Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

न्यायाधीशमाथि महाभियोगबारे रास्वपाले विपक्षीसँग पनि छलफल गर्नुपर्ने काँग्रेसको भनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायाधीशमाथि महाभियोगबारे रास्वपाले विपक्षीसँग पनि छलफल गर्नुपर्ने काँग्रेसको भनाइ
Photo / Coverage: टक्सार

काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सर्वोच्च अदालतका विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपक्षी दलहरूसँग समेत परामर्श गर्नुपर्ने बताए । मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस विषयमा रास्वपाले अहिलेसम्म औपचारिक संवाद अघि बढाएको जानकारी आफूलाई नभएको बताए । महाभियोगको विषयमा सबैभन्दा पहिले सत्तापक्षले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । सत्तापक्षले विषयलाई स्पष्ट रूपमा अघि बढाएपछि राजनीतिक दलहरूबीच संवाद र सहमतिका आधारमा निकास खोज्न सकिने आङ्देम्बेले बताए। यस्तै, नेकपा एमालेकी उपनेता पद्मा अर्यालले सर्वोच्च अदालतका न्यायाधीशसँग जोडिएका समाचार सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताए छ । तर सार्वजनिक भएका विषयले न्यायालयप्रतिको जनविश्वासमा असर पार्न सक्ने भएकाले निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको उनको भनाइ छ । अर्यालले न्याय परिषद्, सर्वोच्च अदालतको पूर्ण बैठक ९फुलकोर्ट० वा संसद्को समितिमार्फत घटनाको छानबिन गर्न सकिने बताए । महाभियोग प्रस्ताव संसद्मा दर्ता भएको अवस्थामा सभामुखले कार्यव्यवस्था परामर्श समितिसँगको परामर्शमा ११ सदस्यीय छानबिन समिति गठन गर्न सक्ने व्यवस्था रहेको उनले जानकारी दिए । न्यायालयमा अनियमितता भएको तथ्य पुष्टि भए त्यसले जनताको न्यायालयप्रतिको विश्वासमा गम्भीर असर पार्ने भन्दै उहाँले समाचारका आधारमा मात्रै निष्कर्षमा पुग्न नहुने धारणा राखे । पक्राउ परेका बिचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्पर्क रहेको विषय सार्वजनिक भएपछि महाभियोगको चर्चा सुरु भएको हो । यद्यपि, यस विषयमा बहुमतको सरकार सञ्चालन गरिरहेको रास्वपाले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फिल्मको असफलतापछि दीपकराज गिरी : धेरै साथीभाइको मुहारमा खुसी छाएको हुनुपर्छ
Latest NewsJust now

फिल्मको असफलतापछि दीपकराज गिरी : धेरै साथीभाइको मुहारमा खुसी छाएको हुनुपर्छ

काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले यस पटक दसैँमा ल्याएको फिल्म ‘छ माया छपक्कै २’बाट भनेजस्तो सफलता प्राप्त गर्न सकेनन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले फिल्मको... ...

रातोपाटी
मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट
Latest NewsJust now

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ।गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि संघ र प्रदेशले रणनीतिक महत्त्वको सडकका रुपमा बेग्ला–बेग्लै शीर्षकमा बजेट विनियोजन गरेका हुन्। हाल काम चलाउका रुपमा त्यस क्षेत्रमा सडक जोडिएको भए पनि उक्त क्षेत्रमा सहज रुपमा यातायात सञ्चालन हुन सकेको छैन। मुस्ताङको ...

नेपालन्युज
रोमाञ्चक खेलमा जनकपुरलाई २ रनले हराउँदै विराटनगरको दोस्रो जित
Latest NewsJust now

रोमाञ्चक खेलमा जनकपुरलाई २ रनले हराउँदै विराटनगरको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा १७२ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरसम्म ...

फरकधार
फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन सुरु
Latest NewsJust now

फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन सुरु

काठमाण्डु– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ । क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ । ‘दुर्घटनामा परी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play