काठमाडौं।नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता भएको छ। मिश्रीले आज अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ। भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गरेका छन्। त्यस अवसरमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।
अर्थमन्त्री डा. वाग्लेसँग भारतका विदेश सचिवको भेटवार्ता

Read Complete Original Article
Published originally on नेपालन्युज





