कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार मंगलबार बिहान कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प २३ किलोमिटर गहिराइमा गएको थियो। भूकम्पका कारण कुनै मानवीय क्षति वा ठूलो भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त नभएको एएनआइले जनाएको छ । एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको छ, ‘२० अक्टोबर २०२६ मा भारतीय समयअनुसार बिहान ९ः५०ः४० बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु १३.९७६ डिग्री दक्षिण अक्षांश र १६५.५५४ डिग्री पूर्वी देशान्तरमा रहेको छ । भूकम्प २३ किलोमिटर गहिराइमा गएको र सो क्षेत्र कोरल सागर हो । भूकम्पका कारण कुनै मानवीय क्षति वा उल्लेखनीय भौतिक संरचनामा क्षति पुगेको तत्काल जानकारी प्राप्त भएको छैन। पृथ्वीमा रहेका चिरा वा भ्रंश क्षेत्रमा लामो समयदेखि जम्मा भएको तनाव अचानक मुक्त हुँदा भूकम्प उत्पन्न हुने गरेको छ । यस क्रममा उत्पन्न हुने भूकम्पीय तरङ्गहरू जमिनभित्र फैलिन्छन्। भूकम्पले पार्ने प्रभाव यसको म्याग्निच्युड, गहिराइ, बस्तीबाट दूरी तथा भवनहरूको संरचनागत मजबुतीजस्ता विभिन्न पक्षमा निर्भर हुन्छ। कम गहिराइमा जाने भूकम्पले बढी गहिराइमा जाने भूकम्पको तुलनामा बढी क्षति पु¥याउन सक्छ । किनभने भूकम्पीय तरङ्गहरू पृथ्वीको सतहसम्म पुग्न छोटो दूरी तय गर्नुपर्ने हुन्छ, जसले प्रभावित क्षेत्रमा जमिनको कम्पनलाई तीव्र बनाउन सक्छ। यद्यपि, वास्तविक क्षति स्थानीय भौगर्भिक अवस्था र वरपरका भौतिक संरचनाहरूमा पनि निर्भर हुन्छ। कोरल सागर दक्षिणपश्चिमी प्रशान्त महासागरमा अवस्थित छ। अष्ट्रेलियाको उत्तर–पूर्व तट क्षेत्रमा पर्छ । प्रशान्त महासागर वरपरको विस्तृत क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ अर्थात् प्रशान्त अग्नि घेराका कारण भूकम्पको उच्च जोखिममा रहेको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

टाइगरमाथि आक्रमणको योजना बनाएको दुई महिनापछि ऋतिकले खौरिए टाउको
बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको घटनामा पक्राउ परेका आरोपी ऋतिकले आफ्नो पहिचान लुकाउन टाउको खौरिएको खुलासा भएको छ । आक्रमणको योजना बनेको करिब दुई महिनापछि ऋतिकले आफ्नो रूप परिवर्तन गरेका थिए । पहिले लामो कपाल पालेका ऋतिकले पछि पूरै टाउको खौरिएको बताइएको छ । यसो गर्दा आफू बसेको क्षेत्रका मानिसहरूले सजिलै चिन्न नसक्ने… ...

ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष
३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यागमन नीतिलाई जिम्मेवार ठहराएका छन्। ट्रम्प लामो समयदेखि अध्यागमनमा कडाइ गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। ट्रम्पले करिब ८ वर्षअघि नै आफूले म्याक्रोंलाई अन्य देशबाट आउने मानिसहरूलाई ठूलो सङ्ख्यामा फ्रान्समा… ...

भारु २ करोडमा बनेको फिल्मले कसरी ३ सय करोड कमायो ?
करिब पाँच दशकअघि संसार छाडेका एक सन्त, उत्तराखण्डका पहाडमा बनेको एउटा आश्रम र ती सन्तको जीवनबाट प्रेरित एउटा फिल्म । फिल्मको सुरुवात ठूला हिन्दी फिल्मको जस्तो थिएन । तर, अहिले यो फिल्म चर्चाको केन्द्रमा छ । यसको मुख्य कारण हो, ‘हनुमान अंश’ नामक फिल्मले बक्स अफिसमा हासिल गरेको सफलता । प्रसिद्ध फिल्म समीक्षक तरण आदर्शका… ...


