जेनजी अभियान्ता रवि किरण भन्छन्- सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु लोकतन्त्रमाथिको प्रहार

जेनजी अभियान्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै यस्तो अराजकीय व्यवहार तत्काल बन्द गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सत्ता आलोचनादेखि डराएर प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु लोकतन्त्रविरुद्धको कदम भएको बताएका छन् । उनले राज्यका सम्पूर्ण संयन्त्र—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत बिचौलियाको चङ्गुलमा फस्ने, लुटतन्त्रको साम्राज्य खडा हुने र गुण्डराज चल्ने अवस्था सिर्जना हुँदा त्यसविरुद्ध सत्य उजागर गर्ने पत्रकारलाई नै दबाउने प्रवृत्ति गम्भीर निरंकुशता र अराजकताको पराकाष्ठा भएको टिप्पणी गरेका छन्। ‘पत्रकारको कलम तर्साएर सत्यलाई कैद गर्न सकिँदैन,’ हमालले भनेका छन् । उनले लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रतामाथि हमला हुँदा मौन नबस्नसमेत नागरिकलाई आह्वान गरेका छन् । ‘विनाशकाले विपरीत बुद्धि’ भन्दै आफ्नो धारणा सुरु गरेका हमालले प्रेस स्वतन्त्रताको रक्षा लोकतन्त्र र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षासँग जोडिएको बताएका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई रु १२ करोडभन्दा बढी आर्थिक हानी पुर्याइ गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी०ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा सङ्लग्न रहेको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा झासहित जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर ...

स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुँदैन : कांग्रेस सहमहामन्त्री शिवाकोटी
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललगायत पत्रकारलाई पक्राउ गर्ने र नयाँ पत्रिका, दियोपोस्टलगायत सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी धरपकड गर्ने सरकारको कदमप्रति आपत्ति जनाएका छन् । उनले लोकतन्त्रमा सरकार तथा राज्यका निकायमाथि प्रश्न ...

रिहाइपछि पत्रकार सुवेदीले भने– ‘प्रहरीप्रतिको पुरानो विश्वासमा धक्का पुगेको छ’
सोधपुछका लागि भनेर नेपाल प्रेसको कार्यालयबाट सादा पहिरनमा रहेका प्रहरीले लिएर गएका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् । रिहाइपछि सुवेदीले प्रहरी प्रशासनप्रतिको आफ्नो पुरानो विश्वासमा धक्का पुगेको बताएका छन् । उनले आफूले सधैँ प्रहरी प्रशासनमाथि विश्वास राखेर आफ्नो कर्तव्य निर्वाह गर्दै आएको र प्रहरी प्रशासनप्रति उच्च सम्मान रहेको बताए । तर समाचार कक्षमै प्रवेश गरेर समाचारको विषयलाई लिएर आफूसँग सोधपुछ गरिएको ...

प्रधानन्यायाधीश र न्यायाधीशमाथि कसरी हुनसक्छ छानबिन ?
‘अहिले जे जस्ता विषयवस्तु आएका छन्, न्यायपरिषद्ले हेर्दैन । आवश्यक देखेमा संसदले आफ्नो क्षेत्राधिकार प्रयोग गर्ने हो ।’ ...


