जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा

प्रत्येक वर्ष दशैंको अन्तिम दिन जनकपुरधाममा रावण वध कार्यक्रम आयोजना हुने गर्छ । करिब १० वर्षदेखि निरन्तर दशमीको दिन जनकपुरधामको गंगा सागर र धनुष सागर पोखरीको डिलमा रावणसहित मेघनाथ र कुम्भकर्णको पुतला बनाएर जलाईन्छ । यस वर्ष पनि बुधबार (भोली) रावण वध कार्यक्रम हुन लागेको छ । कार्यक्रमका आयोजक महावीर युवा कमिटिले रावण वध कार्यक्रमलाई प्रत्येक वर्ष भव्यता प्रदान गर्दै आएको छ । यस वर्ष भने रावणको पुतला ४५ फिट अग्लो हुने रावण वध कार्यक्रमका संयोजक आनन्द साहले जानकारी दिए । उनका अनुसार पुतला निर्माण कार्य २० दिनदेखि लगातार भइरहेको छ । भारतबाट आएको मूर्ति निर्माण टोलीले उत्त प्रतिमाहरु निर्माण गर्दैछ । प्रतिमा निर्माणमा अनुमानित खर्च साढे तीन लाख रुपैयाँ लागिसकेको संयोजक साहले बताए । संयोजक साहका अनुसार भोली साँझ ६ बजेदेखि रावण वध कार्यक्रम सुरु हुनेछ । यस वर्ष राम मन्दिरका महन्थ राम गिरीले रावण वध गर्नेछन् । यस वर्ष अन्य वर्षहरु भन्दा बढी दर्शक आउने अनुमान रहेको संयोजक साहले जानकारी दिए । प्रत्येक वर्ष जनकपुरधाममा रावण वध कार्यक्रम हेर्न, धनुषासहित भारतीय सिमासंग जोडिएका स्थानहरुबाट पनि मानिसहरुको भीड लाग्ने गर्छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष
३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यागमन नीतिलाई जिम्मेवार ठहराएका छन्। ट्रम्प लामो समयदेखि अध्यागमनमा कडाइ गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। ट्रम्पले करिब ८ वर्षअघि नै आफूले म्याक्रोंलाई अन्य देशबाट आउने मानिसहरूलाई ठूलो सङ्ख्यामा फ्रान्समा… ...

भारु २ करोडमा बनेको फिल्मले कसरी ३ सय करोड कमायो ?
करिब पाँच दशकअघि संसार छाडेका एक सन्त, उत्तराखण्डका पहाडमा बनेको एउटा आश्रम र ती सन्तको जीवनबाट प्रेरित एउटा फिल्म । फिल्मको सुरुवात ठूला हिन्दी फिल्मको जस्तो थिएन । तर, अहिले यो फिल्म चर्चाको केन्द्रमा छ । यसको मुख्य कारण हो, ‘हनुमान अंश’ नामक फिल्मले बक्स अफिसमा हासिल गरेको सफलता । प्रसिद्ध फिल्म समीक्षक तरण आदर्शका… ...

कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प
कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार मंगलबार बिहान कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प २३ किलोमिटर गहिराइमा गएको थियो। भूकम्पका कारण कुनै मानवीय क्षति वा ठूलो भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त नभएको एएनआइले जनाएको छ । एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट ...

डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको उद्धार, उपचारका लागि सुर्खेत लगियो
३ कात्तिक, सुर्खेत । डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ । डोल्पाको विकट बस्तीमा साल अड्किएर जटिल अवस्थामा रहेकी एक गर्भवती महिलाको उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ । शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको गर्भावस्थामा साल अड्किएपछि अवस्था जटिल बनेको थियो । उनलाई… ...


