Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

गण्डकीमा सार्वजनिक संरचना पुनःनिर्माण गर्न साढे आठ अर्ब लाग्ने अनुमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
गण्डकीमा सार्वजनिक संरचना पुनःनिर्माण गर्न साढे आठ अर्ब लाग्ने अनुमान
Photo / Coverage: नेपालन्युज

गण्डकी। गण्डकी प्रदेशमा यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका सडक, पुल, भवनलगायत सार्वजनिक संरचनाको पुनःनिर्माणमा आठ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। यसमा निजी घर, जग्गा, व्यवसाय र कृषि क्षेत्रमा पुगेको क्षति समेटिएको छैन। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव तीर्थराज चिलुवालले प्रारम्भिक आकलनअनुसार सार्वजनिक संरचना पुनःनिर्माणमा आठ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी लाग्ने देखिएको बताए। विपद्पछिको आवश्यकता मूल्याङ्कनको विस्तृत तथा पूर्ण प्रतिवेदन आउन भने बाँकी रहेको उनले जानकारी दिए। बाढीपहिरो र डुबानजस्ता मनसुनजन्य विपद्का घटनाबाट यस वर्ष प्रदेशका सात जिल्लाका २० स्थानीय तह प्रभावित भएका छन्। बाढीपहिरोबाट ११ सडक पुल, १५ झोलुङ्गे पुल, १९ विद्यालय भवन, ११ सरकारी भवन र २६ किलोमिटर सडकमा क्षति पुगेको छ। “सडक, पुललगायत सार्वजनिक संरचना पुनःनिर्माणमा लाग्ने खर्चको प्रारम्भिक अनुमान मात्र गरिएको छ। अन्य क्षेत्रमा पुगेको क्षतिको पुनःनिर्माण र बाढीबाट विस्थापित परिवारको पुनःस्थापनाका लागि पनि राज्यले ठूलो धनराशि खर्च गर्नुपर्ने देखिएको छ,” सचिव चिलुवालले भने। गत असोज ८ देखि ११ गतेसम्मको भारी वर्षापछि आएको बाढीपहिरोले गण्डकी प्रदेशका बागलुङ, पर्वत र म्याग्दीलगायत जिल्लामा ठूलो धनजनको क्षति पुर्‍याएको थियो। असोज २५ गते बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखाका विभिन्न स्थानीय तह प्रभावित भएका थिए। त्यस्तै, सोही महिनामा मनाङको हिमलुङ हिमाल आधारशिविरमा हिमपहिरो जाँदा १६ जनाको मृत्यु भएको थियो। गत भदौमा मुस्ताङको लोमान्थाङमा गएको भूकम्पले २७३ घर तथा संरचनामा क्षति पुर्‍याएको थियो। यस वर्षको मनसुनजन्य विपद्मा परी प्रदेशभर ३६ जनाको मृत्यु भएको र तीन जना बेपत्ता रहेको सचिव चिलुवालले जानकारी दिए। बाढीपहिरोबाट ७३६ निजी घरमा क्षति पुगेको छ भने सयौँ परिवार विस्थापित भएका छन्। जलविद्युत् आयोजना, पर्यटकीय सम्पदा, सिँचाइ तथा खानेपानी पूर्वाधार, कृषि र पशुपालन क्षेत्रमा पनि क्षति पुगेको उनले बताए। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनःनिर्माणमा प्रदेश सरकार एक्लैले मात्र काम गर्न नसक्ने भन्दै सङ्घ सरकारले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःनिर्माण एउटै प्याकेजमा सुरु गर्नुपर्ने बताए। विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनामा तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ छ। प्रदेशको कार्यक्षेत्रभित्र पर्ने भौतिक संरचना पुनःनिर्माणका लागि पनि सङ्घ सरकारको सहयोग चाहिने मुख्यमन्त्री पाण्डेले बताए। सङ्घ सरकारको कार्यक्षेत्रमा पर्ने क्षतिग्रस्त सडक, पुल, भवन, खानेपानी र सिँचाइ पूर्वाधारको तत्काल मर्मत तथा पुनःनिर्माण गर्न सङ्घ सरकारलाई अनुरोध गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वास्थ्य, कृषि र वातावरणीय सुरक्षामा नेपाललाई अमेरिकी प्रविधि सहयोग
Latest NewsJust now

स्वास्थ्य, कृषि र वातावरणीय सुरक्षामा नेपाललाई अमेरिकी प्रविधि सहयोग

स्वास्थ्य सेवा, कृषि उत्पादनको सुरक्षा तथा वातावरणीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल र अमेरिकाबीच उन्नत विद्युतीय किरण प्रविधिको प्रयोगमा सहकार्यका सम्भावनाबारे छलफल भएको छ । अमेरिकी दूतावास, काठमाडौंका अनुसार अमेरिकाको टेक्सास एन्ड एम विश्वविद्यालयअन्तर्गतको राष्ट्रिय इलेक्ट्रोन किरण अनुसन्धान केन्द्रका विज्ञहरूले यसै साता नेपालको भ्रमण गरेका छन् । पाँच वर्षे क्षेत्रीय परियोजनाअन्तर्गत भएको उक्त भ्रमणमा नेपालमा विद्युतीय किरण प्रविधिको प्रयोग विस्तार ...

पर्दाफास
चितवन राइनोजले जित्यो टस, सुदूरविरुद्ध पहिले ब्याटिङ गर्ने
Latest NewsJust now

चितवन राइनोजले जित्यो टस, सुदूरविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर पहिला ब्याटिङ रोजेपछि सुदूरपशिचमले बलिङ गर्नेछ।  चितवनले हिजो भएको एलिमिनेटर खेलमा पनि टस जितेर ब्याटिङ गरेको थियो। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले प... ...

नेपालखबर
राष्ट्रिय भेला लगत्तै एमाले केन्द्रीय कमिटी बैठक
Latest NewsJust now

राष्ट्रिय भेला लगत्तै एमाले केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। बुधबार र बिहीबार राष्ट्रिय भेला भएको कार्की बैंक्वेटमै केन्द्रीय कमिटीको बैठक बसेको प्रकाशन एव‌ं प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।  बैठकका एजेन्डाबारे केही खुलाइएको छैन। बालेन शाहबारे एमाले- स्वेच्छाचारी शासक, संविधान र संघीयतामाथि नै प्रहार गरे ...

नेपालखबर
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई लक्की ड्रमार्फत उपहार, अन्तिम दिन प्रमुख विजेतालाई मिनी ट्रेलर दिइने
Latest NewsJust now

यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई लक्की ड्रमार्फत उपहार, अन्तिम दिन प्रमुख विजेतालाई मिनी ट्रेलर दिइने

यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई लक्की ड्रमार्फत उपहार, अन्तिम दिन प्रमुख विजेतालाई मिनी ट्रेलर दिइने काठमाडौं । आगामी मंसिर ४ देखि ६ गतेसम्म ९नोभेम्बर २० देखि २२, २०८३० काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी अवलोकनकर्तालाई आकर्षक उपहार प्रदान गरिने भएको छ । प्रदर्शनी अवधिभर प्रत्येक दिन ५० जना अवलोकनकर्तालाई लक्की ड्रमार्फत विभिन्न कृषि सामग्री उपहार प्रदान गरिने आयोजकले ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play