Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। तिहारको उल्लास, देउसी–भैलो र मिठासपूर्ण परिकारको तयारीलाई थप सहज बनाउन सिजी इलेक्ट्रोनिक्सले आफ्ना अत्याधुनिक माइक्रोवेभ ओभनलाई विशेष रूपमा प्रवर्द्धन गरेको छ। खाना तताउने काममा मात्र सीमित नभई विभिन्न परिकार पकाउन, बेकिङ गर्न र ग्रिलिङ गर्नसमेत उपयोगी यी ओभनले चाडपर्वको भान्सालाई सहज र आधुनिक बनाउने कम्पनीको विश्वास छ। तिहारमा भाइटीकाका लागि तयार गरिने भाइ मसला, मिठाई तथा अन्य परिकारहरू अब सिजी माइक्रोवेभ ओभनको प्रयोगबाट घरमै छिटो र सजिलै बनाउन सकिने कम्पनीले जनाएको छ। ओभनमा काजु, बदाम, पिस्ता र ओखरजस्ता भाइ मसलालाई केही मिनेटमै क्रिस्पी हुने गरी रोस्ट गर्न सकिन्छ। त्यस्तै, बेसनको लड्डु, पेडा, बर्फी, सुजीको हलवा तथा चकलेटजस्ता मिठाई पनि घरमै तयार गर्न सकिन्छ। बजारमा पाइने मिठाईको विकल्पमा आफ्नै स्वाद र गुणस्तरअनुसार परिकार बनाउन चाहनेका लागि यो उपयोगी हुने कम्पनीको भनाइ छ। त्यसैगरी, ओभनमा उपलब्ध कन्भेक्सन र ग्रिल फिचरले केक, कुकिज बेकिङ गर्न तथा पनिर र मासुका विभिन्न परिकार ग्रिल गर्न सहयोग पुर्‍याउँछ। अघिल्लो दिन तयार गरिएका सेलरोटी, फिनी र अनरसा जस्ता परिकारलाई पुनः तताएर स्वाद र ताजापन कायम राख्न पनि माइक्रोवेभ ओभन उपयोगी हुने बताइएको छ। ग्राहकको आवश्यकता र परिवारको आकारलाई ध्यानमा राख्दै सिजीले हाल बजारमा २० देखि ३५ लिटरसम्म क्षमताका ६ मोडलका माइक्रोवेभ ओभन उपलब्ध गराएको छ। यीमध्ये दुई मोडल प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ अन्तर्गत र बाँकी चार मोडल सिजी ब्रान्डअन्तर्गत रहेका छन्। कम्पनीका अनुसार सोलो, ग्रिल र कन्भेक्सन प्रकारका यी ओभनमा रहेको ‘अटो कुक मेनु’ सुविधाले परिकारअनुसार समय र तापक्रम मिलाउन सहयोग गर्छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका उत्पादन देशभर रहेका २२ वटा अत्याधुनिक सिजी डिजिटल शोरुम, आधिकारिक वेबसाइट www.cgdigital.com.np र www.cginspiringlife.com तथा आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ। बिक्रीपछिको सेवालाई थप सहज र प्रभावकारी बनाउन कम्पनीले ‘CG Cares’ एप सञ्चालनमा ल्याएको छ। उक्त एप र देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत ग्राहकलाई आवश्यक सेवा उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ। सिजीका उत्पादन तथा सेवासम्बन्धी थप जानकारीका लागि ग्राहकले टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सक्नेछन्। साथै, प्लेस्टोर वा एपस्टोरबाट ‘CG Cares’ एप डाउनलोड गर्न सकिनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सभापति पक्राउको हल्ला सत्तापक्षबाटै चलाइएको कांग्रेसको निष्कर्ष
Latest NewsJust now

सभापति पक्राउको हल्ला सत्तापक्षबाटै चलाइएको कांग्रेसको निष्कर्ष

काठमाडौँ। नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई पक्राउ गर्न लागिएको भन्ने चर्चा पूर्णतः निराधार भएको ठहर गर्दै यस किसिमका भ्रम सत्तापक्षबाटै नियोजित रूपमा फैलाइएको आरोप लगाएको छ। पार्टी पदाधिकारीहरूको अनौपचारिक बैठकपछि... ...

रातोपाटी
उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता
Latest NewsJust now

उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

• उपराष्ट्रपति रामसहाय प्रसाद यादव र बेलायती राजदूत रब फेनबीच द्विपक्षीय सम्बन्ध र साझा चासोका विषयमा सकारात्मक संवाद भएको छ। • उपराष्ट्रपति यादवले नेपाल र बेलायतबीचको परम्परागत मित्रता र सहयोगको महत्त्वलाई जोड दिएका छन्, विशेष गरी ब्रिटिश गोर्खा सम्बन्धलाई। • बेलायतले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गरेको छ र जलवायु परिवर्तनको विषयमा नेपालले अघि सारेको एजेन्डालाई ...

नेपालबहस
सेयर कारोबारी दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
Latest NewsJust now

सेयर कारोबारी दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार आफ्नै निवासबाट पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतको आदेशपछि उनले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । पक्राउपछि अग्रवाललाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो । ...

केन्द्रबिन्दु
तिहारलक्षित सुरक्षाका लागि उपत्यकामा ८ हजार प्रहरी परिचालन, ड्रोनबाट समेत निगरानी
Latest NewsJust now

तिहारलक्षित सुरक्षाका लागि उपत्यकामा ८ हजार प्रहरी परिचालन, ड्रोनबाट समेत निगरानी

काठमाडौं । दसैँ, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा करिब ८ हजार प्रहरी परिचालन गरिएको छ । चाडपर्वका बेला चोरी, लुटपाट, डकैती, जुवातास, सट्टेबाजी तथा लागुऔषध र विस्फोटक पदार्थको अवैध कारोबार बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौं, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा योजना लागू गरिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाका अनुसार चाडपर्वका समयमा नागरिकको आवतजावतसँगै ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play