काठमाडौं । द ब्रिटिश कलेज (टीबीसी) काे भगिनी संस्था तथा एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की एसीसीए विद्यार्थी सहारा मघियाले सेप्टेम्बर २०२६ को परीक्षामा कर प्रणालीविषयमा विश्वभरबाट तेस्रो स्थान हासिल गरेकी छन्। यो साहाराको पहिलो अन्तर्राष्ट्रिय सफलता भने होइन। जुन २०२६ को परीक्षामा उनले पर्फर्मेन्स म्यानेजमेन्ट विषयमा नेपालमै प्रथम र विश्वमा आठौँ स्थान हासिल गरेकी थिइन्। लगातार दुई परीक्षा सत्रमा दुई फरक विषयमा विश्वस्तरीय स्थान हासिल गर्नु उनको निरन्तर मेहनत, अनुशासन र विषयमाथिको गहिरो पकडको प्रमाण हो। अन्य विषयमा पनि उनको नतिजा उत्तिकै उत्कृष्ट छ। फाइनान्सियल अकाउन्टिङमा ९४ प्रतिशत, म्यानेजमेन्ट अकाउन्टिङमा ८१ प्रतिशत र बिजनेस एन्ड टेक्नोलोजीमा ७८ प्रतिशत अङ्क प्राप्त गरेकी छन्। साहारा मघिया भन्छिन्, “यी नतिजा मेरा लागि निकै विशेष छन्। यो निरन्तर मेहनत, लगनशीलता र कठिन समयमा पनि हार नमानेको परिणाम हो। मेरो अध्ययन यात्रामा साथ, मार्गदर्शन र हौसला दिनुहुने शिक्षक, मेन्टर तथा सम्पूर्ण बीपीसी परिवारप्रति म आभारी छु। यो मेरो यात्राको एउटा महत्त्वपूर्ण पडाव हो, र यसले मलाई अझ उच्च लक्ष्य राख्न प्रेरित गरेको छ।” यस उपलब्धिबारे बीपीसीका प्रोफेसनल एजुकेसनका प्रमुख दीपेन्द्र के. श्रेष्ठ भन्छन्, “सहाराको यो नतिजा उनको लगनशीलता, अनुशासन र निरन्तर मेहनतको प्रतिफल हो। लगातार दुई परीक्षा सत्रमा विश्वस्तरमा उत्कृष्ट स्थान हासिल गर्नु वास्तवमै असाधारण उपलब्धि हो। एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनरका रूपमा बीपीसी विद्यार्थीहरूलाई उनीहरूको लक्ष्य हासिल गर्न आवश्यक गुणस्तरीय व्यावसायिक शिक्षा, दक्ष शैक्षिक मार्गदर्शन र उपयुक्त सिकाइ वातावरण प्रदान गर्न प्रतिबद्ध छ। सहाराको उपलब्धिले हामीलाई गौरवान्वित बनाएको छ। उनको सफलताले अन्य विद्यार्थीहरूलाई पनि उच्च लक्ष्य निर्धारण गर्दै एसीसीए अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने विश्वास लिएका छौँ।” ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी), द ब्रिटिश कलेज (टीबीसी) को भगिनी संस्था हो। यो एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स को प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर हो, जुन एसीसीएको अप्रुभ्ड लर्निङ पार्टनर मान्यताअन्तर्गतको सर्वोच्च तह हो। बीपीसी अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त व्यावसायिक योग्यताहरू हासिल गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय व्यावसायिक शिक्षा, शैक्षिक सहयोग तथा मार्गदर्शन प्रदान गर्न समर्पित छ।
एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






