काठमाडौँ । इजरायलका राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय आज घोषणा गर्ने भएका छन् । गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा कुनै पनि पक्षले बहुमत प्राप्त गर्न नसकेपछि सरकार गठनको विषय अन्योलमा परेको छ । विपक्षी नेता गादी आइजेनकोटलाई अरब दलका १९ सांसदसहित कुल ६७ सांसदको समर्थन प्राप्त भएको दाबि गरिएको छ । यता प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पक्षमा ४६ सांसद देखिएका छन् भने सात सांसदले कुनै पक्षलाई समर्थन गरेका छैनन् । तर, आइजेनकोटलाई समर्थन गरेको दक्षिणपन्थी दल इजरायल बेइतेनुले अरब दलको समर्थनमा बन्ने सरकारमा सहभागी नहुने संकेत दिएको छ । अर्कोतर्फ, यहुदी धार्मिक दलले नेतन्याहूलाई समर्थन गर्न अस्वीकार गरेको छ । राष्ट्रपति हर्जोगले संसदीय समर्थन र राजनीतिक दलबीचको सहकार्यको सम्भावना हेरेर सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय गर्ने बताइएको छ । The post इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुँदै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






