Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई लक्की ड्रमार्फत उपहार, अन्तिम दिन प्रमुख विजेतालाई मिनी ट्रेलर दिइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई लक्की ड्रमार्फत उपहार, अन्तिम दिन प्रमुख विजेतालाई मिनी ट्रेलर दिइने
Photo / Coverage: लुम्बिनी सञ्चार

यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई लक्की ड्रमार्फत उपहार, अन्तिम दिन प्रमुख विजेतालाई मिनी ट्रेलर दिइने काठमाडौं । आगामी मंसिर ४ देखि ६ गतेसम्म ९नोभेम्बर २० देखि २२, २०८३० काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी अवलोकनकर्तालाई आकर्षक उपहार प्रदान गरिने भएको छ । प्रदर्शनी अवधिभर प्रत्येक दिन ५० जना अवलोकनकर्तालाई लक्की ड्रमार्फत विभिन्न कृषि सामग्री उपहार प्रदान गरिने आयोजकले जनाएको छ । लक्की ड्रबाट छनोट हुने विजेताले कृषि मेसिनरी, मल, स्प्रे, मल्चिङ प्लास्टिक, मकै छोडाउने विद्युतीय मेसिनलगायत साना कृषि औजार तथा उपकरण प्राप्त गर्नेछन् । त्यस्तै, लक्की ड्रका प्रमुख विजेतालाई प्रदर्शनीको अन्तिम दिन मिनी ट्रेलर उपहार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । ‘कृषिमा यन्त्र र प्रविधि स् कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकको अपेक्षा छ । प्रदर्शनीले आधुनिक कृषि यान्त्रीकरण, नवीन प्रविधि तथा कृषि उपकरणको प्रयोग विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयले सहआयोजकको भूमिका निर्वाह गर्नेछ । तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रदर्शन गरिनेछ । यसले किसान, कृषि उद्यमी तथा कृषि व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वडा सदस्यको खुम्चिँदो भूमिका
Latest NewsJust now

वडा सदस्यको खुम्चिँदो भूमिका

स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै जनताको घरदैलोमै सेवा, विकास र सुशासन पुर्‍याउने परिकल्पना गरेको छ । तर स्थानीय सरकार सञ्चालनको अभ्यासलाई नजिकबाट... ...

रातोपाटी
विराटनगर महानगर डिजिटल सेवातर्फ :  सूचना, सेवा र गुनासो एउटै एपबाट
Latest NewsJust now

विराटनगर महानगर डिजिटल सेवातर्फ :  सूचना, सेवा र गुनासो एउटै एपबाट

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र सहज बनाउने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याएको छ । महानगरका सूचना, सेवा, गुनासो र सेवा मूल्यांकनसम्बन्धी सुविधा एउटै माध्यमबाट उपलब्ध गराउने... ...

रातोपाटी
टस जितेर सुदुरपश्चिम रोयल्स विरुद्ध पहिले ब्याटिङ गर्दै चितवन राइनोज
Latest NewsJust now

टस जितेर सुदुरपश्चिम रोयल्स विरुद्ध पहिले ब्याटिङ गर्दै चितवन राइनोज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आज हुने क्वालिफायर–२ खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । फाइनल प्रवेशका लागि चितवनले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । खेलका लागि सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनलाई टोलीमा समावेश गरिएको छ । चितवनले भने अघिल्लो खेलकै ...

हिमालय टाइम्स
सरकारको नीति कार्यान्वयन पछि परिचय फेर्दै हुलाक, नागरिकको घरदैलोमै सेवा
Latest NewsJust now

सरकारको नीति कार्यान्वयन पछि परिचय फेर्दै हुलाक, नागरिकको घरदैलोमै सेवा

काठमाडौं । लामो समयदेखि रुग्ण र सुस्त संस्थाका रूपमा परिचित हुलाक सेवा पछिल्लो समय सेवा विस्तार, प्रविधिको प्रयोग, अन्तरनिकाय समन्वय र नागरिकको घरदैलोमै सरकारी सेवा पुर्‍याउने अभियानमार्फत अब्बल र सफल संस्थाका रुपमा स्थापित हुन थालेको छ । नयाँ सरकार गठन पछि ल्याइएको शासकीय सुधारका सय कार्यसूचीमा हुलाक सेवालाई सुधार गरी सरकारी कुरियर सेवाका रुपमा स्थापित गर्ने पनि एउटा थियो । जसअनुसार ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play