Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/मिथिलामा धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदै, यस्तो छ महत्व

मिथिलामा धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदै, यस्तो छ महत्व

10/25/2026, 2:56:57 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मिथिलामा धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदै, यस्तो छ महत्व

मिथिलासहित प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदैछ । दुर्गापूजाको समापनसँगै मनाइने कोजाग्रत पूर्णिमालाई मिथिला क्षेत्रमा विशेष हर्षोल्लासका साथ मनाउने परम्परा छ । यसलाई शरद् पूर्णिमा पनि भनिन्छ । आजको दिन चन्द्रमा सोह्र कलाले पूर्ण हुने भएकाले यसको विशेष धार्मिक महत्व रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए । उनका अनुसार आजको दिनलाई महारासको दिनका रूपमा पनि मानिन्छ । धार्मिक मान्यताअनुसार आजकै दिन देवीदेवताहरूले रूप परिवर्तन गरी भगवान् कृष्ण र गोपीहरूसँग महारासमा सहभागी भएकाले यस दिनको विशेष महत्व रहेको उनले जानकारी दिए । कोजाग्रत पूर्णिमाका अवसरमा विशेषगरी जनकपुरधाममा राति ओसमा बसेर खिरको भोग लगाई भगवान् रामको पूजा गर्ने परम्परा रहेको छोटे महन्थ दासले बताए । यस दिन जानकी मन्दिरमा त्रेतायुगमा भगवान् राम र माता सीताको विवाहका बेला मिथिलावासीले गाउने गीत तथा हाँसोठट्टा र गाली गर्ने परम्परालाई समेत दोहो¥याउने गरिन्छ । महन्थ दासका अनुसार नवदम्पतीहरूले पनि यो पर्व विशेष उत्साहका साथ मनाउने गर्छन् । कोजाग्रत पूर्णिमाकै अवसरमा जानकी मन्दिरमा महोत्तरीको रतौलीबाट भार ल्याउने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ । रतौलीका स्वर्गीय महेन्द्र ठाकुरको परिवारले करिब १४२ वर्षदेखि प्रत्येक वर्ष यस दिन अन्नपूर्ण देवीलाई चढाइने सामग्रीसहितको भार जानकी मन्दिरमा ल्याउँदै आएको छ । सन्तान प्राप्तिको कामना गर्दै स्वर्गीय ठाकुरले गरेको भाकल पूरा भएपछि उनका तीन छोरा जन्मिएका थिए । त्यसै समयदेखि ठाकुर परिवारले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन जानकी मन्दिरमा भार चढाउँदै आएको हो । भारमा दही, चिउरा, दाल, मिठाई, अचार, फलफूल, तरकारीलगायतका खाद्य सामग्री समावेश हुन्छन् । यी सामग्री ठाकुर परिवारले आफ्नै खेतबारीमा उत्पादन तथा घरमै तयार पार्ने गरेको छ । स्वर्गीय महेन्द्र ठाकुरका जेठा छोरा नवीनकुमार ठाकुरले यस परम्परालाई आगामी पुस्ताले पनि निरन्तरता दिने बताए । उनका अनुसार कोजाग्रत पूर्णिमा मिथिलामा विवाहपञ्चमीपछिको महत्वपूर्ण पर्व हो । यस दिन भाकल गरे मनोकामना पूरा हुने धार्मिक विश्वाससमेत रहेको उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

पोलियोविरुद्धको जित र बाँकी जिम्मेवारी
OthersJust now

पोलियोविरुद्धको जित र बाँकी जिम्मेवारी

नेपालमा लामो समयदेखि पोलियोका बिरामी नदेखिँदा यो रोग अब विगतको विषयजस्तो लाग्न सक्छ । तर अफगानिस्तान वा पाकिस्तानमा कुनै बच्चालाई पोलियो हुँदा त्यसको सरोकार हामीसँग पनि रहन्छ । मानिसको आवतजावतसँगै अर्को देश पुग्न सक्ने भाइरसलाई सीमाले रोक्दैन । भर्खरै अक्टोबर २४ मा विश्व पोलियो दिवस मनाइयो । यस अवसरमा रोटरीको योगदान सम्झँदा अन्तर्राष्ट्रिय अनुदानसँगै समय… ...

अनलाइन खबर
मेची–महाकाली पदयात्राको औचित्य
OthersJust now

मेची–महाकाली पदयात्राको औचित्य

पदयात्राको महत्व यसले कति दूरी पार गर्छ, कति मानिस सहभागी हुन्छन् वा कति चर्चा बटुल्छ भन्नेमा मात्र निर्भर हुँदैन । यसबाट उठेका मुद्दाले नीति, बजेट र कार्यान्वयनमा कस्तो प्रभाव पार्छन् भन्ने कुराले उपलब्धि निर्धारण गर्नेछ । ...

अनलाइन खबर
ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता
OthersJust now

ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छन् । आइतबार मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री मेहताले ट्रमा सेन्टर निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको र छिट्टै शिलान्यास गरिने जानकारी दिएकी हुन् । उनका अनुसार स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा गरी फाइल पूर्वाधार विकास मन्त्रालयमा पठाइसकिएको छ ...

पर्दाफास
मिथिलामा कोजाग्रत पूर्णिमा : जानकी मन्दिरमा भित्र्याइयो १०८ भार पाहुर
OthersJust now

मिथिलामा कोजाग्रत पूर्णिमा : जानकी मन्दिरमा भित्र्याइयो १०८ भार पाहुर

जनकपुरधाम–मिथिलाञ्चल क्षेत्रमा आज परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । यसै अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट १०८ वटा ‘पाहुर’ (सनेस–कोसेलीको भार) भित्र्याइएको छ । विगत १४२ वर्षदेखि अविच्छिन्न रूपमा चलिआएको यो परम्पराले यस वर्ष पनि निरन्तरता पाएको हो । महोत्तरीको रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको परिवारले पुस्तौँदेखि ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play