जुम्लामा लोप हुँदै रैथाने बाली

सिँजा। जुम्लामा परम्परागत रूपमा खेती गरिँदै आएका रैथाने बालीहरू पछिल्लो समय सङ्कटमा परेका छन्। चिनो, कागुनो, फापर, कोदो र तिलखुरो जस्ता स्थानीय अन्नबालीप्रति किसानको आकर्षण घट्दै जाँदा तिनको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। पातारासी गाउँपालिका-६, घोडेसिनकी ६४ वर्षीया चुक्की महताराका अनुसार पहिले खेतबारीमा प्रशस्त मात्रामा लगाइने यी बालीहरू अहिले लोप हुने अवस्थामा पुगेका छन्। उहाँले लामो समयदेखि गर्दै आएको रैथाने बालीको खेती पछिल्ला वर्षहरूमा निकै घटेको बताउनुभयो। त्यस्तै चन्दननाथ नगरपालिका-८ की ६७ वर्षीया प्याउरी थापाको अनुभवमा दुई दशकअघिको तुलनामा अहिले उत्पादनमा भारी गिरावट आएको छ। उहाँले भन्नुभयो, “पहिले चिनोकै भात खाइन्थ्यो। अहिले बजारको चामल सहजै गाउँमा आउँछ।” उहाँका अनुसार आयातित चामलको सहज उपलब्धताले स्थानीय अन्न खाने र खेती गर्ने परम्परा दुवै कमजोर भएको छ। थापाले अहिले व्यावसायिक रूपमा नभई बिउ जोगाउने उद्देश्यले मात्रै सीमित मात्रामा चिनो खेती गर्दै आउनुभएको छ। उहाँले कागुनो र फापरका पुराना बिउ पाउनसमेत मुस्किल पर्न थालेको बताउनुभयो। कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा दुई सय हेक्टर क्षेत्रफलमा चिनो खेतीबाट २५० मेट्रिक टन उत्पादन भएको थियो। सोही अवधिमा १३ हेक्टरमा कागुनो खेतीबाट १३ मेट्रिक टन, तीन हजार हेक्टरमा कोदो खेतीबाट चार हजार ५० मेट्रिक टन र ८७ हेक्टरमा फापर खेतीबाट ९६ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ। कार्यालयको तथ्याङ्कले खेतीको निरन्तरता कमजोर हुँदै गएको, बिउ संरक्षण गर्ने किसान घट्दै गएको र उत्पादनका लागि बजारको सुनिश्चितता नभएको सङ्केत गर्छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण
दोस्रो र तेस्रो चरणको परीक्षणलाई स्वाहिली भाषामा ‘आशा’ अर्थ लाग्ने ‘तुमैनी’ नाम दिइएको छ। ...

न्युयोर्कसँग इन्टर मियामी स्तब्ध
काठमाडौं । इन्टर मियामी मेजर लिग सकर (एमएलएस) मा आइतबार आरबी न्युयोर्क एफसीसँग २–० ले पराजित भएको छ । स्पोर्ट्स इलस्ट्रेटेड रंगशालामा घरेलु टोली न्युयोर्कलाई जित दिलाउन इमिल फोर्सबर्गले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । खेलको सातौँ मिनेटमै मियामीका मिडफिल्डर क्यासिमिरोबाट आत्मघाती गोल हुनपुग्दा न्युयोर्कले अग्रता लिएको थियो । इन्जुरी समयमा फोर्सबगले न्युयोर्कको अग्रता दोब्बर बनाए । खेलमा ...

इरानमाथि पुनः घातक सैन्य हमला हुनसक्ने ट्रम्पको चेतावनी
अमेरिकाले पूरै देश नियन्त्रणमा लिन र त्यहाँको सम्पूर्ण तेल कब्जा गर्नसक्ने दाबी गरेका छन्। ...

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । ...


