Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

लुसर्न (स्विट्जरल्यान्ड) । जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेका बेला त्यहाँ वर्षौंदेखि बरफभित्र दबिएका पुराना वस्तु, ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् । यस्ता सामग्री समेटेर लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुष, मेयोनेजको खाली ट्युब, फ्याँकिएको वाइनको बोतल, पर्वतारोहीको फुटेको हेल्मेट र रोमनकालीन मूर्तिलगायतका वस्तु राखिएका छन् । गाईको खप्पर, जुत्ता, स्विस सेनाको पुरानो प्रकारको चक्कु र स्कीका सामग्री पनि प्रदर्शनीमा समावेश छन् । स्विस हिमनदीविद्हरूले यस वर्ष देशका हिमनदीको कुल क्षेत्रफलको ५.५ प्रतिशत भाग गुमेको बताएका छन् । यो अभिलेख राख्न थालिएयताकै दोस्रो ठूलो गिरावट हो । हिमनदी तीव्र गतिमा पग्लँदै गएपछि त्यहाँ सुरक्षित रहेका सामग्री र वातावरणीय इतिहासका प्रमाण हराउनुअघि सार्वजनिक गर्न प्रदर्शनी आयोजना गरिएको ग्लेसियर गार्डेनका निर्देशक आन्द्रेयास बुरीले बताए । “हिमनदी अहिले निकै तीव्र गतिमा हराइरहेका छन् । ती पूर्ण रूपमा हराउनुअघि हामीले गुमाउन लागेका महत्त्वपूर्ण र रोचक अभिलेख मानिसलाई देखाउन चाहेका छौँ”, उनले भने । प्रदर्शनीमा वस्तुहरू मात्र नभई स्विस हिमनदीका भिडियो, वर्षौंको पग्लने दर देखाउने तथ्याङ्क र हिमनदी कसरी बग्छ भन्ने बुझाउने नमूना पनि राखिएका छन् । केही सामग्री मानिसले हराएका वा फ्याँकेका फोहोरसमेत हुन सक्ने बुरीले बताए । ती वस्तु कसरी त्यहाँ पुगे भन्ने यकिन नभए पनि हिमनदी पग्लँदा के–कस्ता सामग्री बाहिर आउँछन् भन्ने बुझ्न प्रदर्शनी उपयोगी हुने उनको भनाइ छ । प्रदर्शनीमा राखिएका वस्तुहरू पहाडबाट सामग्री सङ्कलन गरेर प्रयोगशालासम्म पुर्‍याउन प्रयोग हुने सेता बाकसहरूमाथि सजाइएको छ । यसले गोदाममा सामग्री राखिएको जस्तो दृश्य प्रस्तुत गर्छ । हिमनदीबाट निकालिएको बरफको एउटा सिलिन्डर पनि राखिएको छ, जुन पग्लँदै झर्ने अवस्थामा देखिन्छ । यसले प्रकृतिमा भइरहेको तीव्र परिवर्तनलाई स्मरण गराउँछ । हिमनदीले ठोस वस्तु मात्र नभई वातावरणीय इतिहासका सूक्ष्म प्रमाणसमेत सुरक्षित राखेका छन् । प्रदर्शनीमा परागकण, हरितगृह ग्यास र २०औँ शताब्दीको मध्यतिर भएका आणविक परीक्षणबाट उत्पन्न रेडियोधर्मी पदार्थका सूक्ष्म कण बरफमा जमेर बसेको तथ्य पनि प्रस्तुत गरिएको छ । त्यस्तै, करिब ५०० वर्षअघि, १६औँ शताब्दीको मध्यतिर खडेरी र असाधारण गर्मीका कारण वनमा लागेको डढेलोबाट उत्पन्न कालो धुवाँका कण र कोइलाका अवशेषसमेत बरफमा सुरक्षित रहेको देखाइएको छ । यी प्रमाणले विगतमा पनि उच्च तापक्रम र चरम मौसमी अवस्था रहेको बुझ्न मद्दत गर्छन् । प्रदर्शनीमा मानव अवशेष राखिएका छैनन् । तर, हिमनदी पग्लँदा दशकौँअघि बेपत्ता भएका पर्वतारोहीका शवसमेत फेला पर्ने गरेका छन् । गत अगस्टमा लुसर्नको दक्षिणमा रहेको ट्रिफ्ट हिमनदी नजिकै दशकौँअघि बेपत्ता भएका दुई बेल्जियम पर्वतारोहीका शव भेटिएका थिए । सन् २०१५ मा प्रसिद्ध म्याटरहर्न हिमाल नजिकै सन् १९७० मा हराएका दुई जापानी पर्वतारोहीका अवशेष फेला परेका थिए । हिमनदीमा संरक्षित वस्तु र प्रमाणले विगतको मानव गतिविधि, प्राकृतिक अवस्था र वातावरणीय परिवर्तनबारे महत्त्वपूर्ण जानकारी दिने भएकाले यस्ता सामग्रीको संरक्षण र अध्ययन आवश्यक रहेको प्रदर्शनीले देखाएको छ । यो प्रदर्शनी आगामी अगस्ट २२ सम्म सञ्चालन हुनेछ । -एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

आफ्नै आँगनमा अपरिचित हुँदा र खरानी राष्ट्रिय धरोहर देख्दा मन कटक्क
ताजा खबरJust now

आफ्नै आँगनमा अपरिचित हुँदा र खरानी राष्ट्रिय धरोहर देख्दा मन कटक्क

विशेषगरी वसन्तपुर र हनुमानढोका क्षेत्रमा मानिसहरू एकअर्कालाई ठेल्दै हिँड्नुपर्ने अवस्था थियो। ...

हाम्राकुरा
भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने युग सकियो -अर्थमन्त्री वाग्ले
ताजा खबरJust now

भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने युग सकियो -अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, सुशासन, रोजगारी र असल छिमेकी सम्बन्ध रहेको बताएका हुन् । उनले भने, ‘अहिले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी-इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो।’ नेपाल ...

केन्द्रबिन्दु
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने
ताजा खबरJust now

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं।नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड ...

नेपालन्युज
विश्वकपको तयारीमा नेपाली यु–१९ महिला टोली, तयारी खेल चीन र भारतमा खेल्ने
ताजा खबरJust now

विश्वकपको तयारीमा नेपाली यु–१९ महिला टोली, तयारी खेल चीन र भारतमा खेल्ने

नेपाली यु–१९ महिला क्रिकेट टोलीले आइसिसी महिला टी–२० विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीले चीन र भारतमा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार, नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play