Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

१० बुँदे सहमतिसहित नेकपा र नेपाल कम्युनिस्ट पार्टीबीच एकता

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० बुँदे सहमतिसहित नेकपा र नेपाल कम्युनिस्ट पार्टीबीच एकता
Photo / Coverage: पर्दाफास

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । मंगलबार दुई पार्टीबीच कम्युनिस्ट आन्दोलनको एकीकरण प्रक्रिया अगाडि बढाउन १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आवश्यक रहेको उल्लेख गरिएको छ । सहमति अनुसार एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने छ । पार्टीको तात्कालिक कार्यनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने उल्लेख छ । दुई पार्टीबीचको सहमतिमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने जनाइएको छ । समय र परिस्थितिअनुसार आन्दोलनका सबै रूप प्रयोग गर्न सकिने तथा सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनको मोर्चाका रूपमा उपयोग गरिने सहमति भएको छ । एकता राष्ट्रिय महाधिवेशन आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिनेछ । त्यसअघि केन्द्रीय समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा संगठनात्मक समायोजन गरिनेछ । त्यस्तै, सबै तहका पार्टी समिति र जनसंगठनमा सहमतिका आधारमा एकता तथा समायोजन गरिने सहमति भएको छ । यस्तो समायोजनको काम आगामी मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने सहमति पत्रमा उल्लेख छ । दुई पार्टीबीचको यो सहमतिले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्तिका लागि साझा राजनीतिक तथा संगठनात्मक आधार तयार गर्ने लक्ष्य राखेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निजी र सार्वजनिक लगानी सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : उपाध्यक्ष भट्ट
OthersJust now

निजी र सार्वजनिक लगानी सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : उपाध्यक्ष भट्ट

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले आर्थिक प्रतिफल, सामाजिक प्रतिफल र वातावरणीय जोखिमलाई मुल्यांकन गर्दै निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले नेपालको… ...

अनलाइन खबर
के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका
OthersJust now

के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका

के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो रगतको सबैभन्दा सानो हिस्साले पनि मस्तिष्कको गम्भीर रोगबारे महत्त्वपूर्ण रहस्य खोल्न सक्छ ? पार्किन्सन्स रोगबारे स्पेनमा गरिएको एउटा अध्ययनले यस्तै नयाँ तथ्य सार्वजनिक गरेको छ । हाम्रो रगतमा हुने प्लेटलेट्समा देखिने आणविक परिवर्तनले पार्किन्सन्सजस्तो गम्भीर स्नायु रोगको अवस्था बिग्रँदै गएको पूर्वसंकेत दिन सक्छ भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन्… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play