जेलमा बस्दा गरेको भाकल पुरा गर्न तीर्थ हिँडेको हुँ : रवि लामिछाने

कञ्चनपुर, कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो तीनदिने भारत भ्रमण तीर्थयात्रा भएको बताउँदै यसलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको छ । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्कनु भएका उहाँले भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि भएको स्पष्ट पार्नुभयो । शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछाने त्यहाँबाट सडकमार्ग हुँदै कञ्चनपुरको गड्डाचौकी नाका पुग्नुभएको थिए । गड्डाचौकीबाट उहाँ भारततर्फ प्रस्थान गर्नु भएको छ । ‘यो मेरो विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण हो, म कारागारमा हुँदा नै एउटा भाकल गरिएको थियो, त्यसैलाई पूरा गर्न परिवारसहित जान लागेको हुँ´, लामिछानेले भन्नुभयो । भारत प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफ्नो भ्रमणमा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताउनुभयो । व्यक्तिगत विषयलाई राजनीतिक घटनाक्रमसँग जोडेर अनावश्यक बहस नगर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘कुनै राजनीतिक भेटघाट छैन, कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएको हुनाले कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ, त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु ।’ लामिछानेले व्यक्तिगत जीवन र राजनीतिक भूमिकालाई फरक रूपमा बुझिदिन आग्रह गर्दै आफ्नो भ्रमणलाई राजनीतिक अर्थ नलगाउन आग्रह गर्नु भएको छ । तीनदिने भारत भ्रमणमा पत्नी निकितासहित निस्कनु भएका लामिछानेको भ्रमणलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहँदा उहाँले भ्रमणको उद्देश्य व्यक्तिगत रहेको बताउनुभएकाे छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

अबेरसम्म निद्रा नलागे शरीरका यी ५ ठाउँमा हल्का दबाब दिएर लिन सकिन्छ लाभ
राति ओछ्यानमा पल्टिएपछि लामो समयसम्म निद्रा नलाग्ने, मनमा अनेक कुरा खेलिरहने वा पटक–पटक निद्रा खुल्ने समस्या छ ? यस्तो अवस्थामा कतिपयले औषधिको सट्टा शरीरका निश्चित विन्दुमा दबाब दिएर आराम महसुस गर्ने विधि अपनाउँछन् । एक्युप्रेसर भनिने यो विधि परम्परागत चिनियाँ चिकित्सा पद्धतिमा प्रयोग हुँदै आएको छ । नाडी, निधार, कानको पछाडिको भाग र पैतालालगायत शरीरका केही विन्दुमा हल्का दबाब दिँदा निद्राको गुणस्तर ...

धार्मिक भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारतमा
निराजन परियारचौमाला (कैलाली), कात्तिक ६ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने व्यक्तिगत तथा धार्मिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । कार... ...

कुन जुसले के फाइदा गर्छ, सुन्तलादेखि चुकन्दरको जुससम्म स्वास्थ्यका लागि कति उपयोगी ?
बिहान उठ्नेबित्तिकै एक गिलास जुस पिउने बानी धेरैको छ । कसैले रोग प्रतिरोधात्मक क्षमता बढाउन सुन्तलाको जुस रोज्छन्, कसैलाई आँखाको स्वास्थ्यका लागि गाजरको जुस मन पर्छ भने कसैले रक्तचाप नियन्त्रणमा सहयोग पुग्ने आशामा चुकन्दरको जुस पिउँछन् । फलफूल तथा तरकारीबाट तयार गरिने जुसमा भिटामिन, खनिज र एन्टिअक्सिडेन्टजस्ता पोषक तत्त्व पाइन्छन् । यी तत्त्वले शरीरका विभिन्न जैविक प्रक्रियालाई सहयोग गर्छन् । तर ...

ओस्लोको बन्द कोठामा जेलेन्स्कीमाथि दुर्व्यवहार, अमेरिकी अधिकारीहरूले बेस्सरी हप्काए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू देशका नेतामाथि सार्वजनिक रूपमा आलोचना गर्ने, तर आफूविरुद्ध प्रश्न उठ्दा त्यसलाई सहज रूपमा नलिने गरेको आरोपबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि अमेरिकी प्रशासनको दबाब सामना गर्नुपरेको छ । ‘द न्युयोर्क टाइम्स’मा प्रकाशित समाचारअनुसार, नर्वेको राजधानी ओस्लोमा भएको बन्द कोठाको बैठकमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुस्नरले जेलेन्स्कीलाई ट्रम्पप्रति व्यक्त गरेका प्रतिक्रियाबारे प्रश्न ...


