Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हिन्दू-मुस्लिम आस्थाको सेतु मलंगबाबा

हिन्दू-मुस्लिम आस्थाको सेतु मलंगबाबा

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिन्दू-मुस्लिम आस्थाको सेतु मलंगबाबा

जनकपुरधाम। मिथिलाञ्चलमा ‘मलंगबाबा’ रहस्य र आस्थाले घेरिएका पात्र मानिन्छन्। हिन्दू समुदायले मलंगनाथ र मुस्लिम समुदायले मलंगबाबाका रूपमा श्रद्धा गर्ने उनीसँग सम्बन्धित समाधिस्थल तथा मजारहरू मिथिलाका विभिन्न स्थानमा भेटिन्छन्। ती स्थलमा दुवै समुदायका मानिसले पूजा-आराधना गर्ने गरेका छन्। कतिपय ठाउँमा मलंगबाबाको सम्झनामा पिण्ड आकारका संरचना बनाइएका छन् भने कतै मजारका रूपमा समाधिस्थल रहेका छन्। एउटै नामका समाधि र मजार विभिन्न ठाउँमा भेटिनुले मलंगबाबाको पहिचान र परम्पराबारे थप जिज्ञासा उत्पन्न गर्छ। लोकविश्वासअनुसार मलंगबाबाले समाजमा व्याप्त विभेद हटाउन, मानवता र प्रेमको सन्देश फैलाउन तथा जनकल्याणका काम गर्न भूमिका खेलेका थिए। मिथिलाको लोकविश्वासमा मलंगबाबालाई सुफी सन्त वा सांसारिक मोह त्यागेर साधनामा लीन रहने विरक्त तपस्वीका रूपमा लिइन्छ। सुफी परम्परामा ‘मलंग’ शब्द सांसारिक सुखसुविधा र मोह त्यागेर ईश्वरको भक्तिमा समर्पित साधकका लागि प्रयोग हुने गरेको पाइन्छ। सर्लाही सदरमुकाम मलंगवामा रहेको मलंगबाबाको समाधि। लोकविश्वासअनुसार मलंगबाबाले समाजमा व्याप्त विभेद हटाउन, मानवता र प्रेमको सन्देश फैलाउन तथा जनकल्याणका काम गर्न भूमिका खेलेका थिए। उनको जीवनकालमा रोग निवारण र जनताको कल्याणका लागि चमत्कारिक काम गरेको विश्वास पनि जनमानसमा छ। अहिले पनि उनका समाधिस्थलमा पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वासका कारण विभिन्न ठाउँमा रहेका ती स्थलमा मानिसहरू श्रद्धापूर्वक पुग्ने गरेका छन्। मलंगबाबाको नामबाट मलंगवा सर्लाहीको सदरमुकाम मलंगवामा मलंगबाबाको मजार छ। त्यहाँ हिन्दू र मुस्लिम दुवै समुदायका मानिसले समान आस्थाका साथ पूजा गर्ने गरेको स्थानीय सञ्चारकर्मी मनोजकुमार यादव बताउँछन्। यादवका अनुसार स्थानीय मलंगबाबाकै नामबाट यस सहरको नाम मलंगवा रहन गएको मानिन्छ। उनका भनाइमा मलंगबाबाको स्थल धार्मिक सहिष्णुता र सामुदायिक सद्भावको उदाहरण हो। उक्त मजारमा दुवै समुदायका मानिसले उत्तिकै श्रद्धाका साथ पूजा गर्ने गरेका छन्। मलंगवा नगरपालिकाले पनि हिन्दू र मुस्लिम दुवै समुदायले पूजा गर्ने स्थानीय मलंगबाबाको स्थलका नामबाट सहरको नामकरण भएको मानिने उल्लेख गरेको छ। मलंगबाबाको समाधिस्थलको उल्लेखनीय पक्ष नै यसको साझा धार्मिक महत्त्व हो। फरक धार्मिक परम्परा मान्ने समुदायले एउटै स्थलप्रति श्रद्धा राख्नु मधेशको बहुधार्मिक सामाजिक संरचनाको महत्त्वपूर्ण पक्ष हो। मलंगवा नगरपालिकाले पनि हिन्दू र मुस्लिम दुवै समुदायले पूजा गर्ने स्थानीय मलंगबाबाको स्थलका नामबाट सहरको नामकरण भएको मानिने उल्लेख गरेको छ। यद्यपि, यो परम्परा कहिलेदेखि सुरु भयो र यसको विकास कसरी भयो भन्ने विषयमा स्थानीय मौखिक इतिहास, पुराना अभिलेख तथा धार्मिक परम्पराको थप अध्ययन आवश्यक देखिन्छ। जनक मन्दिर परिसरमा मलंगनाथको समाधि जनकपुरधामको जनक मन्दिर परिसरमा पनि मलंगनाथको समाधिस्थल छ। मन्दिर परिसरमा रहेका विभिन्न मूर्ति तथा धार्मिक संरचनामध्ये महादेवको मन्दिरनजिकै मलंगनाथको मजार देख्न सकिन्छ। जनकपुरधामको जनक मन्दिर परिसरमा मलंगनाथको समाधिस्थल। मन्दिरका पुजारीले उक्त समाधिस्थलमा दैनिक पूजा गर्ने गरेका छन्। मन्दिरका महन्थ वैद्यनाथ गिरिका अनुसार उक्त स्थानमा मजारजस्तो देखिने संरचना छ। उनले आफूले आफ्ना गुरूबाट सुन्दै आएको जानकारीका आधारमा उक्त समाधिस्थल मलंगबाबाको भएको बताए। यद्यपि, मलंगबाबाको जीवन र इतिहासबारे आफूलाई थप जानकारी नभएको उनले स्पष्ट पारे। जनकपुरधाम र मलंगवामा रहेका समाधिस्थलले मलंगबाबासम्बन्धी लोकआस्था एउटै ठाउँमा सीमित नभएको देखाउँछन्। तर ती सबै समाधिस्थल एउटै ऐतिहासिक व्यक्तिसँग सम्बन्धित हुन् वा ‘मलंग’ नाम कुनै सन्त परम्परा वा सम्प्रदायसँग जोडिएको हो भन्ने विषयमा थप खोज र अनुसन्धान आवश्यक छ। सुफी परम्परा र सामाजिक सद्भाव प्राचीन तथा मध्यकालीन मिथिलाञ्चल, विशेषगरी मिथिला र उत्तरी बिहारको क्षेत्र, हिन्दू सभ्यता, दर्शन र शक्तिउपासनाको केन्द्रका रूपमा मात्र परिचित थिएन। यो क्षेत्र सुफी सन्तहरूको गतिविधि तथा सामाजिक-सांस्कृतिक अन्तरघुलनको थलो पनि रहँदै आएको मानिन्छ। सन्तहरूले गीत तथा अन्य माध्यमबाट समाजलाई दिशानिर्देश गर्ने, सामाजिक समस्या समाधानका लागि पहल गर्ने र रोगव्याधिका बेला उपचार तथा औषधिमूलो गर्ने गरेका थिए। समयक्रममा सुफी परम्पराको प्रभाव विस्तार हुँदै जाँदा हिन्दू र मुस्लिम दुवै समुदायले विभिन्न सन्तप्रति श्रद्धा व्यक्त गर्ने चलन विकसित भएको देखिन्छ। मलंगबाबासँग जोडिएको आस्थालाई पनि यही परम्पराको सन्दर्भमा हेर्ने गरिन्छ। साहित्यकार रोशन जनकपुरीका अनुसार मिथिला क्षेत्रमा ११औँ शताब्दीतिर सुफी परम्पराको प्रभाव बढ्न थालेको थियो भने १६औँ शताब्दीतिर यसको प्रभाव अझ विस्तार भएको थियो। उनका विचारमा मलंगबाबा कुनै एक व्यक्तिभन्दा पनि सुफी सन्तहरूको एउटा सम्प्रदाय वा परम्पराको प्रतिनिधित्व गर्ने पात्र हुन सक्छन्। यही कारण विभिन्न स्थानमा एउटै नामका समाधि र मजार भेटिएको हुन सक्ने उनको बुझाइ छ। सर्लाही सदरमुकाम मलंगवामा रहेको मजार। जनकपुरीले सुफी परम्पराले सामाजिक परिवर्तनमा पनि योगदान गरेको बताए। उनका अनुसार यस परम्परासँग जोडिएका सन्तहरूले सामाजिक विभेद र विकृतिविरुद्ध आवाज उठाउँदै समाजमा परिवर्तन ल्याउन भूमिका खेलेका थिए। ‘जनकपुरधामको इतिहास’ पुस्तकका लेखक साहित्यकार श्यामसुन्दर शशिले पनि मिथिला क्षेत्रमा ११औँ शताब्दीतिर सुफी परम्पराको प्रभाव विस्तार भएको बताए। उनका अनुसार सन्तहरूले गीत तथा अन्य माध्यमबाट समाजलाई दिशानिर्देश गर्ने, सामाजिक समस्या समाधानका लागि पहल गर्ने र रोगव्याधिका बेला उपचार तथा औषधिमूलो गर्ने गरेका थिए। यसले गर्दा त्यस्ता सन्तप्रति जनआस्था बढेको उनको भनाइ छ। मलंगबाबासँग जोडिएका समाधि, मजार र लोकविश्वासले मिथिलाको धार्मिक तथा सांस्कृतिक विविधतालाई उजागर गर्छन्। शशिका अनुसार मलंगबाबाको नाममा विभिन्न ठाउँमा समाधिस्थल निर्माण हुनु र ती स्थलमा पूजा हुनु यही परम्परासँग सम्बन्धित हुन सक्छ। मलंगबाबासँग जोडिएका समाधि, मजार र लोकविश्वासले मिथिलाको धार्मिक तथा सांस्कृतिक विविधतालाई उजागर गर्छन्। फरक धार्मिक आस्था भएका समुदायले साझा स्थलमा श्रद्धा व्यक्त गर्नु यस क्षेत्रको सामाजिक सद्भावको एउटा महत्त्वपूर्ण पक्ष हो। यद्यपि, मलंगबाबाको ऐतिहासिक पहिचान, उनको जीवनकाल र विभिन्न समाधिस्थलबीचको सम्बन्ध स्पष्ट पार्न थप ऐतिहासिक तथा सांस्कृतिक अनुसन्धान आवश्यक छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

जुम्लामा लोप हुँदै रैथाने बाली
ताजा खबरJust now

जुम्लामा लोप हुँदै रैथाने बाली

सिँजा। जुम्लामा परम्परागत रूपमा खेती गरिँदै आएका रैथाने बालीहरू पछिल्लो समय सङ्कटमा परेका छन्। चिनो, कागुनो, फापर, कोदो र तिलखुरो जस्ता स्थानीय अन्नबालीप्रति किसानको आकर्षण घट्दै जाँदा तिनको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। पातारासी गाउँपालिका-६, घोडेसिनकी ६४ वर्षीया चुक्की महताराका अनुसार पहिले खेतबारीमा प्रशस्त मात्रामा लगाइने यी बालीहरू अहिले लोप हुने अवस्थामा पुगेका छन्। उहाँले लामो समयदेखि गर्दै आएको रैथाने बालीको ...

नेपालन्युज
नेतान्याहूका प्रमुख प्रतिस्पर्धी आइजेनकोट को हुन् ?
ताजा खबरJust now

नेतान्याहूका प्रमुख प्रतिस्पर्धी आइजेनकोट को हुन् ?

तेल अभिभ । इजरायलको आगामी निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई चुनौती दिइरहेका प्रमुख विपक्षी नेता गादी आइजेनकोट पूर्वसैनिक प्रमुख हुन् । सेनामा चार दशक बिताएका ६६ वर्षीय आइजेनकोट अहिले ‘याशार’ पार्टीको... ...

रातोपाटी
चार वर्षमा तीन युद्ध लडेको इजरायलमा फेरि आमनिर्वाचन, नेतान्याहुको सत्ता दाउमा
ताजा खबरJust now

चार वर्षमा तीन युद्ध लडेको इजरायलमा फेरि आमनिर्वाचन, नेतान्याहुको सत्ता दाउमा

काठमाडौं । इजरायलमा आगामी अक्टोबर २७ मा नयाँ संसद र प्रधानमन्त्री चयनका लागि आमनिर्वाचन हुने भएको छ । सन् २०२२ पछि पहिलोपटक हुन लागेको यस निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु फेरि सत्तामा फर्किने प्रयासमा छन् । उनलाई गादी आइजेन्कोट नेतृत्वको विपक्षी दलले चुनौती दिने बताइएको छ । इजरायलको निर्वाचन प्रणालीअनुसार मतदाताले प्रधानमन्त्रीका उम्मेदवारलाई प्रत्यक्ष मतदान गर्दैनन्, बरु राजनीतिक दललाई मत दिन्छन् । ...

कर्पोरट खबर
कति छ आज विदेशी मुद्राको विनिमयदर ?
ताजा खबरJust now

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play