सेनाले गर्यो मौलो तथा निशान पूजा, शताब्दीयौँ पुरानो परम्परालाई निरन्तरता

नेपाली सेनाले बडादशैँको अवसर पारेर आफ्ना विभिन्न पृतना, गण, गुल्म तथा ऐतिहासिक कोतहरूमा परम्परागत विधिपूर्वक मौलो तथा निशान पूजा सम्पन्न गरेको छ । राष्ट्रिय सुरक्षा र शक्तिको प्रतीकका रूपमा लिइने हातहतियार, तोप तथा पल्टनको पहिचान झल्काउने निशान झण्डाको विधिवत पूजाआराधना गर्दै सेनाले शताब्दीयौँ पुरानो सैन्य परम्परालाई निरन्तरता दिएको हो । दशैँको महाअष्टमी र महानवमीको विशेष तिथि पारेर काठमाडौं उपत्यकास्थित सैनिक मुख्यालय, ऐतिहासिक हनुमानढोका दशैँ घर, विभिन्न पृतना तथा देशभरका सैनिक युनिटहरूमा मौलो पूजाको विशेष अनुष्ठान सञ्चालन गरिएको हो । अनुष्ठानका क्रममा सेनाका वरिष्ठ अधिकारीहरू, पण्डित तथा सैनिक टोलीको सहभागितामा विशेष मन्त्रोच्चारणका साथ मौलो थपना गरी शस्त्रास्त्रको आराधना गरिएको छ । नेपाल एकीकरणको कालखण्डदेखि नै नेपाली सेनामा युद्धकौशल, विजयश्री र शक्ति प्राप्तिको सङ्कल्पसहित मौलो र निशान पूजा गर्ने विशिष्ट सैन्य परम्परा रहिआएको छ । यस अवसरमा सेनाले प्रयोग गर्ने परम्परागत तथा आधुनिक हातहतियार, तोपखाना, सवारीसाधन एवं युनिटको प्रतिनिधित्व गर्ने विशेष निशानलाई धूप, दीप, नैवेद्य तथा रातो कपडाले सजाएर अर्चना गरिन्छ । सैनिक ब्यारेकहरूमा यस अवसरमा हर्षबढाइँ गर्नुका साथै बिगुल र ब्यान्डको विशेष धुन प्रश्तुत गर्ने प्रचलन छ । पूजाका क्रममा तान्त्रिक तथा वैदिक दुवै विधिको अवलम्बन गर्दै परम्परागत बलि अनुष्ठान समेत सम्पन्न गरिन्छ । शक्ति उपासनाको अभिन्न अङ्ग मानिने बलि विधानअन्तर्गत कतिपय ऐतिहासिक कोतहरूमा विधिपूर्वक पशुपक्षीको बलि दिने गरिन्छ भने आधुनिक सन्दर्भमा कतिपय युनिटहरूमा नरिवल, कुभिण्डो लगायतका सात्विक फलफूलको बलि दिएर पूजा सम्पन्न गर्ने अभ्यास पनि बढ्दै गएको छ । नेपाली सेनाले आफ्नो गौरवमय इतिहास, अनुशासन र सांस्कृतिक पहिचानको संरक्षणका लागि यस्ता चाडपर्व र मौलिक विधिलाई संस्थागत रूपमै निरन्तरता दिँदै आएको जनाएको छ । मौलो पूजाले सैनिक जवानहरूमा कर्तव्यनिष्ठा, वीरता र मनोबल उच्च राख्न उत्प्रेरणा दिने विश्वास गरिन्छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (मंगलबार) फोर्स गाडी दुर्घटना हुँदा नौं जना घाइते भएका छन् । कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको थियो । घाइतेमध्ये तीन जनाको अवस्था ...

कैलालीबाट अछाम जाँदै गरेको मिनी बस सुर्खेतमा दुर्घटना, ९ जना घाइते
३ कातिक, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (भदौ ३ गते) मिनीबस (फोर्स गाडी) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई… ...

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री
बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दसैँका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट ...

चाडपर्व लक्षित ‘प्रोएक्टिभ’ सुरक्षा रणनीति प्रभावकारी, ठूला दुर्घटना र अपराधमा कमी
चाडपर्व केन्द्रित सक्रिय प्रहरी परिचालन र आधुनिक प्रविधिको प्रयोगका कारण यस वर्षको बडादशैँ अवधिमा देशभरको शान्ति सुरक्षा सुदृढ रहेको नेपाल प्रहरीले जनाएको छ । सिन्धुलीको सुनकोशी नदीमा भएको यात्रुवाहक सुमो दुर्घटनाबाहेक ठूलो जनधनको क्षति हुने अन्य गम्भीर घटनाको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले दशैँलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले ‘प्रोएक्टिभ ...


