Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आयुर्वेदमा जमरा: ‘सुपरफुड’ र बहुगुणी औषधि पनि

आयुर्वेदमा जमरा: ‘सुपरफुड’ र बहुगुणी औषधि पनि

10/21/2026, 3:19:48 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आयुर्वेदमा जमरा: ‘सुपरफुड’ र बहुगुणी औषधि पनि

काठमाडौं- बडादसैंको पवित्र अवसरमा घरघरमा जमरा राख्ने र विजया दशमीको दिन मान्यजनको हातबाट टीकासँगै जमरा लगाउने गरिन्छ । यसको धार्मिक, सांस्कृतिक मात्रै होइन, वैज्ञानिक महत्त्व र स्वास्थ्यगत फाइदाहरू पनि रहेका छन् । जमरालाई माता दुर्गा भवानीको प्रसाद र उनको स्वरूपको रूपमा लिइन्छ । घटस्थापनाका दिन कलश स्थापना गरी राखिने जमरामा नवदुर्गाको शक्ति आह्वान गरिएको हुन्छ । हरिया जमरालाई जीवनमा हरियाली, सुख, शान्ति, समृद्धि र आरोग्यको प्रतीक मानिन्छ । दसैं पर्व प्रकृति, कृषि र वनस्पतिसँग गहिरो रूपमा जोडिएको छ । नयाँ अन्न (यव वा जौ) लाई अङ्कुरित गरेर प्रसादको रूपमा ग्रहण गर्नु प्रकृतिको पूजा र कृतज्ञता प्रकट गर्नु हो । दसैंमा टीकासँगै लगाइने जमरा केवल धार्मिक आस्थाको विषय मात्र नभई यो शारीरिक स्वास्थ्यका लागि समेत अत्यन्त गुणकारी र लाभदायक मानिन्छ । जमराको सेवनले स्वास्थ्यमा हुने फाइदाहरू – जौको जमरालाई आयुर्वेदमा एक प्रकारको सुपरफुडु मानिन्छ । यसको रस वा सेवनले स्वास्थ्यलाई धेरै किसिमले फाइदा पुर्‍याउँछ । – जमरामा क्लोरोफिल उच्च मात्रामा पाइन्छ, जसले रगत सफा गर्न र शरीरमा अक्सिजनको मात्रा बढाउन मद्दत गर्छ । – यसमा पाइने भिटामिन ए, सी, ई, के, एन्टिअक्सिडेन्ट र मिनरल्सले शरीरको इम्युन सिस्टमलाई बलियो बनाउँछ । – जमराको रस वा यसको नियमित सेवनले पेटको ग्यास्ट्रिक, अपच र कब्जियत जस्ता समस्याहरूलाई कम गर्न सहयोग गर्छ । – यसले शरीरमा जम्मा भएका विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्दछ । – जमराको नियमित सेवनले रगतमा चिनीको मात्रा र उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सघाउ पुर्‍याउँछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

एआई कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी
ताजा खबरJust now

एआई कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी पुगेको छ। वाल स्ट्रिट जर्नलको प्रतिवेदनले कम्पनीको घाटासम्बन्धी यस्तो विवरण सार्वजनिक गरेको हो। एआई प्रविधिको बढ्दो मागअनुसार कम्प्युटिङ क्षमता विस्तार गर्न ठूलो लगानी आवश्यक भइरहेका बेला कम्पनीको घाटाको विवरण बाहिर आएको हो। प्रतिवेदनअनुसार एन्थ्रोपिकलाई आफ्नो कम्प्युटिङ पूर्वाधार विस्तार गर्न ७५० अर्ब डलर बराबरको लगानी आवश्यक पर्ने देखिएको छ। प्रारम्भिक सार्वजनिक ...

कर्पोरट खबर
बाढीले खोस्यो दसैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
ताजा खबरJust now

बाढीले खोस्यो दसैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएपछि बर्दियाका परिवारले यस वर्ष दसैंमा टीका लगाएर खुसी साट्न पाएनन् । डेढ महिनादेखि बेपत्ता आफन्त फर्किने आशामा रहेका उनीहरूका लागि दसैं पीडा र प्रतीक्षामै बित्यो । ...

कान्तिपुर
भक्तपुरमा एकान्त कुमारीको हातबाट सर्वसाधारणले लगाए दसैँको टीका
ताजा खबरJust now

भक्तपुरमा एकान्त कुमारीको हातबाट सर्वसाधारणले लगाए दसैँको टीका

भक्तपुर । विजयादशमीको अवसरमा भक्तपुरस्थित तलेजुमा जीवित देवीका रूपमा पुजिँदै आएकी एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट स्थानीय तथा सर्वसाधारणले दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। तलेजुमा परम्पराअनुसार सबैभन्दा पहिले एकान्त कुमारी लुनिभाले शुभसाइतको टीका ग्रहण गरेकी थिइन्। त्यसपछि तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले कुमारीको हातबाट टीका लगाएपछि सर्वसाधारणका लागि टीका ग्रहण गर्ने व्यवस्था मिलाइएको थियो। तलेजुका ...

कर्पोरट खबर
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण
ताजा खबरJust now

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण

भक्तपुर – विजयादशमीको दिन बुधबार जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play