काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेर पछि हुने खेलमा दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रिने छन् । आजको खेल जित्ने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्नुपरेको हो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको थियो । यता, चितवन राइनोजले बुधबार भएको इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । उक्त हारसँगै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको थियो । अब आजको खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलीको एनपीएल यात्रा समाप्त हुनेछ ।
सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






