Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

10/18/2026, 12:57:21 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

भूकम्प गएको झन्डै तीन वर्ष बित्न लाग्दासमेत निजी आवास पुनर्निर्माणले गति लिन नसक्दा जाजरकोट , रुकुम पश्चिम र सल्यानका भूकम्पपीडित यस वर्ष पनि अस्थायी टहरामै दशैं मनाउन बाध्य हुने भएका छन् । स्थानीय तहमा लाभग्राही कायम गर्ने, अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको रकम माग गर्ने प्रक्रिया अघि बढे पनि अधिकांश प्रभावित परिवारको स्थायी आवास निर्माण अझै चुनौतीपूर्ण बनेको छ। २०८० कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट , रुकुम पश्चिम र सल्यानका १७ पालिकामा क्षती बनाएको थियो । जाजरकोटमा केही काम सुरु भएपनि अन्य जिल्लामा काम नै सुरु भएको छैन । भेरीमा ३१८ लाभग्राही कायम, ५२ घरको किस्ता माग भेरी नगरपालिकामा भूकम्पबाट प्रभावित ३१८ जना लाभग्राही कायम भएका छन्। तीमध्ये ५२ घरका लागि पहिलो किस्ताको रकम माग गरिएको छ। लाभग्राही कायम गर्ने र अनुदान वितरणको प्रक्रिया अघि बढे पनि सबै प्रभावित परिवारले समयमै रकम पाउने तथा घर निर्माण सुरु गर्न सक्ने अवस्था बनिसकेको छैन। त्यस्तै, जुनीचाँदे गाउँपालिकामा १७८ जना लाभग्राहीसँग अनुदान सम्झौता भएको छ। नलगाड नगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका भूकम्पपीडितमध्ये ५०० भन्दा बढीको विवरण नगरपालिकामा पुगेको छ। उनीहरूको विवरण प्रमाणीकरण तथा अनुदान प्रक्रियाका आगामी चरण पूरा गर्नुपर्ने देखिएको छ। यी विवरणले पुनर्निर्माणका लागि प्रशासनिक प्रक्रिया अघि बढिरहेको देखाए पनि लाभग्राही कायम हुनु, सम्झौता हुनु, किस्ता माग गर्नु र रकम प्राप्त गरेर घर निर्माण सुरु हुनु फरक–फरक चरण हुन्। त्यसैले प्रक्रिया अघि बढेका सबै परिवारले घर निर्माण थालिसकेको अवस्था छैन। भेरी नगरपालिका–१ र २ का १८८ लाभग्राहीका लागि पहिलो किस्ताबापत प्रतिपरिवार ५० हजार रुपैयाँका दरले कुल ९४ लाख रुपैयाँ निकासा गरिएको छ । विस्तृत क्षति मूल्याङ्कनमै अल्झियो पुनर्निर्माण पुनर्निर्माणमा ढिलाइ हुनुको प्रमुख कारणमध्ये भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन (डिटेल ड्यामेज असेस्मेन्ट–डीडीए) को काम समयमै सम्पन्न नहुनुलाई लिइएको छ। विस्तृत क्षति मूल्याङ्कन, लाभग्राही पहिचान, विवरण प्रमाणीकरण र अनुदान सम्झौताको प्रक्रियामा समय लाग्दा प्रभावित परिवारले लामो समय कुर्नुपरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोटमा पुनर्निर्माणका लागि ४० हजारभन्दा बढी लाभग्राही कायम भएको जनाएका छन्। क्षतिको प्रकृतिअनुसार निजी घर पुनर्निर्माण तथा प्रबलीकरण गर्नुपर्ने भएकाले लाभग्राहीको विवरण प्रमाणीकरण र अनुदान वितरणको कामलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ। आर्थिक अवस्था कमजोर भएका परिवारले सरकारी अनुदानबिना घर निर्माण गर्न नसक्ने भएकाले अनुदान प्रक्रियामा भएको ढिलाइले उनीहरूको समस्या थप जटिल बनेको छ । कृषि, ज्याला मजदुरी र बालीघरे प्रथाबाट जीविकोपार्जन गर्ने परिवारका लागि घर निर्माण गर्न आवश्यक रकम जुटाउनु कठिन छ। भेरी नगरपालिका–१ का रावतगाउँ, कोल्चौर, मैदे, पिपे र रिम्ना तथा नलगाड नगरपालिका–१ का पाली, कल्पत र चिउरीगाउँलगायत बस्तीमा विपन्न परिवारको बसोबास छ। यहाँका धेरै परिवार भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका छन्। स्थायी घर निर्माण गर्न नसक्दा उनीहरूले मौसमअनुसारका जोखिमसँगै दैनिक जीवन गुजार्नुपरेको छ। स्थानीय तहलाई प्रक्रिया छिटो पूरा गर्न आग्रह प्रमुख जिल्ला अधिकारी नवराज बरालले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा सम्बन्धित निकायलाई पुनर्निर्माण प्रक्रिया छिटो अघि बढाउन पटकपटक ताकिता गरिएको बताए । स्थानीय तहले आवश्यक प्रक्रिया पूरा गरी लाभग्राहीको विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पठाएपछि रकम निकासा गर्ने प्रक्रिया अघि बढाइने उनको भनाइ छ। स्थानीय तहबाट विवरण र आवश्यक कागजात समयमै प्राप्त भएमा अनुदान वितरणलाई छिटो अघि बढाउन सकिने उनले बताए । अस्थायी टहरामै चाडपर्व मनाउनुपर्ने बाध्यता दशैं परिवारका सदस्य एकै ठाउँमा भेला हुने, दुःख बिर्सेर खुसी साटासाट गर्ने र घरपरिवारसँग समय बिताउने पर्व हो। तर, भूकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका परिवारका लागि चाडपर्वको खुसीसँगै सुरक्षित आवासको चिन्ता पनि जोडिएको नलगाड १ का नरबहादुर विकले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

फ्रान्समा चर्कियो आन्दोलन, पेरिसदेखि लियोनसम्म आगजनी र तोडफोड
OthersJust now

फ्रान्समा चर्कियो आन्दोलन, पेरिसदेखि लियोनसम्म आगजनी र तोडफोड

फ्रान्सको पेरिसमा आन्दोलन चर्किएको छ । शिक्षाको स्तर खस्किएको र महँगीको विरोधमा दिनहुँ आन्दोलन भइरहेको छ । प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घट्नाहरु भएका छन् । शनिबार पेरिसमा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको छ । लियोन सहरको एक पर्यटन कार्यालयमा आगजनी गरिएको छ । लिल र मार्सेली सहरमा प्रदर्शनकारीले नगरपालिका भवनहरूमा तोडफोड गरेका छन्। शनिबार दिनभर भएको प्रदर्शनका क्रममा देशभरबाट चारसय बढीलाई ...

पर्दाफास
२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते
OthersJust now

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका विभिन्न प्रदेशमा भएका दुर्घटनाबाट मानवीय क्षति भएको हो । मिति २०८३ असोज ३१ गतेको विवरणअनुसार सबैभन्दा बढी घाइते बागमती प्रदेशमा भएका छन् । बागमती प्रदेशमा २० जना घाइते भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । त्यस्तै, ...

पर्दाफास
प्रियंका भन्छिन्, ‘बच्चालाई पढेर वा बोलेर सिकाउने होइन, बाँचेर सिकाउनुहोस्’
OthersJust now

प्रियंका भन्छिन्, ‘बच्चालाई पढेर वा बोलेर सिकाउने होइन, बाँचेर सिकाउनुहोस्’

त्यसो त अभिनेत्री प्रियंका कार्की यतिबेला पारिवारिक जीवनमा बढी व्यस्त देखिन्छिन् । छोरीको जन्मपछि उनी अक्सर घर र परिवारसँग रमाइरहेको देखिन्छिन् । कहिले छोरीसँगै खेलिरहेको त कहिले घुमफिर गरिरहेकी देखिन्छिन् । सामाजिक सञ्जालमा उनको प्यारेन्टिङ शैली धेरैले रुचाएका पनि छन् । बालबच्चा कसरी हुर्काउने ? कसरी उनीहरूलाई सही दिशाबोध गराउने ? यस्तै सन्दर्भमा उनले बोलेका… ...

अनलाइन खबर
बूढीगण्डकी बाढी : ड्रोनबाट राहत वितरण
OthersJust now

बूढीगण्डकी बाढी : ड्रोनबाट राहत वितरण

१ कात्तिक, गोरखा । बूढीगण्डकी बाढीपीडितका लागि गृहमन्त्री सुधन गुरुङले ल्याएको राहत सामग्री वितरणमा ड्रोन प्रयोग गरिएको छ । बाढीले बाटो बगाएसँगै ड्रोनबाट पीडितको घरघरमा राहत पुर्‍याइएको हो । गृहमन्त्री गुरुङ शनिवार राहत सामग्री लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत उत्तरी क्षेत्र पुगेका थिए । उनले ल्याएको राहत चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिममा राखिएको छ । सोही ठाउँबाट… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play