चर्चामा ‘एनपीएल’को तेस्रो संस्करण, दर्शकमा बढदो ‘क्रेज’

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ। तिथि नजिकिएसँगै आयोजकले तयारी पनि तीब्र पारिरहेको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको सुरुआत हुँदैछ । आयोजकहरुका अनुसार यस पटकको आयोजना विगतको भन्दा थप भव्य हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका लागि कीर्तिपुर मैदानमा पिच स्तरोन्नति, प्याराफिट थप, भीआइपी बक्सका साथै मैदान वरीपरि मर्मत सम्भार र पूर्वाधार निर्माणको काम भइरहेको छ । प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित बनाउन तयारी भएको क्यानका उपाध्यक्ष रोशनकुमार सिंहले बताए । एनपीएलका विगतका संस्करणमा देखिएको दर्शक तथा व्यवस्थापनसम्बन्धी समस्या यसपटक दोहोरिन नदिन आवश्यक तयारी भइरहेको छ । आईसीसीको मान्यतापछि थप चर्चा दुई संस्करण भव्यताका साथ सम्पन्न भएको एनपीएलको यो सिजनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले पनि मान्यता दिएको छ र यो सँगै यो आयोजना थप चर्चामा आएको छ । आईसीसीले मान्यता दिएसँगै अब एनपीएलमा टेस्ट राष्ट्रका खेलाडी ल्याउने बाटो समेत खुलेको छ । क्यान सचिव र नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खडकाले दिएको जानकारीअनुसार एनपीएलका फ्रेन्चाइज टोलीले बढीमा आठजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमा एकजना एसोसियट राष्ट्रको हुनुपर्नेछ । प्लेइङ–११ मा भने सात जना नेपाली खेलाडी र चार जना मात्रै विदेशी खेलाडी राख्नुपर्ने प्रावधान राखिएको छ । यसअघिको दुई संस्करणमा एउटा फ्रेन्चाइज टोलीले कम्तीमा चार र बढीमा ६ विदेशी खेलाडी टिममा राख्न सकिने प्रावधान थियो । आईसीसीले मान्यता पदान गरेपछि क्यानले अब पाँच बुँदे सर्तलाई पालना गर्नु पर्नेछ । जसमा प्रतियोगिता सकिएको ६० दिनभित्र समीक्षा गरी त्यसको रिपोर्ट आईसीसीलाई बुझाउनुपर्ने, एन्टी करप्सन युनिट (एसीयु) को आचरण उल्लंघन गर्दै फिक्सिङ, स्पट फिक्सिङ लगायतका कार्यमा दोषी पाइएमा त्यसमा नेपालको प्रचलित भ्रष्टाचारविरोधी कानुनका साथै आईसीसी अन्तर्गतको अन्तर्राष्ट्रिय कानुन पनि आकर्षित हुनेछ । आईसीसीको सर्तअनुसार एनपीएलमा सहभागी हुने सबै विदेशी खेलाडीले सम्बन्धित बोर्डबाट अनिवार्य ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पनि लिनुपर्नेछ । क्यानका अनुसार एनपीएलको आधिकारिक टी–२० मान्यता (स्ट्याटस) को विषयमा आईसीसीसँग औपचारिक पत्राचार भइसकेको भएपनि प्राविधिक स्पष्टता केही दिनमै हुनेछ । यसैगरी यस पटकको प्रतियोगिता प्रतियोगितामा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) का कारण पनि थप चर्चामा रहने सम्भावना छ । क्यानका अधिकारीहरुका अनुसार डिआरएस भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीका अध्यक्ष जय शाहले पनि एनपीएललाई मान्यता प्रदान गर्न ठूलो भूमिका निर्वाह गरेको जानकारी दिँदै उनीप्रति आभार व्यक्त गरेका छन् । अध्यक्ष चन्दले आईसीसी अध्यक्ष शाहसहितको टोली एनपीएल अवलोकनका लागि समेत नेपाल आउन सक्ने सम्भावना रहेको बताए । आईसीसी एसिया कन्फ्रेन्स आगामी मंसिर १ देखि ३ सम्म नेपालमा आयोजना हुने र त्यसै क्रममा आईसीसीको टोलीले एनपीएल अवलोकन गर्ने सम्भावना रहेको अध्यक्ष चन्दले बताए । प्रायोजन सम्झौता एनपीएल क्रिकेट कात्तिक ९ गतेदेखि हुँदैछ । प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । उद्घाटन खेल साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ । यसैक्रममा पछिल्लो समयमा प्रायोजनका सन्दर्भसँगै प्रायोजक पनि चर्चामा आउन थालेका छन् । योसँगै विज्ञापन र प्रायोजनको पारदर्शिताको कुरा पनि उठ्न थालेको छ । विज्ञापन बोर्डका निवर्तमान अध्यक्ष लक्ष्मण हुमागाइले व्यवसायिक र प्रवद्र्धनात्मक उद्देश्यले प्रायोजनको कुरा गलत होइन भने। उनका अनुसार यो त राम्रो हो, अझ एनपीएलजस्तो राष्ट्रिय खेलपर्वका सन्दर्भमा प्रायोजकहरु अगााडि आउनु निकै सकारात्मक हो । उनी भन्छन्,‘तर प्रायोजनको सम्पूर्ण प्रक्रिया पारदर्शी हुनुपर्छ । अँध्यारो कोठामा बसेर अपारदर्शी ढंगले यस्ता सम्झौता हुनु हुँदैन ।’ नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजनका लागि नेपाल टेलिकमसँग पनि सम्झौता गरेको छ । एक कार्यक्रमकाबीच हिजो (कार्तिक १) नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारी र क्यानका जनरल म्यानेजर उत्सव ढुंगानाले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात टेलिकमका प्रमुख प्राविधिक अधिकृत अधिकारीले दूरसञ्चार सेवा प्रदायकका रूपमा एनपीएलमा विशेष सहभागिता जनाउन पाउनु कम्पनीका लागि महत्वपूर्ण अवसर भएको बताउँदै नेपालमा लोकप्रिय हुँदै गएको क्रिकेटको संस्थागत विकास र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सँग जोडेर हेरिएको बताए । टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको थियो । क्यानका जनरल म्यानेजर ढुंगानाले टेलिकमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । यो सहकार्यले नेपाली क्रिकेटको विकासमा थप मद्दत पुग्ने उनको विश्वास छ । दर्शकमा बढदो ‘क्रेज’ एनपीएल तेस्रो सिजनसम्म आइपुग्दा दर्शकहरुमा खेल महोत्सवप्रतिको ‘क्रेज’ निकै बढेको छ । विशेष गरी युवा वर्गमा देखिएको यसप्रतिको आकर्षण उल्लेखनीय छ । नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता एनपील हेर्न काठमाडौ आउने योजनामा छन् । उनी अघिल्लो पटक पनि जनकपुर बोल्टसको खेल हेर्न काठमाडौ गएको सम्झन्छन् । पुरनजस्ता थुप्रै खेल प्रशंसंक छन् जो यही आयोजनका लागि बाहिरबाट काठमाडौ आउने तयारीमा छन् । यतिमात्र होइन विदेशमा रहेका नेपाली पनि या आयेजनाका लागि नेपाल आउन चाहेका छन । साउदी अरबमा कार्यरत कुमार कार्कीका अनुसार यतातिर रहेका थुप्रै नेपाली एनपिएल हेर्न नेपाल जान चाहिरहेका छन् । उनी भन्छन्,‘तर रोजगारी नै छाडेर नेपाल जान कति सम्भव हुन्छ, हेरौं ।’ अघिल्लो पटक टिकट उपलब्ध हुन नसक्दा खेलहरु हेर्न नपाएका सप्तरीका दीपककुमार झा यसपटक भने खेलतालिका हेरेर पहिले नै टिकटको जोहो गर्ने सोचाइमा आफू रहेको बताए । क्यानका अधिकारीहरु पनि विगतको तुलनामा मैदानमा दर्शकको संख्यामा उल्लेख्य वृद्धि हुने अनुमान रहेको बताउँछन् । उनीहरुका अनुसार यही अवस्थालाई दृष्टिगत गर्दै प्याराफिटमा सिट थपेर दर्शकको क्षमता बढाउने प्रयास त गरिएको छ तर त्यतिमात्र पर्याप्त भने छैन ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान
जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८१९ वटा बोकाको बलि प्रदान भएको छ । हिजो (आईतबार) राती पौने ९ बजेदेखि सुरु भएको बलिप्रदान कार्यक्रम विहान ४ बजेसम्म चलेको थियो । बलि प्रदानका निम्ति ४ वटा ठेहा –बलि दिने स्थान) को व्यवस्था गरिएको थियो । श्रद्धालुभक्तजनको सुविधाका निम्त मन्दिरको पूर्व, पश्चिम र दक्षिण गरी तीन स्थानबाट बोकाको लाईन व्यवस्थापन गरिएको थियो । बलि ...

वडादशैंका लागि सशस्त्र प्रहरीद्वारा १२४ वटा पिङ निर्माणमा सहयोग
वडादशैंका अवसरमा सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहकार्यमा देशका विभिन्न स्थानमा १२४ वटा पिङ निर्माणमा सहयोग गरेको छ । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । दशैंका बेला परम्परागत रूपमा खेलिने पिङको संरक्षण तथा प्रवद्र्धन गर्दै चाडपर्वलाई थप उल्लासमय बनाउन सशस्त्र प्रहरीले स्थानीय समुदायलाई सहयोग गरेको हो । ...

कविता : अमिबा-पहिचान
बा भन्नुहुन्थ्यो- विचारलाई बलियो बनाउनू, विचारले जन्माउँछ आकार, त्यही आकार हो चिनारी । सम्झौता नगर्नू विचारमा, अहङ्कारले होइन, अहम्ले बाँच्नू सधैँभरि, र पहिचान जोगाउनू । खै, अचेल न्युक्लियस हराएको कोषजस्तै विचार बिलाउँदै गएको हो कि, विचारको लगाम चुँडिएर आकार मात्र फैलिँदै गएको हो ? अमिबाझैँ विस्तारित छ आकार, विशृङ्खलित भएर । अमिबा जताजता पुग्छ, जताजता… ...

फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, २ हजार बढी पक्राउ
फ्रान्सको राजधानी पेरिस र अन्य प्रमुख सहरहरूमा आन्दोलन जारी छ । जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाहरूको खस्कँदो अवस्थाविरुद्ध भएका प्रदर्शनमा शनिबार ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए। केही क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच हिंसात्मक झडपसमेत भएको थियो। फ्रान्सेली सञ्चारमाध्यमका रिपोर्टअनुसार, उक्त प्रदर्शनमा किसान, जलवायु अभियन्ता, ट्रेड युनियनका सदस्य तथा विद्यार्थीहरू सहभागी भएका थिए। उनीहरूले इन्धनको मूल्य, जीवनयापनको लागत, शिक्षा र सार्वजनिक ...


