डा. सुनील शर्माले चेपाङकी छोरीलाई निःशुल्क आईटी शिक्षा र रोजगारीकाे गरे व्यवस्था

काठमाडाैं । छोरीलाई उच्च शिक्षा पढाएर सक्षम बनाउने रहर थियो। तर, मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्ण चेपाङसँग छोरीको सपना पूरा गर्ने आर्थिक सामर्थ्य थिएन। चार सन्तानको भविष्यको चिन्ताले पिरोलिएका उनलाई कान्छी छोरी सीमाना चेपाङको पढाइ बीचमै रोकिने हो कि भन्ने चिन्ता थियो। यही कठिन परिस्थितिमा नेपाली कांग्रेसका नेता डा. सुनील कुमार शर्मासँग भएको भेटले सीमानाको भविष्यका लागि नयाँ ढोका खोलिदिएको छ। पार्टीका तल्लो तहका नेता तथा कार्यकर्तासँग सम्बन्ध स्थापित गर्ने उद्देश्यले ‘ग्राउन्ड जिरो’ अभियानअन्तर्गत जिल्ला दौडाहामा रहेका डा. शर्मा मकवानपुर पुगेका बेला राक्सिराङ गाउँपालिका–८ का रामकृष्णसँग उनको भेट भयो। कुराकानीका क्रममा रामकृष्णले आर्थिक अवस्थाका कारण कान्छी छोरीलाई आईटी विषयमा उच्च शिक्षा पढाउन नसक्ने आफ्नो बाध्यता सुनाए। उनको कुरा सुनेपछि शर्माले सीमानालाई काठमाडौं ल्याएर पढाउने जिम्मेवारी लिने बताए। ‘डा. शर्मा काठमाडौंलबाट मकवानपुर आउनुभएको रहेछ। उहाँलाई भेट्ने मेरो धेरै पहिलेदेखिको इच्छा थियो। भगवान्ले आज भेट्ने मौका जुराइदिनुभयो,’ रामकृष्णले भने, ‘म गरिब परिवारको मान्छे हुँ। छोरीलाई आईटी पढाउने अवस्था थिएन। उहाँले छोरी पढाउने जिम्मा लिइदिनुभयो।’ शर्माले रामकृष्ण र सीमानालाई प्रत्यक्ष भेटेरै काठमाडौंमा आईटी तथा एआई विषयमा स्नातक तहको अध्ययन गर्ने व्यवस्था मिलाउने जानकारी दिए। टेक्सास कलेजमा अध्ययनको अवसर जुटाइदिने बताउँदै उनले भने, ‘सीमाना, हामी तपाईंलाई काठमाडौं लिएर जाँदैछौँ। टेक्सास कलेजमा आईटी पढ्नुहुन्छ। त्यहाँका प्रिन्सिपल भेषराज पोख्रेल मेरा गाउँले साथी पनि हुनुहुन्छ। तपाईंले आईटी र एआईमा स्नातक गर्नुहुन्छ।’ अचानक खुलेको अवसरले सीमाना निकै खुसी भइन्। ‘एकदमै खुसी र रमाइलो लागिरहेको छ, धेरै धेरै धन्यवाद,’ उनले भनिन्। सीमानाको पढाइको व्यवस्था मिलाउने प्रतिबद्धतासँगै शर्माले उनलाई आत्मनिर्भर बन्ने बाटोसमेत देखाएका छन्। उनका अनुसार टेक्सास कलेजमा पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ। करिब १० लाख २० हजार रुपैयाँ लाग्ने अध्ययन खर्चमध्ये सात लाख रुपैयाँ कलेजले बेहोर्ने र बाँकी तीन लाख २० हजार रुपैयाँ आफूहरूले व्यवस्था मिलाउने उनले बताए। पढाइसँगै काठमाडौं मेडिकल कलेजमा रोजगारीको व्यवस्था मिलाउने जिम्मेवारी पनि शर्माले लिएका छन्। ‘चार वर्षमा तपाईं आईटीको विशेषज्ञ बन्नुहुन्छ। अब जागिर खाँदै पढ्ने है त,’ शर्माले सीमानालाई हौसला दिँदै भने, ‘आईटी पढ्ने र स्नातकोत्तर गर्ने अनि आफूजस्तै आर्थिक कठिनाइमा रहेका बालबालिकाको भविष्य उज्यालो बनाउने।’ उनले आफ्नो भविष्य निर्माणसँगै अरू बालबालिकाको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउने सोच राख्न सीमानालाई सुझाए। मिर्गौला प्रत्यारोपणपछि आफ्नै उपचार र परिवारको जिम्मेवारी सम्हालिरहेका रामकृष्णका लागि छोरीको पढाइ र रोजगारीको व्यवस्था हुने खबर ठूलो राहत बनेको छ। आर्थिक बाध्यताले सीमित बनाएको सीमानाको सपनाले अब काठमाडौंमा नयाँ अवसर पाउने भएको छ। स्वास्थ्य र शिक्षालाई सामाजिक सेवासँग जोड्दै आएका शर्माले आफ्नो स्वामित्वमा रहेका काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, विपन्न तथा दलित परिवारका एक हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराएर चिकित्सक तथा स्वास्थ्य प्राविधिक बन्न सहयोग गरेको बताइएको छ। सीमान्तकृत सन्थाल समुदायका दिनेश हास्दा र दलित समुदायका ओमप्रकाश विश्वकर्मा पनि उनको सहयोगमा अध्ययन गरेर चिकित्सक बनेका हुन्। सीमानाको कथा आर्थिक कठिनाइका बीच पनि ठूलो सपना देख्ने युवतीको संघर्षसँग जोडिएको छ। छात्रवृत्ति, रोजगारी र अध्ययनको अवसरले उनको यात्रा सहज बनाउन सक्छ। अब त्यो अवसरलाई उपलब्धिमा बदल्ने आधार भने उनको मिहिनेत, लगनशीलता र सिक्ने इच्छाशक्ति बन्नेछ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

विदेशमा ‘जलाकी’को माग
काठमाडौं । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जलाकी’को गीत ‘चाँदी जलप’ दर्शकमाझ लोकप्रिय बनेसँगै विदेशमा समेत माग बढ्न थालेको छ । दुई महिनाअघि युट्युबमा सार्वजनिक भएको गीतलाई झन्डै ६० लाख पटक हेरिएको छ भने यसै गीतमा आधारित १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् । गीतको लोकप्रियतासँगै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री हुने क्रम अघिबढेको छ । चलचित्रको ...

भ्रातृप्रेममा ‘पाँच पाण्डव’को ‘दाजुभाइजस्ता हुँदैनन् अरू’
काठमाडौं । यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’को पहिलो गीत ‘दाजुभाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको छ । दाजुभाइबीचको आत्मीयता, प्रेम र मिलनको भाव समेटिएको गीतमा सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर छ । गीतमा अर्जुन पोखरेलको संगीत र डा.कृष्णहरि बरालको शब्द रचना छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका पाँच मुख्य कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु ...

‘कबड्डी ५’को आक्रमक व्यापार
काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘कबड्डी ५’ ले प्रदर्शनको पाँचौं दिनसम्ममा घरेलु बक्स अफिसमा सात करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । आइतबारसम्म पाँच करोड रुपैयाँभन्दा बढी कमाइ गरेको यस चलचित्रले मंगलबारसम्म आइपुग्दा सात करोडको आँकडा पार गरेको हो । चलचित्रका निर्माता मणिराम पोखरेलले मंगलबारसम्म ‘कबड्डी ५’ ले देशभरबाट सात करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको जानकारी ...

जलाशययुक्त आयोजनामा लगानी गर्न आह्वान
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत् आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन २०२६ तथा ‘ट्रेड सो’ मा सहभागी उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडासँग बाँध इञ्जिनियरिङ, जलाशययुक्त आयोजना, जलविद्युत् प्रविधि र जलवायु उत्थानशील पूर्वाधार विकासमा ...


