिक जीवनमा बढी व्यस्त देखिन्छिन् । छोरीको जन्मपछि उनी अक्सर घर र परिवारसँग रमाइरहेको देखिन्छिन् । कहिले छोरीसँगै खेलिरहेको त कहिले घुमफिर गरिरहेकी देखिन्छिन् । सामाजिक सञ्जालमा उनको प्यारेन्टिङ शैली धेरैले रुचाएका पनि छन् । बालबच्चा कसरी हुर्काउने ? कसरी उनीहरूलाई सही दिशाबोध गराउने ? यस्तै सन्दर्भमा उनले बोलेका… ...

बूढीगण्डकी बाढी : ड्रोनबाट राहत वितरण
१ कात्तिक, गोरखा । बूढीगण्डकी बाढीपीडितका लागि गृहमन्त्री सुधन गुरुङले ल्याएको राहत सामग्री वितरणमा ड्रोन प्रयोग गरिएको छ । बाढीले बाटो बगाएसँगै ड्रोनबाट पीडितको घरघरमा राहत पुर्याइएको हो । गृहमन्त्री गुरुङ शनिवार राहत सामग्री लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत उत्तरी क्षेत्र पुगेका थिए । उनले ल्याएको राहत चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिममा राखिएको छ । सोही ठाउँबाट… ...


