Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

स्वास्थ्य, कृषि र वातावरणीय सुरक्षामा नेपाललाई अमेरिकी प्रविधि सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वास्थ्य, कृषि र वातावरणीय सुरक्षामा नेपाललाई अमेरिकी प्रविधि सहयोग
Photo / Coverage: पर्दाफास

स्वास्थ्य सेवा, कृषि उत्पादनको सुरक्षा तथा वातावरणीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल र अमेरिकाबीच उन्नत विद्युतीय किरण प्रविधिको प्रयोगमा सहकार्यका सम्भावनाबारे छलफल भएको छ । अमेरिकी दूतावास, काठमाडौंका अनुसार अमेरिकाको टेक्सास एन्ड एम विश्वविद्यालयअन्तर्गतको राष्ट्रिय इलेक्ट्रोन किरण अनुसन्धान केन्द्रका विज्ञहरूले यसै साता नेपालको भ्रमण गरेका छन् । पाँच वर्षे क्षेत्रीय परियोजनाअन्तर्गत भएको उक्त भ्रमणमा नेपालमा विद्युतीय किरण प्रविधिको प्रयोग विस्तार गर्ने सम्भावनाबारे छलफल गरिएको हो । अमेरिकी ऊर्जा विभागअन्तर्गतको राष्ट्रिय आणविक सुरक्षा प्रशासनको विकिरण सुरक्षा कार्यालय तथा एसिया प्रशान्त क्षेत्रीय सहयोग सम्झौताको क्षेत्रीय कार्यालयको संयुक्त पहलमा उक्त परियोजना सञ्चालन भइरहेको छ । भ्रमणका क्रममा विशेषगरी चिकित्सा उपकरणको निर्जीवीकरण, खाद्यवस्तुको सुरक्षा, फोहोरमैला प्रशोधन तथा विकिरणसम्बन्धी जोखिम न्यूनीकरणमा विद्युतीय किरण प्रविधिको उपयोगबारे अध्ययन र छलफल गरिएको थियो । नेपालस्थित अमेरिकी नियोगकी कार्यवाहक राजदूत मेगन बोल्डिन र भ्रमणमा आएका अमेरिकी वैज्ञानिकहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग पनि भेटवार्ता गरेका थिए । भेटमा दुवै देशको राष्ट्रिय सुरक्षा र समृद्धि प्रवर्द्धनका लागि विज्ञान तथा प्रविधिको उपयोगमा सहकार्य गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ । पाँच वर्षे क्षेत्रीय परियोजनामा २२ देश सहभागी यो पहल सन् २०२४ देखि २०२८ सम्म सञ्चालन हुने पाँच वर्षे क्षेत्रीय परियोजनाको हिस्सा हो । खाद्य तथा कृषि, उद्योग, मानव स्वास्थ्य र वातावरणीय व्यवस्थापनमा विद्युतीय किरण तथा एक्स-रे प्रविधिको प्रयोग विस्तार गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको छ । एसिया प्रशान्त क्षेत्रका २२ देश सहभागी रहेको यस परियोजनाले खाद्य सुरक्षा सुधार, चिकित्सा उपकरणको निर्जीवीकरण, वातावरणीय प्रदूषण न्यूनीकरण तथा प्रविधिसम्बन्धी दक्ष जनशक्ति उत्पादनमा जोड दिएको छ । परियोजनाअन्तर्गत क्षेत्रीय तथा राष्ट्रिय स्तरमा तालिम सञ्चालन गरी सयभन्दा बढी प्राविधिक तथा विज्ञलाई दक्ष बनाउने लक्ष्यसमेत राखिएको छ । यसबाट सहभागी देशहरूले प्रविधिको प्रयोग, सञ्चालन र व्यवस्थापनका लागि आवश्यक प्राविधिक क्षमता विकास गर्न सक्ने अपेक्षा गरिएको छ । के हो विद्युतीय किरण प्रविधि ? विद्युतीय किरण प्रविधि उच्च ऊर्जायुक्त इलेक्ट्रोनको प्रयोग गरी विभिन्न वस्तु तथा पदार्थको प्रशोधन गर्ने आधुनिक प्रविधि हो । यसमा विशेष उपकरणमार्फत विद्युतीय ऊर्जा प्रयोग गरेर इलेक्ट्रोनको किरण उत्पादन गरिन्छ र त्यसलाई आवश्यक वस्तुमा प्रयोग गरिन्छ । परम्परागत विकिरण प्रविधिमा कोबाल्ट–६० जस्ता रेडियोधर्मी पदार्थ प्रयोग गर्नुपर्ने हुन्छ । तर विद्युतीय किरण प्रविधिमा विद्युत् ऊर्जाबाट किरण उत्पादन हुने भएकाले उच्च सक्रिय रेडियोधर्मी स्रोतको भण्डारण र व्यवस्थापन गर्नुपर्ने आवश्यकता हुँदैन । यसले विकिरण सुरक्षासम्बन्धी जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउन सक्छ । यस प्रविधिको महत्वपूर्ण प्रयोग चिकित्सा उपकरणको निर्जीवीकरणमा हुन्छ । सिरिन्ज, शल्यक्रियामा प्रयोग हुने उपकरण, पञ्जा तथा अन्य चिकित्सा सामग्रीमा रहेका हानिकारक सूक्ष्मजीव नष्ट गर्न यसको प्रयोग गर्न सकिन्छ । यसबाट अस्पताल तथा स्वास्थ्य संस्थामा प्रयोग हुने सामग्रीको सुरक्षा र गुणस्तर सुनिश्चित गर्न सहयोग पुग्छ । खाद्य प्रशोधन तथा कृषि क्षेत्रमा पनि यसको उपयोग महत्वपूर्ण मानिन्छ । खाद्यवस्तुमा रहेका हानिकारक सूक्ष्मजीव नियन्त्रण, कीरा व्यवस्थापन तथा केही खाद्य पदार्थको भण्डारण अवधि बढाउन यस प्रविधिले सहयोग गर्न सक्छ । नेपालजस्तो कृषि प्रधान देशका लागि यसले कृषि उपजको गुणस्तर सुधार, उत्पादनपछिको क्षति न्यूनीकरण तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउने सम्भावना बोकेको छ । वातावरणीय व्यवस्थापनमा समेत यसको प्रयोग गर्न सकिन्छ । औद्योगिक फोहोर, ढल तथा दूषित पानीको प्रशोधन र केही हानिकारक रासायनिक प्रदूषकको प्रभाव घटाउन विद्युतीय किरण प्रविधि उपयोगी हुन सक्छ । यसले वातावरण संरक्षण तथा सार्वजनिक स्वास्थ्य सुधारमा योगदान पुर्‍याउन सक्ने अनुसन्धानहरूले देखाएका छन् । विकिरण सुरक्षामा पनि महत्वपूर्ण विद्युतीय किरण प्रविधिको अर्को महत्वपूर्ण पक्ष विकिरण सुरक्षा हो । उच्च सक्रिय रेडियोधर्मी पदार्थ चोरी, हराउने वा दुरुपयोग हुने जोखिमलाई कम गर्नु अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासनको प्रमुख उद्देश्यहरूमध्ये एक हो । यसअन्तर्गतको विकिरण सुरक्षा कार्यालयले चिकित्सा तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने रेडियोधर्मी स्रोतको विकल्पका रूपमा आधुनिक प्रविधिको विकास र विस्तारलाई प्रोत्साहन गर्दै आएको छ । विद्युतीय किरण प्रविधिले केही औद्योगिक तथा चिकित्सा प्रयोजनमा रेडियोधर्मी पदार्थको विकल्प उपलब्ध गराउन सक्ने भएकाले यसको विस्तारले विकिरण सुरक्षासम्बन्धी जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । नेपालका लागि प्रविधि हस्तान्तरणको अवसर नेपालका लागि यो सहकार्य वैज्ञानिक अनुसन्धान, प्रविधि हस्तान्तरण, प्राविधिक जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिको अवसर बन्न सक्ने देखिएको छ । टेक्सास एन्ड एम विश्वविद्यालयको अनुसन्धान केन्द्रसँगको सहकार्यबाट नेपालले चिकित्सा उपकरणको निर्जीवीकरण, कृषि उपजको प्रशोधन र फोहोरमैला व्यवस्थापनमा विद्युतीय किरण प्रविधि भित्र्याउने सम्भावनाको अध्ययन गर्न सक्छ । यद्यपि, अमेरिकी दूतावासको घोषणामा नेपालमा तत्कालै विद्युतीय किरण प्रविधिमा आधारित प्रशोधन केन्द्र स्थापना गर्ने, लगानी गर्ने वा व्यावसायिक सञ्चालन सुरु गर्ने विषयमा कुनै निश्चित सम्झौता अथवा समयसीमा सार्वजनिक गरिएको छैन । हालको भ्रमण मुख्यतः प्रविधिको सम्भावित उपयोग पहिचान र वैज्ञानिक सहकार्य विस्तारमा केन्द्रित रहेको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भएको छलफलले पनि नेपाल र अमेरिकाबीच अनुसन्धान, नवप्रवर्तन तथा आधुनिक प्रविधिको उपयोगमा सहकार्य विस्तार गर्ने सम्भावनालाई अघि बढाएको छ । पाँच वर्षे क्षेत्रीय परियोजनामार्फत नेपालले सुरक्षित स्वास्थ्य सेवा, कृषि उत्पादनको गुणस्तर, वातावरणीय संरक्षण तथा विकिरण जोखिम न्यूनीकरणका क्षेत्रमा आधुनिक प्रविधिको उपयोगबारे थप अध्ययन र सहकार्य गर्ने अवसर प्राप्त गर्न सक्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वडा सदस्यको खुम्चिँदो भूमिका
Latest NewsJust now

वडा सदस्यको खुम्चिँदो भूमिका

स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै जनताको घरदैलोमै सेवा, विकास र सुशासन पुर्‍याउने परिकल्पना गरेको छ । तर स्थानीय सरकार सञ्चालनको अभ्यासलाई नजिकबाट... ...

रातोपाटी
विराटनगर महानगर डिजिटल सेवातर्फ :  सूचना, सेवा र गुनासो एउटै एपबाट
Latest NewsJust now

विराटनगर महानगर डिजिटल सेवातर्फ :  सूचना, सेवा र गुनासो एउटै एपबाट

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र सहज बनाउने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याएको छ । महानगरका सूचना, सेवा, गुनासो र सेवा मूल्यांकनसम्बन्धी सुविधा एउटै माध्यमबाट उपलब्ध गराउने... ...

रातोपाटी
टस जितेर सुदुरपश्चिम रोयल्स विरुद्ध पहिले ब्याटिङ गर्दै चितवन राइनोज
Latest NewsJust now

टस जितेर सुदुरपश्चिम रोयल्स विरुद्ध पहिले ब्याटिङ गर्दै चितवन राइनोज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आज हुने क्वालिफायर–२ खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । फाइनल प्रवेशका लागि चितवनले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । खेलका लागि सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनलाई टोलीमा समावेश गरिएको छ । चितवनले भने अघिल्लो खेलकै ...

हिमालय टाइम्स
सरकारको नीति कार्यान्वयन पछि परिचय फेर्दै हुलाक, नागरिकको घरदैलोमै सेवा
Latest NewsJust now

सरकारको नीति कार्यान्वयन पछि परिचय फेर्दै हुलाक, नागरिकको घरदैलोमै सेवा

काठमाडौं । लामो समयदेखि रुग्ण र सुस्त संस्थाका रूपमा परिचित हुलाक सेवा पछिल्लो समय सेवा विस्तार, प्रविधिको प्रयोग, अन्तरनिकाय समन्वय र नागरिकको घरदैलोमै सरकारी सेवा पुर्‍याउने अभियानमार्फत अब्बल र सफल संस्थाका रुपमा स्थापित हुन थालेको छ । नयाँ सरकार गठन पछि ल्याइएको शासकीय सुधारका सय कार्यसूचीमा हुलाक सेवालाई सुधार गरी सरकारी कुरियर सेवाका रुपमा स्थापित गर्ने पनि एउटा थियो । जसअनुसार ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play