काठमाडौं, मंसिर २ । नेपाल प्रहरीका ३ जना प्रहरी उपरीक्षक (एसपी) सहित केही प्रहरी अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) डा. मनोज केसीले तीन एसपीसहित केही अधिकारीका सरुवा गर्नुभएको हो । सरुवाअनुसार प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखामा कार्जी कुमार आचार्यलाई ल्याइएको छ । कर्मचारी प्रशासन शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ । यस्तै एसपी सुदीप पाठकलाई प्रहरी हेडक्वार्टर स्थित विशेष ब्युरोमा सरुवा गरिएको छ । आईजीपी केसीले ८ जना डीएसपीहरुको पनि काज सरुवा गर्ने निर्णय गर्नुभएको छ । प्रहरी हेडक्वार्टरको केन्द्रीय लेखामा डीएसपी विश्वराज अधिकारी, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा तर्कराज पाण्डे र कर्मचारी प्रशासन शाखामा दानबहादुर थापालाई ल्याइएको छ । प्रहरीमा कर्मचारी प्रशासन र लेखा निकै महत्वपूण मानिन्छ । सरुवा बढुवा र पैसाको चलखेल हुने दुवै शाखामा आइजीपीले आफ्ना खास ब्यक्तिलाई जिम्मा दिने गरेका छन । कर्मचारी प्रशासन शाखामा कार्यरत मदक कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । प्रबन्धमा कार्यरत प्रकाश थापालाई पहरा गण र केन्द्रीय लेखा प्रमुख शेखरजंग मल्ललाई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ । यस्तै अछामका डीएसपी पविन्द्र बमलाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालत स्थित सुरक्षा कार्यालयमा सरुवा गरिएको छ ।
आइजीपी मनोजले फाले कर्मचारी प्रशासन र लेखाका हाकिम : ३ एसपी र ८ डिएसपीको जिम्मेवारी हेरफेर

Read Complete Original Article
Published originally on जनताटाइम्स






