हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन् । यो सञ्जाल हिमालयका याक कृषक समुदायमा मात्र केन्द्रित पहिलो क्षेत्रीय मञ्च हो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०का अनुसार यसको स्थापना कृषक, सरकार र विकास साझेदारबीच करिब एकदशकदेखि जारी सहकार्यको परिणाम हो । जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण र बसाइँसराइका कारण हिमाली समुदायले बढ्दो चुनौतीको सामना गरिरहेका बेला यो सञ्जाल स्थापना हुन लागेको हो । महोत्सवमा भुटानका राजा तथा प्रधानमन्त्रीको उपस्थिति रहने इसिमोडले जनाएको छ । यो सञ्जाल याक कृषक समुदायबीच सामूहिक पैरवी, ज्ञान आदानप्रदान, क्षमता विकास र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्षेत्रीय मञ्च हो । कृषकद्वारा स्थापित र उनीहरूकै नेतृत्वमा सञ्चालित विश्व ‘रेनडियर एसोसिएसन’बाट प्रेरित यस सञ्जालको नेतृत्व हिमालय क्षेत्रका याकपालक कृषकले गर्नेछन् । यसको सचिवालय भुटानमा रहनेछ । महोत्सवमा याक तथा चौँरी कृषक महासंघ नेपाल, भुटान याक महासंघ र भारत याक महासंघका साथै नेपाल, भुटान र भारतका सरकारी प्रतिनिधिहरू, अनुसन्धानकर्ता, विकास साझेदार तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ । महोत्सव यही असोज ६ र ७ गते भुटानमा हुँदैछ । याकपालनले हिमाली भेगमा बसोबास गर्ने समुदायको जीविकोपार्जन, संस्कृति र स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँछ । तथापि, तीनै याकपालक समुदायले विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् । इसिमोडका वरिष्ठ पशुपालन तथा चरन क्षेत्र विशेषज्ञ ताशी दोर्जीका अनुसार याकपालक समुदायले खासगरी याक चौँरीको सङ्ख्या घट्दो क्रममा रहेको, चरन क्षेत्रहरू खुम्चिँदै र क्षयीकरण हुँदै गएका, जलवायु परिवर्तनका असरहरू, याकको आनुवंशिक विविधतामा ह्रास, वन्यजन्तुबाट हुने पशुधन क्षति, बजार तथा सेवामा सीमित पहुँच, उच्च पहाडी र हिमाली क्षेत्रबाट युवाको बसाइँसराइजस्ता चुनौतीको सामना गरिरहेका छन् । यी चुनौती राष्ट्रिय सीमाभन्दा परसम्म फैलिएका छन् र तिनको समाधानका लागि क्षेत्रीय सहकार्य आवश्यक छ । हिमालय याक कृषक सञ्जालले सामूहिक पैरवी, ज्ञान आदानप्रदान, क्षमता विकास र सीमापार सहकार्यका लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्नेछ । तीनै देशका राष्ट्रिय महासङ्घलाई एकै ठाउँमा ल्याउँदै यस सञ्जालले उत्थानशील जीविकोपार्जनका अवसर विस्तार गर्ने, स्वस्थ चरन क्षेत्रको संरक्षण गर्ने र याकका आनुवंशिक स्रोतको संरक्षणलाई सुदृढ बनाउने लक्ष्य राखेको विशेषज्ञ दोर्जीको भनाइ छ । क्षेत्रीय याक कृषक सञ्जालको परिकल्पना सन् २०१६ मा भएको थियो । त्यसबेला इसिमोडको कञ्चनजङ्घा भू–परिदृश्य संरक्षण तथा विकास पहलमार्फत तीनै देशका याक कृषक, अनुसन्धानकर्ता तथा सरकारी प्रतिनिधि एकै ठाउँमा भेला भएका थिए । सन् २०१८ मा यस क्षेत्रका प्रतिनिधि नर्वेमा आयोजित आर्कटिक फ्रन्टियर्स सम्मेलनमा सहभागी भए र विश्व रेनडियर कृषक सङ्घसँग अन्तरक्रिया गरेका थिए । उक्त सङ्घको सीमापार मोडेलबाट प्रेरित भएर हिन्दुकुश हिमालय क्षेत्रमा पनि यस्तै क्षेत्रीय मञ्च स्थापना गर्ने अवधारणा विकसित भएको हो । त्यसपछि तीनै देशले क्षेत्रीय सञ्जाल स्थापना गर्नुअघि सशक्त राष्ट्रिय महासंघ गठन गर्ने सहमति गरेका थिए । सोहीअनुसार भुटानमा सन् २०२२, नेपालमा सन् २०२३ र भारतमा सन् २०२५ मा राष्ट्रिय महासंघ औपचारिक रूपमा गठन भएका थिए । सन् २०२५ मा भियतनाममा आयोजित विकासशील देशका लागि दिगो पशु कृषिसम्बन्धी दशौँ सम्मेलनमा महासङ्घका नेतृत्वकर्ता र सरकारी प्रतिनिधिले हिमालय याक कृषक सञ्जालको स्थापना गर्ने औपचारिक प्रतिबद्धता जनाएका थिए । भुटानको रोयल हाइल्यान्ड महोत्सवमा हुन लागेको यो शुभारम्भ हिमालयका याक कृषक समुदाय र उनीहरूका साझेदारबीच करिब एकदशकदेखि हुँदै आएको सहकार्यको महत्त्वपूर्ण उपलब्धि हो । तीन देशमा चरन क्षेत्र र याकपालनको अवस्थाहिन्दूकुश हिमालय क्षेत्रको ६० प्रतिशतभन्दा बढी भू–भाग चरन क्षेत्रले ओगटेको छ । जीविकोपार्जनका लागि प्रत्यक्ष रूपमा निर्भर रहेका दुई करोड ५० लाखदेखि तीन करोड आदिवासी तथा स्थानीय समुदायका लागि चरन क्षेत्र नै प्रमुख स्रोत हो । राष्ट्रिय कृषि गणना ९२०२१/२२० अनुसार, नेपालका नौ हजार ८९९ कृषकले अनुमानित ५३ हजार १९५ याक/नाक/चौँरी पालेका छन् । नेपालको कर्णाली प्रदेशमा मात्रै चरन क्षेत्रले देशको कुल क्षेत्रफलको ३४ प्रतिशत हिस्सा ओगटेको छ । यहाँ ९२ प्रजातिका औषधीय वनस्पति पाइन्छन्, जसमध्ये ८२ प्रजातिको हाल बजारमा सक्रिय रूपमा कारोबार हुन्छ । यी वनस्पतिको व्यापारबाट वार्षिक करिब तीन करोड ६० लाख नेपाली रुपैयाँ आम्दानी हुने गरेको छ । भारतको २०औँ पशुधन गणना (२०१९) अनुसार, देशमा करिब ५८ हजार याक थिए । याक फेडेरेसन अफ इन्डियाका अनुसार, सन् २०२६ मा फेडेरेसनका ५२६ सदस्य घरधुरीसँग करिब ३२ हजार याक छन् । भुटानको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनएसबी) को सन् २०२४ को तथ्याङ्कअनुसार, देशका ७४६ घरधुरीले कुल २९ हजार ४३२ याक पालेका छन् । देशको कुल पशुजन्य उत्पादनमा याकपालनको योगदान चार प्रतिशत रहेको छ । भुटान, भारत र नेपालमा विगतका केही दशकयता भू–उपयोगको बदलिँदो स्वरूप, चरन क्षेत्रको क्षयीकरण, जलवायुजन्य दबाब र सामाजिक–आर्थिक परिवर्तनका कारण याकको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको इसिमोडको तथ्याङ्क छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

मुस्ताङ हुँदै ३५ करोड बढीका भेडाच्याङ्ग्रा निकासी
हिमालका उच्च लेक, बुकी र पाटनमा हुर्किएका भेडाच्याङ्ग्रा दशैँ नजिकिएसँगै बेँसी झरेका छन् । मुस्ताङका खर्कदेखि कर्णालीका हिमाली बस्तीसम्म पालिएका भेडाच्याङ्ग्रा जोमसोमको बाटो हुँदै पोखरा, काठमाडौंलगायतका सहरमा पुग्दा यस वर्ष दशैँ लक्षित पशुधनको कारोबार ३५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । हिमाली पशुपालन, स्थानीय व्यापार र दशैँको परम्परासँग जोडिएको यो कारोबारले मुस्ताङ मार्गलाई फेरि एकपटक चलायमान बनाएको छ । कृषि तथा पशु विकास ...

चर्चामा ‘एनपीएल’को तेस्रो संस्करण, दर्शकमा बढदो ‘क्रेज’
नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ। तिथि नजिकिएसँगै आयोजकले तयारी पनि तीब्र पारिरहेको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको सुरुआत हुँदैछ । आयोजकहरुका अनुसार यस पटकको आयोजना विगतको भन्दा थप भव्य हुने अपेक्षा गरिएको ...

नारायणगढको ट्राफिक लाइटको तार चोरी, परीक्षण प्रभावित
२ कात्तिक, चितवन । चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ । तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ । केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ । नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको… ...

ट्रम्पविरुद्ध ओबामाले जारी गरेको विज्ञप्तिमा के छ ?
२ कात्तिक, काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले डेमोक्र्याट सांसद इल्हान ओमारविरुद्ध ट्रम्प प्रशासनले अगाडि बढाएको कानुनी कारबाहीको कडा शब्दमा भर्त्सना गरेका छन् । मिनेसुटाबाट प्रतिनिधित्व गर्ने सांसद ओमारमाथि दशकौँ अगाडि अमेरिकी नागरिकता प्राप्त गर्दा फर्जी कागजात पेस गरेको आशङ्कामा भइरहेको छानबिनलाई ओबामाले राजनीतिक प्रतिशोध र धम्कीको पराकाष्ठा भनेका छन् । लामो समयसम्म राष्ट्रपति… ...


