Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

10/25/2026, 1:06:31 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन –३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकका प्रमूख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यस सहकार्यमार्फत मुक्तिनाथ विकास बैंकले जर्सीमा आफ्नो लोगो मात्र राखेको छैन, नेपालमा क्रिकेट मार्फत समुदाय सँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा युवा सशक्तिकरणका लागि बैंकको पूर्ण सहयोगको प्रतिवद्घता व्यक्त गरेको छ । नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा जनकपुर बोल्ट्सले उत्कृष्टता हासिल गर्ने लक्ष्य राख्दै गर्दा सहकार्य गर्न पाउँदा गर्व महशुस भइरहेको बैंकले जनाएको छ । त्यसैगरी , जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोट्र्स प्रा। लि। का प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंक जस्तो समुदायसँग गहिरो सम्बन्ध भएको संस्थालाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउँदा आफूहरुलाई खुशी लागेको बताएका छन् । एनपीएलको पहिलो संस्करणको विजेता टोलीका रूपमा यस सिजन फेरि उपाधि जनकपुर फर्काउने आफूहरुको लक्ष्य रहेको बताउँदै उनले आईसीसीको आधिकारिक मान्यतासँगै खेलाडीहरूका लागि यो सिजन झनै महत्त्वपूर्ण बनेको बताए । मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालाहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता
OthersJust now

ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छन् । आइतबार मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री मेहताले ट्रमा सेन्टर निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको र छिट्टै शिलान्यास गरिने जानकारी दिएकी हुन् । उनका अनुसार स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा गरी फाइल पूर्वाधार विकास मन्त्रालयमा पठाइसकिएको छ ...

पर्दाफास
मिथिलामा कोजाग्रत पूर्णिमा : जानकी मन्दिरमा भित्र्याइयो १०८ भार पाहुर
OthersJust now

मिथिलामा कोजाग्रत पूर्णिमा : जानकी मन्दिरमा भित्र्याइयो १०८ भार पाहुर

जनकपुरधाम–मिथिलाञ्चल क्षेत्रमा आज परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । यसै अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट १०८ वटा ‘पाहुर’ (सनेस–कोसेलीको भार) भित्र्याइएको छ । विगत १४२ वर्षदेखि अविच्छिन्न रूपमा चलिआएको यो परम्पराले यस वर्ष पनि निरन्तरता पाएको हो । महोत्तरीको रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको परिवारले पुस्तौँदेखि ...

पर्दाफास
काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : डंगोल
OthersJust now

काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : डंगोल

८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली र सम्पदाहरू केवल भौतिक संरचना मात्र नभई यहाँको विशिष्ट जीवनशैली भएकाले यसलाई दौडिएर मात्र नभई गहिरोसँग महशुस गरेर अपनत्व लिनुपर्ने बताएकी छिन् । महानगरपालिकाद्वारा आयोजित ‘हेरिटेज रन’ का अवसरमा बोल्दै उनले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रमहरू अघि बढाइरहेको… ...

अनलाइन खबर
मिथिलामा धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदै, यस्तो छ महत्व
OthersJust now

मिथिलामा धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदै, यस्तो छ महत्व

मिथिलासहित प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदैछ । दुर्गापूजाको समापनसँगै मनाइने कोजाग्रत पूर्णिमालाई मिथिला क्षेत्रमा विशेष हर्षोल्लासका साथ मनाउने परम्परा छ । यसलाई शरद् पूर्णिमा पनि भनिन्छ । आजको दिन चन्द्रमा सोह्र कलाले पूर्ण हुने भएकाले यसको विशेष धार्मिक महत्व रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए । उनका अनुसार आजको दिनलाई महारासको दिनका रूपमा पनि मानिन्छ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play