नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार जारी खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले पहिले ब्याटिङ गर्दै १७४ रन बनाएको हो । विराटनगरको इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाएका छन् । तीन खेलाडीको अर्धशतकीय प्रदर्शन विराटनगरको इनिङ्सको मुख्य आकर्षण बन्यो । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए...
तीन खेलाडीको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

Read Complete Original Article
Published originally on फरकधार





