सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दसैँका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट क्षेत्रमा राहत वितरण गर्न ड्रोन प्रभावकारी बनेको बताए। ‘हामीसँग चार वटा ड्रोन छन्। रसुवा र गोरखामा सडक सम्पर्क विच्छेद भएका स्थानमा ड्रोनमार्फत राहत वितरण भइरहेको छ,’ उनले भने। बाढीमा सडक, पुललगायत भौतिक पूर्वाधार बगेपछि राहत सामग्री आपूर्ति गर्न प्राधिकरणलाई चुनौती थपिएको छ। प्रभावित नागरिकको उद्धार र राहतमा प्राधिकरणले ड्रोनको अधिकतम उपयोग गरेको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा
प्रत्येक वर्ष दशैंको अन्तिम दिन जनकपुरधाममा रावण वध कार्यक्रम आयोजना हुने गर्छ । करिब १० वर्षदेखि निरन्तर दशमीको दिन जनकपुरधामको गंगा सागर र धनुष सागर पोखरीको डिलमा रावणसहित मेघनाथ र कुम्भकर्णको पुतला बनाएर जलाईन्छ । यस वर्ष पनि बुधबार (भोली) रावण वध कार्यक्रम हुन लागेको छ । कार्यक्रमका आयोजक महावीर युवा कमिटिले रावण वध कार्यक्रमलाई प्रत्येक वर्ष भव्यता प्रदान गर्दै आएको छ ...

कर्णालीमा बालअधिकार : कानुन बलियो, कार्यान्वयन कमजोर
कर्णाली प्रदेशमा अझै पनि धेरै बालबालिका आफ्ना आधारभूत अधिकारबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेको सरोकारवालाले बताएका छन् । नेपालको संविधान र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकार सुनिश्चित गरे पनि कर्णालीमा बालअधिकारको अवस्था सन्तोषजनक नभएको उनीहरुले बताएका हुन् । बालविवाह, बालश्रम, छाउपडी प्रथा, गरिबी, शिक्षा तथा स्वास्थ्य सेवामा सीमित पहुँचलगायतका कारण कर्णालीका बालबालिकाले कानुनले सुनिश्चित गरेका अधिकार व्यवहारमा पूर्ण रूपमा उपभोग गर्न ...

२४ घण्टामा विपद्का २४ घटना : एकको मृ*त्यु, ११ जना घाइते
३ कात्तिक, काठमाडौं । बितेका पछिल्ला २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विपत्तिका घटनाबाट १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको… ...

दसैंमा प्रेसरका बिरामीले के गर्ने, के नगर्ने ?
दसैं भनेकै खुसी साटासाट गर्ने, आफन्तसँग भेटघाट गर्ने मात्र होइन । मीठोमसिनो खाएर रमाउने पर्व पनि हो । वर्षभरि कामको व्यस्तताले खानपानमा ध्यान दिन नपाएकाहरू पनि दसैंमा परिवारसँग बसेर मनपर्ने परिकारको स्वाद लिन चाहन्छन् । आफन्तसँगको जमघटमा ‘आज त खानैपर्छ’ भन्दै धेरैजसोले आफ्नो खानपानको ख्याल गर्न बिर्सिन्छन् । यस्तोमा उच्च रक्तचापका बिरामीका लागि चाडपर्वको यही… ...


