Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

शेयर बजारमा सुधार, कारोबार रकम घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
शेयर बजारमा सुधार, कारोबार रकम घट्यो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । बजार खुलेबाट ओरालो लागेको सेयर बजार अन्तिम समयमा बढेको छ । मंगलबार नेप्से सूचक ६.६२ अंकले बढेर २६६४.१३ अंकमा आइपुगेको हो । यो दिन लगानीकर्ताले लगानी खुम्च्याएर पाँच अर्ब ६५ करोडको मात्रै कारोबार गरेका छन् । गत साता अधिकतम आठ अर्ब ८२ करोडसम्मको कारोबार गरेका लगानीकर्ताले सोमबार घटाएर सात अर्ब १५ करोडको कारोबार गरेका थिए । मंगलबार पुनः घटाएर करिब पाँच अर्बमा झारेका हुन् । यो दिन सूचक सामान्य अंकले बढ्दा कारोबारमा आएका कम्पनीमध्ये १४३ वटाको मूल्य बढेको छ भने १२२ वटाको मूल्य घटेको छ । बाँकी १४ वटाको मूल्य स्थिर रह्यो । यो दिन शिखर पावर डेभलपमेन्टको सेयर सर्वाधिक ५.९४ प्रतिशतले बढेको छ । बेनी हाइड्रोपावर ५.०४ प्रतिशतको सेयर भने सर्वाधिक घट्नेमा रह्यो । यस्तै, आज लगानीकर्ताले ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै कारोबार गरेका हुन् । यो कम्पनीको कुल २३ करोडको कारोबार भएको हो । The post शेयर बजारमा सुधार, कारोबार रकम घट्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फिल्मको असफलतापछि दीपकराज गिरी : धेरै साथीभाइको मुहारमा खुसी छाएको हुनुपर्छ
Latest NewsJust now

फिल्मको असफलतापछि दीपकराज गिरी : धेरै साथीभाइको मुहारमा खुसी छाएको हुनुपर्छ

काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले यस पटक दसैँमा ल्याएको फिल्म ‘छ माया छपक्कै २’बाट भनेजस्तो सफलता प्राप्त गर्न सकेनन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले फिल्मको... ...

रातोपाटी
मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट
Latest NewsJust now

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ।गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि संघ र प्रदेशले रणनीतिक महत्त्वको सडकका रुपमा बेग्ला–बेग्लै शीर्षकमा बजेट विनियोजन गरेका हुन्। हाल काम चलाउका रुपमा त्यस क्षेत्रमा सडक जोडिएको भए पनि उक्त क्षेत्रमा सहज रुपमा यातायात सञ्चालन हुन सकेको छैन। मुस्ताङको ...

नेपालन्युज
रोमाञ्चक खेलमा जनकपुरलाई २ रनले हराउँदै विराटनगरको दोस्रो जित
Latest NewsJust now

रोमाञ्चक खेलमा जनकपुरलाई २ रनले हराउँदै विराटनगरको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा १७२ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरसम्म ...

फरकधार
फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन सुरु
Latest NewsJust now

फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन सुरु

काठमाण्डु– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ । क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ । ‘दुर्घटनामा परी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play