गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

महेन्द्रनगर । सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र जर्मन ‘सेफर्ड’बाट जाँचका सुरु गरेको छ । चाडपर्वका बेला मात्र नभई सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीमा रहेको सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ नै स्थापना गरी नियमित जाँच सुरु गरेको हो । सशस्त्र प्रहरी बल श्री नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले सशस्त्र प्रहरीले पाँच केनाइन शाखा गड्डाचौकीमा स्थापना गरेको जानकारी दिए । “मुलुककाचार वटा मुख्य नाकामा यसअघि नै केनाइन शाखा स्थापना गरेर सशस्त्र प्रहरी बलले तालिमप्राप्त कुकुरबाट सीमा क्षेत्रकोसुरक्षा पहरामा खटाएको थियो”, सिग्देलले भने, “अब पाँचौँ शाखाका रुपमा गड्डाचौकीमा केनाइन युनिट रहन्छ ।” उनले सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले गड्डाचौकीमा पहिलो पटक तालिमप्राप्त कुकुर चेकजाँचमा खटाएको जानकारी दिए । “सशस्त्र प्रहरी बलको सुदूरपश्चिममा यो पहिलो शाखा पनि हो,” उनले भने, “यसले नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा सहज हुने अपेक्षा गरिएको छ ।” सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी सहायक निरीक्षक जगदीश भट्टको कमान्डमा पाँच जनाको तालिमप्राप्त दक्ष जनशक्ति तथा तालिमप्राप्त दुई वटा लेब्राडोर अल्फा नाम गरेको फिमेल डग र जर्मन सेफर्ड जातको डेल्टा नाम गरेको मेल डगसहित केनाइन शाखा स्थापना गरेर कार्य प्रारम्भ गरिएको छ । “जर्मन सेफर्डले सीमामा हातहतियार र विष्फोटक पदार्थ चेकजाँच गर्ने र लेब्राडोर अल्फाले लागूपदार्थ जाँच गर्नेछ,” सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले भने, “सशस्त्र प्रहरी बलले कञ्चनपुरमा सीमा क्षेत्रमा व्यापक सुरक्षा सतर्कता बढाएको छ ।” शुक्रबार बिहान उद्घाटन गरिएको चेकजाँचको अनुगमनमा कञ्चनपुर जिल्ला प्रमुख अधिकारी मदन कोइराला, सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति प्रेमप्रकाश सिग्देल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीलगायत उपस्थित थिए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान नगर्ने
काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकमा रहेकाले यसपालि चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ। कांग्रेसले जारी गरेको विज्ञप्तिमा भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत थप क्षति पुर्याएको उल्लेख गरिएको छ। देशले दुःखद् परिस्थिति सामना गरिरहेका बेला कोजाग्रत पूर्णिमाको ...

बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब आठ लाख सहयोग
म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब आठ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामाअष्ट्रेलिया मा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले रु सात लाख ८३ हजार ३५८ दशमलव पाँच सहयोग गरेको हो। अष्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा संकलन गरिएको उक्त रकम जलजला गाउँपालिकाको विपद् कोषमा ...

करदाता प्रोत्साहन कार्यक्रम : ३ हजारको किनमेलमा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार
काठमाडाैं । आन्तरिक राजश्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् । दशैंका अवसरमा नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’ बाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका लागि छनोट भएको हो । काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत ...

कोजाग्रत पूर्णिमामा यस पटक कांग्रेसको चियापान कार्यक्रम नहुने
काठमाडौं।नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। देशका विभिन्न क्षेत्रमा बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्याएको र मुलुक शोकमा रहेकाले कार्यक्रम नगर्ने निर्णय गरिएको पार्टीले जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा भोटेकोसी र बूढीगण्डकीमा आएको बाढीबाट ठूलो क्षति भएको उल्लेख छ। विपद्का कारण जनधनको क्षति भएको तथा धेरै ...


