Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
Photo / Coverage: नेपालन्युज

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै लगानी बढाउने बताएका छन्। नेपाल नेत्रज्योति संघले आज लमहीमा आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कार्बन उत्सर्जनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले आँखा उपचार सेवाको पहुँच सबै नागरिकसम्म पुर्‍याउन प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताए। संघले तयार पारेको पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा पनि प्रदेश सरकारले प्राथमिकता दिने उनको भनाइ थियो। संघको अध्ययनअनुसार लुम्बिनी प्रदेशमा ५० वर्ष वा सोभन्दा माथिका १३ हजार ९४ जना अन्धोपनबाट प्रभावित छन्। यस उमेर समूहमा दुवै आँखाको अन्धोपनको दर १.७ प्रतिशत छ। त्यस्तै, ६-१२ भन्दा कम दृश्य तीक्ष्णता भएका दुई लाख सात हजार ९५७ जना रहेका छन्। अध्ययनले विशेष गरी ग्रामीण तथा विपन्न समुदायमा आँखा उपचार सेवाको पहुँच असमान रहेको, दक्ष जनशक्तिको अभाव रहेको तथा उपचारपछिको अनुगमन प्रणाली कमजोर रहेको औंल्याएको छ। लुम्बिनी प्रदेशका पाँच र कर्णाली प्रदेशको एक गरी ६ वटा अस्पतालमा गरिएको कार्बन उत्सर्जनसम्बन्धी अध्ययनले अस्पताललाई वातावरणमैत्री बनाउन बायोग्यास, इन्डक्सन र सौर्य ऊर्जाको प्रयोग बढाउन सुझाव दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फिल्मको असफलतापछि दीपकराज गिरी : धेरै साथीभाइको मुहारमा खुसी छाएको हुनुपर्छ
Latest NewsJust now

फिल्मको असफलतापछि दीपकराज गिरी : धेरै साथीभाइको मुहारमा खुसी छाएको हुनुपर्छ

काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले यस पटक दसैँमा ल्याएको फिल्म ‘छ माया छपक्कै २’बाट भनेजस्तो सफलता प्राप्त गर्न सकेनन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले फिल्मको... ...

रातोपाटी
मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट
Latest NewsJust now

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ।गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि संघ र प्रदेशले रणनीतिक महत्त्वको सडकका रुपमा बेग्ला–बेग्लै शीर्षकमा बजेट विनियोजन गरेका हुन्। हाल काम चलाउका रुपमा त्यस क्षेत्रमा सडक जोडिएको भए पनि उक्त क्षेत्रमा सहज रुपमा यातायात सञ्चालन हुन सकेको छैन। मुस्ताङको ...

नेपालन्युज
रोमाञ्चक खेलमा जनकपुरलाई २ रनले हराउँदै विराटनगरको दोस्रो जित
Latest NewsJust now

रोमाञ्चक खेलमा जनकपुरलाई २ रनले हराउँदै विराटनगरको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा १७२ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरसम्म ...

फरकधार
फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन सुरु
Latest NewsJust now

फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन सुरु

काठमाण्डु– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ । क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ । ‘दुर्घटनामा परी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play