फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, २ हजार बढी पक्राउ

फ्रान्सको राजधानी पेरिस र अन्य प्रमुख सहरहरूमा आन्दोलन जारी छ । जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाहरूको खस्कँदो अवस्थाविरुद्ध भएका प्रदर्शनमा शनिबार ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए। केही क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच हिंसात्मक झडपसमेत भएको थियो। फ्रान्सेली सञ्चारमाध्यमका रिपोर्टअनुसार, उक्त प्रदर्शनमा किसान, जलवायु अभियन्ता, ट्रेड युनियनका सदस्य तथा विद्यार्थीहरू सहभागी भएका थिए। उनीहरूले इन्धनको मूल्य, जीवनयापनको लागत, शिक्षा र सार्वजनिक सेवासम्बन्धी विभिन्न मागहरू अघि सारेका थिए। फ्रान्स सरकारले सन् २०२७ को बजेट प्रस्ताव अघि बढाएपछि प्रदर्शन थप चर्किएको हो। उच्च सार्वजनिक ऋण र ठूलो वित्तीय घाटाको सामना गरिरहेको सरकारले राजस्व वृद्धि र सरकारी खर्च कटौतीमार्फत सार्वजनिक वित्तीय अवस्था सुधार गर्ने योजना बनाएको छ। प्रस्तावित उपायहरूले नागरिकको क्रयशक्तिमा असर पार्ने तथा सार्वजनिक सेवाहरूमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सर्वसाधारणमा चिन्ता बढेको छ। यसैबीच, जारी रुस–युक्रेन युद्ध, मध्यपूर्वमा बढ्दो तनाव र अन्तर्राष्ट्रिय ऊर्जा बजारको अनिश्चितताले फ्रान्सेली अर्थतन्त्रमा थप दबाब सिर्जना गरिरहेका छन्। एक प्रदर्शनकारीले भने, ‘व्यक्तिगत रूपमा भन्नुपर्दा, मलाई खासै समस्या भएको छैन, किनभने मेरो राम्रो जागिर छ र आम्दानीले खर्च धान्छ। तर धेरै मानिसहरूका लागि यो वास्तवमै ठूलो समस्या हो। युद्धका कारण पेट्रोलजस्ता केही स्रोतहरूको मूल्य निश्चित रूपमा बढेको छ। आफ्नो आवतजावतका लागि कारमा निर्भर रहने मानिसहरूका लागि सबै प्रकारका ऊर्जाको मूल्य बढिरहेको छ।’ अर्का प्रदर्शनकारीले भने, ‘यस गर्मीयाममा मैले धेरैपटक गाडी लिएर जाने कि नजाने भनेर सोचें। बारम्बार हिसाब गर्दा अन्ततः इन्धनको खर्च धान्न नसक्ने भएकाले यात्रा गर्ने योजना नै रद्द गरें। म त कारमा खासै निर्भर पनि छैन। म पेरिसमा बस्छु र सार्वजनिक यातायात प्रयोग गर्न सक्छु। तर पेरिसबाहिर बस्ने र आवतजावतका लागि आफ्नै कारमा निर्भर रहने मानिसहरूका लागि अवस्था निकै कठिन छ।” अर्का एक प्रदर्शनकारीले भने, ‘जे भए पनि, सार्वजनिक सेवाहरूको अवस्था पहिलेदेखि नै अत्यन्त नाजुक छ। विद्यालय, अस्पताल र न्याय प्रणाली—सबै क्षेत्रमा यही समस्या छ। यो सबैका लागि दुःस्वप्नजस्तै अवस्था हो।’ प्रदर्शनका क्रममा सार्वजनिक भवन, प्रहरी चौकी तथा व्यावसायिक प्रतिष्ठानहरूमा तोडफोड र आक्रमणका थुप्रै घटना भएको खबर आएको थियो। फ्रान्सको गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, हिंसात्मक घटनासमेत भएका प्रदर्शनका क्रममा कुल २ हजार ३९७ जना पक्राउ परेका थिए। त्यस्तै, ९९७ जना प्रहरी अधिकारी तथा जाँदार्म (फ्रान्सको राष्ट्रिय सुरक्षा बल) घाइते भएका थिए, जसमध्ये सात जनाको अवस्था गम्भीर रहेको थियो।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

घान्द्रुक : जहाँबाट देखिन्छ मनमोहक हिमाल (तस्वीरहरू)
होमस्टेसँगै पछिल्लो समय घान्द्रुकमा होटलहरू पनि सञ्चालनमा आएका छन् । यहाँबाट घान्द्रुक घोरेपानी पदयात्रा गर्न सकिन्छ । अन्नपूर्ण, मर्दी र पुनहिल ट्रेकिङ पनि जान सकिन्छ । ट्रेकिङको ट्रान्जिट प्वइन्ट पनि हो घान्द्रुक । ...

मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
२ असोज, काठमाडौं । नवरात्रका अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको ऐतिहासिक एवं धार्मिकस्थल मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । दसैंको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले गैंडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो । धार्मिक सेवा समिति मौलाकालिकाका अनुसार यस… ...

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान
जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८१९ वटा बोकाको बलि प्रदान भएको छ । हिजो (आईतबार) राती पौने ९ बजेदेखि सुरु भएको बलिप्रदान कार्यक्रम विहान ४ बजेसम्म चलेको थियो । बलि प्रदानका निम्ति ४ वटा ठेहा –बलि दिने स्थान) को व्यवस्था गरिएको थियो । श्रद्धालुभक्तजनको सुविधाका निम्त मन्दिरको पूर्व, पश्चिम र दक्षिण गरी तीन स्थानबाट बोकाको लाईन व्यवस्थापन गरिएको थियो । बलि ...

वडादशैंका लागि सशस्त्र प्रहरीद्वारा १२४ वटा पिङ निर्माणमा सहयोग
वडादशैंका अवसरमा सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहकार्यमा देशका विभिन्न स्थानमा १२४ वटा पिङ निर्माणमा सहयोग गरेको छ । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । दशैंका बेला परम्परागत रूपमा खेलिने पिङको संरक्षण तथा प्रवद्र्धन गर्दै चाडपर्वलाई थप उल्लासमय बनाउन सशस्त्र प्रहरीले स्थानीय समुदायलाई सहयोग गरेको हो । ...


