भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने युग सकियो -अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, सुशासन, रोजगारी र असल छिमेकी सम्बन्ध रहेको बताएका हुन् । उनले भने, ‘अहिले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी-इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो।’ नेपाल र भारतको भाग्य तथा भविष्य एकअर्कासँग जोडिएको उल्लेख गर्दै उनले भारतसँगको सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए । नेपालका प्रधानमन्त्री बालेन शाहले पनि चाँडै भारत भ्रमण गर्ने अपेक्षा रहेको उनले बताए । साथै वाग्लेले विपद्का बेला भारतले गरेको सहयोगको प्रशंसा गर्दै जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसबाट क्षति भएका पूर्वाधार पुनर्निर्माण गर्न नेपालले ऋण लिनुपर्ने अवस्थामाथि प्रश्न उठाए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मादीबाट मकालु चिहाउँदा... (तस्बिरहरू)
संखुवासभा। शरद ऋतुको आगमनसँगै खुलेको सफा नीलो आकाशले नेपालका हिमशृङ्खलाहरूको सौन्दर्यलाई अझ निखारेको छ। सङ्खुवासभा जिल्लास्थित ऐतिहासिक तथा प्राकृतिक रूपमा समृद्ध मादी नगरपालिका क्षेत्रबाट कैद गरिएका मकालु हिमालकाे सङ्ग्रहले यहाँको ग्रामीण... ...

आगामी हप्ताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
काठमाण्डु – नेपाल मौसम विज्ञान विभागले आगामी हप्ताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले हप्ताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने हप्ताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए । ‘हप्ताको अन्त्यमा कोशी, […] ...

नेपाली ‘यू–१९’ क्रिकेट टोलीले २ अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने
काठमाडौं । नेपाली ‘यू–१९’ महिला क्रिकेट टोलीले ‘आईसीसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा २ अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी ३ देखि ८ नोभेम्बरसम्म चीनमा आयोजना हुने ...

द्वन्द्वका घाउ बोकेर बाँचिरहेछन्, राज्यले चिन्नै बाँकी छ
सशस्त्र द्वन्द्वमा कुनै पक्षमा नलागे पनि बम र गोलीबाट घाइते भएकाहरू राज्यको राहत, क्षतिपूर्ति र परिपूरणबाट वञ्चित छन् । देशभरका यस्ता पीडितको एउटै माग छ- राज्यले आफूहरूलाई चिनोस् र न्याय देओस् । ...


